Wednesday, September 30, 2020

दैजी–लिप्ना सडक निर्माण तीव्र, ११ किमी कालोपत्रको तयारी

- Advertisement -

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको गौरवको योजना अन्तर्गत रहेको कञ्चनपुरको दैजी–लिप्ना सडक निर्माणले गति लिएको छ । जिल्लाको वेदकोट नगरपालिका र डँडेलधुरालाई जोड्ने उक्त सडकको काम तीव्रताका साथ अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले बताएको छ ।

कार्यालयका प्रमुख इन्जिनीयर धीरेन्द्र भट्टले उक्त सडकको आवश्यक संरचना निर्माण अन्तिम रचणमा रहेको र ११ किलोमिटर कालोपत्रको तयारी भइरहेको उनले जानकारी दिए ।

२०७४ वैशाखमा निर्माण सम्झौता भएको उक्त सडकको हालसम्म करीब ७० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए । ‘प्रदेश गौरवको आयोजनाका रूपमा हस्तान्तरण भएर आएपछि पछिल्लो समय दैजी लिप्ना सडक निर्माणमा उल्लेख्य प्रगति भएको छ,’ उनले भने, ‘सडकको आवश्यक संरचना निर्माण सकिँदै छ, मौसम अनुकूल भएलगत्तै कालोपत्रको काम अघि बढ्छ ।’

दैजी–लिप्ना सडक निर्माण लागि नागार्जुन कन्ष्ट्रक्शनसँग १८ करोेड ४९ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सम्झौता अनुसार उक्त सडक निर्माण २०७६ असारसम्ममा सम्पन्न गरिसक्नुपर्नेमा पूरा हुन सकेन ।

समयमै निर्माण सम्पन्न नभएपछि योजना निर्माणको समयसीमा १ वर्ष थप गरिएको छ । २०७७ पुस सम्मममा निर्माण सम्पन्न गरिसक्न ठेकेदारलाई निर्देशन दिइएको कार्यालय भट्टको भनाइ छ । अहिले कालेपत्रका लागि सब बेसको काम भइरहेको छ भने दुईओटा कल्भर्ट, १७ ओटा ह्युम पाइप राख्ने काम र नाली तयार भइसकेका छन् ।

ठेकेदार कम्पनीका इन्जिनीयर नवीन देवले सडक निर्माण समयमै सकिने दाबी गरे । सडकका लागि आवश्यक संरचना निर्माण अन्तिम चरणमा रहेकाले अनुकूल मौसम भएलगत्तै कालोपत्रको काम शुरू हुने उनले बताए ।

उनका अनुसार लकडाउनका कारण निर्माणमा समस्या भए पनि आवश्यक स्रोतसाधन जुटाएर काम भइरहेको छ । कम्पनीले हालसम्म ठेक्का सम्झौताको ४८ प्रतिशत भुक्तानी पाइसकेको छ ।

तत्कालीन समयमा दैजी–जोगबुढा सडक योजनाको रूपमा शुरू भएको यो सडक दुई भागमा विभाजन गरी काम भइरहेको छ । कञ्चनपुरतर्फ दैजी–लिप्ना सडक र डँडेलधुरातर्फ लिप्ना–जोगबुढा खण्डमा काम भइरहेको कार्यालयले बताएको छ । कञ्चनपुर–डँडेलधुरा जोड्ने छोटो मार्गका रूपमा रहेको दैजी–लिप्ना सडक निर्माण भएपछि कम समयमै दूरी तय गर्न सकिने छ ।

साथै उक्त सडकले कञ्चनपुरका पर्यटकीय क्षेत्र लिंगा, घटाल थान र वेदकोट ताललाई जोड्ने भएको आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

बैतडीमा भीरबाट लडेर एकको मृत्यु

बैतडीः बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका २ धौलाडीका २१ वर्षीय हरिभान सिंह धामी रहेका छन्। बुधबार खर काट्ने...

नायब सुब्बाको जागिर छोडेर किवी खेतीमा लागे तारामणी !

सरकारी जागिरमा प्रवेश गर्ने धेरैको रहर हुन्छ । अझ सरकारी जागिरमा स्थायी नै हुन पाए जीवनमा धेरै दुःख गर्न नपर्ने हामी धेरैको बुझाइ पनि...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

कञ्चनपुरमा घरेलु उद्योग दर्ता गर्ने बढे

महेन्द्रनगर । कञ्चनपुरमा लकडाउनपछि घरेलु तथा साना उद्योग व्यवसाय बढेका छन् । कोरोना संक्रमणपछि गरिएको लकडाउन खुलेपछि उद्यम व्यवसाय दर्ता हुने क्रम बढेको छ...

प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई मेगा बैंकको आकर्षक कर्जा

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ । https://youtu.be/V4kttcNjwB8 प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी...

अब मासिक ९९ रुपैयाँमा फोन र इन्टरनेट सहित असीमित सुविधा :...

काठमाडौं । सरकारी तथा सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावको लागि खुशीको समाचार छ । उनीहरुले मासिक ९९ रुपैयाँमा असीमित फोन र इन्टरनेट सेवा...

बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी तदर्थ समिति गठन

नरेश तिवारी  बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ। गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया