Wednesday, September 23, 2020

यी खानेकुरा जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

- Advertisement -

तपाईं आफ्नो दैनिक खानामा दही समावेश गर्नुहुन्छ ? लसुन नि ? यसमा पक्कै पनि तपाईंको जवाफ सकारात्मक आउनेछ। लसुन त हाम्रो खानाको अभिन्न हिस्सा नै भयो । तरकारीमा लसुन नभई हुन्न । त्यसैले त यो भान्सामा अनिवार्य हुनेगर्छ ।

तपाईंलाई हेक्का हुनुपर्छ, दही स्वादिलो मात्र होइन अत्यन्तै लाभदायक पनि हुन्छ। खासगरी पेटको लागि दही सेवन उपयोगी मानिन्छ। दहीमा भएको प्रोबायोटिक तत्वले खाना पचाउनमा मद्दत गर्छ ।

यसैगरी दहीमा प्रोटिन तथा क्याल्सियमसहित भिटामिन बी ६ तथा बी १२ हुन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । दहीमा पोटासियम पनि पाइन्छ, जसले पाचनतन्त्रमा फाइदा गर्छ ।

 

सागसब्जी, दाल आदिमा लसुनको प्रयोग अनिवार्य मानिन्छ । लसुनमा एन्टी(व्याक्टेरियल तथा एन्टी(अक्सिडेन्ट तत्व पाइन्छ । औषधीय गुणले भरिपूर्ण लसुनको सेवनले रोगसित लड्ने क्षमताको विकास गर्नुका साथै रोगसँग लड्न सहयोग पु¥याउँछ।

लसुनभन्दा कम उपयोगी छैन, बेसार पनि । सागसब्जीमा बेसार त नभई हुन्न । बेसारले सागसब्जीको रंग आकर्षक बनाउने मात्र होइन, स्वास्थ्यलाई समेत फाइदा गर्छ । बेसारको सेवनले विभिन्न किसिमको रोगको संक्रमण हुनबाट शरीरलाई सुरक्षा प्रदान गर्दछ । साथै, यसले विभिन्न रोग निको पार्ने हुँदा आयुर्वेदमा यसलाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ । यसलाई औषधिको रुपमा दूध तथा पानीमा मिसाएर खाएमा यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

भिटामिन ‘सी’को राम्रो स्रोत हो, कागती । कागतीका साथै सुन्तला, अंगुर पनि भिटामिन ‘सी’ तथा एन्टीअक्सिडेन्टको राम्रो स्रोत हो। भिटामिन ‘सी’ ले सेतो रक्तकोषिका उत्पादन गर्न सहयोग गर्छ, जसले संक्रमणसँग लड्न मद्दत गर्छ।

नेपालीहरूमाझ चिया लोकप्रिय छ। चियामा पनि कालो चिया तथा ग्रीन टी धेरैको रोजाइमा पर्ने गर्छ । ग्रीन टी तथा कालो चियामा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट तत्व रहेको हुन्छ, जसको सेवनले रोगसँग लड्ने क्षमताको विकास गर्छ।

तरकारीको सूचीमा ब्रोकउलीलाई निकै स्वास्थ्यकर मानिन्छ । जसले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक पोषणतत्वको प्रवाह गर्छ। यसमा फाइबर तथा एन्टिअक्सिडेन्ट तत्वका साथै भिटामिन ए, सी, तथा डी पाइन्छ । त्यसैले खानामा काँचो वा हल्का पाकेको ब्रोकाउलीलाई समावेश गरेर पनि रोग प्रतिरोधी क्षमता बढाउन सकिन्छ ।

हरिया सागसब्जीहरूमा पनि पालुङ्गोलाई विशेष प्राथमिकता दिइन्छ । पालुङ्गोमा क्यारोटिन, एन्टिअक्सिडेन्ट तत्वका साथै भिटामिन सी पाइन्छ । पालुङ्गोले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक पर्ने भिटामिन तथा पोषण तत्वको पूर्ति गर्छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

लामो,बाक्लो र कालो कपाल चाहानुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् अमलाको रस...

काठमाडौँ । अमला कपाल र छालाका लागि धेरै फाइदाजनक हुन्छ। अमलाको रस उत्तम स्वास्थ्य पेय मानिन्छ। अमलाको रस लामो कपालको लागि पनि धेरै फाइदाजनक...

हरेक पुरूषले जानी राखौं)आफ्नो श्रीमतीलाई सधै खुसी बनाउने सुत्रहरू

आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त...

उमेर कटेर पनि जवान देखिन चाहनुहुन्छ ? यी खानेकुरा कहिल्यै नखानुहोस्

हामीले अहिले पनि कतिपय यस्ता व्यक्ति देख्छौं जो उमेर कटेर पनि जवान देखिन्छन् । ६० को उमेरमा पनि ३५ को जस्तै देखिने धेरै जना...

कपाल फुल्ने समस्या छ ? छुटकरा पाउन अपनाउनुहोस् यो घरेलु उपाय

एजेन्सी । उमेर ढल्किंदै जाँदा कपाल फुल्नु भनेको वृद्धावस्थाको संकेत मानिन्छ । त्यसैले कपाल फुल्नुलाई अनुभव र बुद्धिको भण्डारको रुपमा लिइन्छ । तर, उमेर...

१२०४ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४०० नाघ्यो

३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३३३ नमुना...

२ असोज, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २...

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।...

मुख, ओठ र जिब्रोमा खटिरा आयो ? चिन्ता नलिनुहोस् यस्ता छन्...

काठमाडौं । के तपाईको मुखमा साना(साना बिबिरा, फोका(फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना(कानी र कहिलेकाहीँ गालाको छेउसम्म...

मिठो भएपनि कहिले मिक्स गरेर नखानुस् यि खानेकुरा

हामी स्वादका हिसावले कतिपय खानेकुरा मिसाएर खान्छौं । केहि खाने कुरा यतिकै खानुमा भन्दा केहि अन्य चिजसँग मिसाएर खानुमा स्वादै नै बेग्लै हुुन्छ । https://youtu.be/K3x-1Ov4Vl8   तर,...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया