Saturday, September 26, 2020

वास्तु ज्ञान: आग्नेय कोणमा के राख्ने, के नराख्ने ?

- Advertisement -

काठमाडौं । हामी घरको आगन या करेसामा विभिन्न किसिमको बिरुवा लगाउँछौं त्यसको कारण के होला ? तरकारीको लागि प्रयोग नहुने तुलसी जस्ता बिरुवा हामीमध्ये धेरैको घरमा हुन्छ । त्यो किन होला ?

लकडाउनको समयमा तुलसीको पत्तालाई दुई गुणा महँगो तिरेर किन्ने गरिएको छ । अर्काे तर्फ वास्तुदोषको निवारणको लागि पनि तुलसी, बोजो जस्ता बिरुवा घरमा रोप्नुपर्ने वास्तुशास्त्रीहरुको मत छ ।

वास्तुशास्त्र हरेक दिशा र कोणलाई हेरेर व्याख्या गर्ने शास्त्र हो । मुख्यतया ८ वटा दिशालाई महत्वका साथ हेर्ने यस शास्त्रले घर बनाउँदा कुन दिशामा कस्तो प्रयोजनको सामान राख्ने भनेर पनि सुझाव दिने गर्छ । सूर्यको किरण, घरको वातावरण अनुसार चिस्यानको सम्भावना जस्ता पक्षले वास्तुलाई निर्देशित गरेको हुन्छ ।

हिमालको काखमा भएको घरको ढोका दक्षिणतर्फ फर्काउने गरिन्छ भने पश्चिमबाट हावा चल्ने घरमा पूर्वतर्फ ढोका राख्ने गरिन्छ । यी सबै अनुभवबाट उब्जिएको ज्ञान हो । वास्तुले मध्यस्थानलाई एउटा आधार मानेर पूर्वदिशा, आग्नेय, दक्षिण, नैऋत्य, पश्चिम, वायव्य, उत्तर, ईशान दिशालाई कसरी प्रयोगमा ल्याउने भनेर उल्लेख गरेको छ ।

अग्निले प्रतिनिधित्व गर्ने कोण भएकोले आग्नेय कोणलाई ऊर्जाको लागि उपयुक्त मान्ने गरिन्छ । आग्नेय कोण पूर्व र दक्षिणतर्फको कोण हो । सूर्य उदाएलगत्तै सबैभन्दा पूर्वतर्फको भाग सूर्यको स्पर्शमा पर्छ । त्यसैले यो कोणले आफैंमा ऊर्जाको प्रतिनिधित्व गर्ने गर्छ । त्यसकारण यो विश्वास गरिन्छ कि यस दिशामा एक किसिमको विशेष ऊर्जा पाउन सकिन्छ । यस दिशामा भान्साकोठा राख्नु उपयुक्त मानिन्छ । यसतर्फ बिजुलीका उपकरणहरू समेत राख्न सकिन्छ ।

आग्नेय कोण पानीजन्य सामग्री राख्नको लागि उपयुक्त मानिँदैन । आगो र पानी एकै ठाउँमा राख्न उपयुक्त हुन्न । आग्नेय कोणमा पानीजन्य सामग्री राख्न नमिल्ने भएकोले आग्नेय कोणमा खाना खाने ठाउँ बनाउनु उपयुक्त हुँदैन ।

आग्नेय कोणमा पानी आवश्यक पर्ने खालका चिजहरूको राखनधरान गर्दा यसले पारिवारिक समस्या या झण्झटको सामना गर्नुपर्ने वास्तुशास्त्रमा उल्लेख छ ।

आग्नेय कोणको वास्तुदोष

– आग्नेय कोणमा मूल ढोका राख्नु उपयुक्त मानिँदैन । यस्तो हुँदा विभिन्न किसिमका रोगहरूले सताउन सक्ने वास्तु शास्त्रमा उल्लेख छ ।

– दिनभरि घरमा घामको किरण परिरहनुले घरमा अक्सिजनको स्तर कम हुन्छ । यसले गर्दा परिवारका सदस्यहरूमा बेचैनी र असहज अवस्था सिर्जना हुन्छ ।

वास्तु निवारणको लागि के गर्ने ?

वास्तुशास्त्रीहरू वास्तु दोष निवारणको उपायबारे समेत बताउँछन् । त्यसको लागि घरमा विभिन्न वनस्पतिहरू लगाएर पनि वास्तु दोष हटाउन सकिन्छ भन्ने मान्यता छ । पर्यावरणको लागि समेत राम्रो मानिने तुलसी बुरुजो, रुद्राक्ष, बेल, परिजात, शमी, आँप, रातरानी, जयन्ती फूलजस्ता वृक्ष रोपेर पनि वास्तुदोष निवारण गर्न सकिने वास्तुशास्त्रमा उल्लेख छ ।

प्राचीन समयमा वास्तुदोषबाट बचको लागि घरमा स्वस्तिक चिह्न लगाउने, घरमा माछा पाल्ने, पाञ्चायन भगवानको पूजा गर्ने जस्ता उपाय अपनाइन्थ्यो । अहिले पनि हिन्दु धर्ममा आस्था राख्नेहरूले यसलाई अपनाउने गर्छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आज असोज १० गते शनिबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १० गते शनिबार इश्वी सन २०२० सेप्टेम्बर २६ तारीख अधिक आश्विन शुक्लपक्ष दशमी तिथी उत्तराषाढा नक्षत्र अतिगण्ड...

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज । सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ । शुक्रबार दिवसको अवसरमा...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ? पुरा हेर्नुहोस

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ?

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

कुन रोगका कारण कहाँ आउँछ डण्डिफोर ? हटाउने सजिलो तरिका

अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको आन्तरिक...

तनहुँको थानीमाई मन्दिरमा फूलको डोली चढाउनुहोस, चिताएको काम पुरा हुन्छ

तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कात्तिक महिनाको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने...

पशुपतिनाथ लाई स्वच्छ मनले दर्सन गर्दै आजको राशिफल पढ्नु होस तपाईंको...

वि.सं. २०७७ आश्विन ०८ गते बिहीबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर २४ तारिख, प्रमादी नामक संवत्सर, शाके ः– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं....

दुर्लभ ५ टाउके नागदेवताको दर्शन गर्दै पूरा पढेर ॐ लेखि सेयर...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया