Wednesday, September 30, 2020

होम स्कुलिङ: बालबच्चालाई घरमै लेखपढ, बुवाआमा शिक्षक

- Advertisement -

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण झण्डै ६ महिनादेखि शिक्षण संस्थामा पठनपाठन हुन सकिरहेको छैन । स्कुल नखुल्दा विद्यार्थीहरू लगामविहीन घोडा जस्तै खुल्ला भएका छन् । धेरै अभिभावकको गुनासो आफ्नो बच्चाले घरमा पुस्तक पनि हेरेन भनेर सुन्न सकिन्छ ।

कतिपयले बच्चालाई पढाइमा ध्यान दिनको लागि अनलाइन कक्षामा जोड्ने गरेका छन् भने कतिपय शिक्षित अभिभावकहरू भिन्न तरिकाले बच्चालाई घरमै पढाउन पनि सुरु गरेका छन् । यो लामो समयको शैक्षिक संस्थामा भएको बन्दका कारण होम स्कुलिङको अवधारणाले पनि विश्वमा फेरि बहसको अवसर पाएको छ ।

महात्मा गान्धीले भनेका थिए, एउटा असल संस्कार भएको घरभन्दा ठूलो विद्यालय हुनै सक्दैन । एउटा सदाचारी आमाबुबाभन्दा ठूलो प्रशिक्षक कोही हुनै सक्दैन । उनको यही भनाइलाई मिल्दोजुल्दो गरी मार्क ट्वीनजस्ता चर्चित लेखकले समेत लेखेका छन् ‘मैले कहिलै पनि स्कूललाई मेरो र मेरो शिक्षाको बीचमा आउन दिइन ।’

यस्ता धेरै अभिभावक र शिक्षा क्षेत्रका जानकारहरू छन् उनीहरू घरमा पठनपाठन गराउनु नै विद्यालय पठाउनुभन्दा उचित ठान्छन् । तर यसको लागि घरमा पनि फुर्सदिला र शिक्षित अभिभावक भने हुनु आवश्यक छ ।

होम स्कुलिङ अवधारणाको सुरुवात अमेरिकी शिक्षाविद् एवं स्कुल सुधार अभियानका अभियान्ता जोन हल्ट लगायतले १९७० को दशकमा गरेका हुन् । उनीहरूले स्कुलमा बच्चालाई कक्षाकोठाभित्र गर्ने दमनकारी व्यवहारले उनीहरूको दिमागमा शिक्षाको प्रभाव छाड्न सकिँदैन भन्ने मान्यतासहित बच्चालाई घरमा नै राखेर उचित शिक्षा दिन सकिने अवधारणाको विकास गरेका हुन् । अहिले यो अवधारणाले कोरोना भाइरसको महामारीसँगै विश्वभरि फेरि एक पटक होम स्कुलिङको अवधारणाले चर्चा पाएको छ ।

कोरोना भाइरसको महामारीका कारण अहिले विद्यालयहरू बन्द छ । अनलाइन कक्षाको रूपमा सञ्चालित कक्षा पनि कतिपय बोर्डिङ स्कुलहरूले अतिरिक्त शुल्क लिन नपाउने भएपछि बन्द गरिसकेका छन् । यस्तो अवस्थामा नेपालमा पनि होम स्कुलिङको अवधारणा उपयुक्त हुने सक्ने शिक्षाविद्हरू बताउँछन् ।

कसरी पढाइन्छ होम स्कुलिङमा ?

होम स्कुलिङको अवधारणाले विद्यार्थीलाई घरमा नै अभिभावकले सम्पूर्ण पठनपाठनको काम सम्पन्न गराउने र विद्यालयले विद्यार्थीलाई परीक्षामा मात्रै समावेश गराउने गर्छन् । शिक्षाविद् विद्यानाथ कोइराला कुनै पनि विद्यालयले समन्वयकारी व्यवहार देखाउने हो भने होम स्कुलिङको अवधारणा नेपालमा सान्दर्भिक र संभव हुने बताउँछन् । अहिले लकडाउनको समयमा र अरू बेलामा समेत यो अवधारणा प्रभावकारी रहेको उनी बताउँछन् ।

कति आवश्यक छ होम स्कुलिङ ?

कोइराला नेपालमा यसको महत्व नबुझेर मात्रै नत्र यो आवश्यक रहेको बताउँछन् । नेपालमा कतिपय अभिभावकहरू विभिन्न सेवाबाट अवकासप्राप्त हुन्छन् । उनीहरू घरमा फुर्सदिला हुन्छन् भने उनीहरूमा पनि सिकाइको लागि पर्याप्त ज्ञान हुन्छ । उता स्कुलमा बच्चाले चित्तबुझ्दो शिक्षा नपाएको भान अभिभावकलाई भइरहेको हुन सक्छ । त्यसैले यस्तो अवस्थामा नेपालमा पनि होम स्कुलिङको अवधारणा उपयुक्त रहेको उनको बुझाइ छ ।

अमेरिकाबाट सुरु भएको होम स्कुलिङको अवधारणा विशेषगरी शिक्षित र फुर्सदिला अभिभावकहरूले स्कुलमा आफ्नो सन्तानलाई दिइने शिक्षाप्रति चित्त नबुझाएर घरमा नै अध्ययन गराउने र परीक्षाको लागि मात्रै स्कुल पठाउने अवधारणा हो ।

यो अवधारणा अहिलेसम्म नेपालमा लागू हुन सकेको छैन । तर कोइराला लगायत कतिपय शिक्षाविद्हरू यो अवधारणाको पक्षपाती छन् । ‘कुनै पनि घरमा अवकासप्राप्त शिक्षक वा प्राध्यापकहरू हुन सक्छन् । उनीहरूलाई विद्यालयले पठाएको पठनपाठन शैली चित्त नबुझ्न सक्छ ।’ कोइरालाले भने ‘त्यस्तो अवस्थामा बच्चालाई घरमा नै गुणस्तरीय शिक्षा दिन्छु भन्दा दिए भइहाल्यो नि त ।’

त्यतिमात्रै नभएर कतिपय अभिभावकहरू बच्चालाई सैद्धान्तिक मात्रै नभएर व्यवहारिक ज्ञानमा समेत अभ्यस्त गराउन चाहन्छन् । त्यस्तो अवस्थामा होम स्कुलिङको अवधारणा प्रभावकारी हुन सक्ने कोइराला बताउँछन् ।

जस्तो स्कुलमा कुनै बच्चालाई चिया बनाउने सैद्धान्तिक ज्ञान दिइन्छ भने त्यो समयमा घरमा उसैलाई भान्सामा लगेर चिया बनाउन सकिन्छ । पैसाको बचत, व्यवहारिक ज्ञान र घरमा रहेको विज्ञताको उपयोग जस्ता कारणले पनि यो अवधारणा उपयोगी हुने उनीहरू बताउँछन् ।

होम स्कुलिङमा स्कुलसँग किन जोडिनैपर्छ ?

अहिलेको शिक्षा पद्धतिले ज्ञानलाई भन्दा पनि डिग्रीलाई महत्व दिने गर्छ । रोजगारी होस् या त मान्छेको प्रतिष्ठा समेत डिग्रीसँग जोडिएको हुन्छ न कि ज्ञानसँग । त्यसैले डिग्री हासिल गर्नको लागि पनि होम स्कुलिङमा समेत स्कुलसँग भने जोडिनै पर्ने हुन्छ ।

होम स्कुलिङका फाइदाहरू

केही कमजोरीहरूका बाबजुद होम स्कुलिङका धेरै फाइदाहरू समेत छन् । यसको मुख्य फाइदा भनेको नै बच्चाले के सिक्न चाहेको छ र कुन मुडमा सिक्न चाहेको छ भन्ने कुरालाई ध्यान दिएर व्यवहार गर्न सक्नु हो । जस्तो, बिहान हतारहतार उठेर विद्यालयको लागि तयारी गरिरहनु आवश्यक हुँदैन । पढाइ र प्रस्तुतीकरणको दबाबमा विद्यार्थी हुँदैनन् । सौहार्दपूर्ण वातावरणमा बच्चाले सिक्न सक्छ भन्ने यस अवधारणा पक्षधरको मान्यता छ । सामूहिक रुपमा बुझ्नुपर्ने बाध्यता पनि यसमा हुँदैन ।

एकातर्फ स्कुल पठाउँदा एक अर्कासँगको झगडा र कुटाकुटको सम्भावना कम हुन्छ भने बच्चाको संस्कार र गलत कामबाट जोगाउन पनि होम स्कुलिङले भूमिका खेल्ने गर्छ ।

होम स्कुलिङका बेफाइदा

फाइदासँगै यसका केही बेफाइदा पनि छन् । सबैभन्दा समस्याको कुरा त घरमा बच्चालाई धेरै पुल्पुल्याएर राखियो भने बच्चाले अभिभावकलाई नटेर्ने प्रवृत्ति बढ्न सक्छ । स्कुल पनि नपठाउँदा यसले बच्चालाई बिगार्न सक्ने सबैभन्दा ठूलो जोखिम हो । होम स्कुलिङमा कुनै पनि शिक्षित अभिभमावकले दिनभरि बच्चालाई हेरचाह गर्नुपर्छ ।

साथीभाइको अभाव हुन्छ, यस्तो अवस्थामा बच्चालाई एक्लोपनले सताउन सक्छ । सामाजिक रूपमा गर्ने व्यवहारमा परिवर्तन आउन सक्छ । शारीरिक रूपमा कम सक्रिय हुने हुँदा अल्छिपना बढ्न सक्छ । स्कुलबाट सिक्ने अनुशासन नसिक्न सक्छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

बैतडीमा भीरबाट लडेर एकको मृत्यु

बैतडीः बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका २ धौलाडीका २१ वर्षीय हरिभान सिंह धामी रहेका छन्। बुधबार खर काट्ने...

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

जान्नुहोस् कुन उमेरका मानिसको तौल कति हुनुपर्छ ?

मेडिकल दुनियामा साधारणतः उमेर अनुसार तौल हुनुपर्छ भन्ने मान्यता छ ।जस्तो कि कुनै महिला ग र्भव ती छन् भने उनको पेटमा बढ्दै गरेको बच्चा...

दुई दिन भित्र तपाईंको काम बन्नेछ ,बि’ल्कुलै बे’वास्ता नगरि देख्ने बित्तिकै...

हिन्दु धर्म ॐ लाई म’हामन्त्र मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ओम्बाट हुने गर्छ । ओम्को उच्चारणले भगवान मात्र खुशी हुने होइन्,...

तयार रहनुहोस् : अब यसरी हुँदैछ विद्यार्थी भाइबहिनीहरुको परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया