सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भान्साको ओखती बेसार: अनेक फाइदा

हाम्रो भान्साको अनिवार्य आवश्यक्ता हो, बेसार । दाल–तरकारीमा बेसार नभई हुन्न । किन बेसार नभई हुन्न ?

हामीलाई लाग्न सक्छ, बेसार प्रयोग गरिएन भने दाल–तरकारीको रंग फिका हुन्छ । हेर्दा स्वादिलो देखाउनका लागि बेसार प्रयोग गरिन्छ । जबकी बेसार रंगको लागि मात्र होइन, स्वादको लागि पनि हो । महत्वपूर्ण कुरा त के भने, बेसारको प्रयोग रंग र स्वादका लागि मात्र होइन औषधिय खुराक पनि हो यो ।

बेसारमा औषधिय गुण हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

हाम्रा पूर्खाहरुले बेसारलई यसकारण खानामा समावेश गरेका हुन् कि, यो शरीरका लागि फाइदाजनक छ ।

यसलाई आयुर्वेदमा महाऔषधि भनिएको छ । आयुर्वेदिक औषधि विज्ञानमा यसलाई गौरी, कुमकुम पनि भनिएको छ । ऋषिमुनीहरुले यसको प्रयोग एक औषधिको रुपमा गर्दै आए ।

खासमा बेसारमा त्यस्तो औषधिय गुण हुन्छ, जसले शरीरको विकार हटाउन मद्दत गर्छ । रगतलाई शुद्धिकरण गर्नमा यसको खास भूमिका हुन्छ । बेसारलाई अन्य खानेकुरासँग पनि मिश्रण गरेर सेवन गरिन्छ । जस्तो दुध र बेसार, पानी र बेसार । दुध वा पानीसँग बेसार मिश्रण गरेर सेवन गर्दा पनि उत्तिकै स्वास्थ्य लाभ मिल्छ ।

Sana Kishan

के पाइन्छ बेसारमा ?

बेसारमा हुने ‘कुरकुरमिन’ नामक जैविक रसायनका कारण बेसार पहेंलो देखिएको हो । यसको रसायनमा विभिन्न औषधिय तत्व पाइन्छ ।

बेसारमा हाम्रो शरीरका लागि आवश्यक हुने भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलाम तत्व पाइन्छ ।

कस्तो समस्यामा उपयोगी ?

बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुण भएको वनस्पति मानिन्छ । श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग आदिमा यो निकै उपयोगी हुन्छ । दुधमा बेसार मिश्रण गरेर सेवन गर्दा रुघाखोकी निको हुन्छ । पेटमा ग्यास जम्ने समस्या भएमा बेसार पानी सेवन गर्नुपर्छ । मुखमा घाउ, खटिरा आएको बेला बेसारले कुल्ला गर्नुपर्छ ।

छालाको सौन्दर्य बढाउन पनि बेसार उपयोगी मानिन्छ । बेसारलाई सौन्दर्य प्रसाधनको रुपमा समेत प्रयोग गरिदै आएको छ ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.