Tuesday, September 29, 2020

भीमदत्तमा वायु गुणस्तर मापन केन्द्र सञ्चालन

- Advertisement -

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । वातावरण विभागको सहयोगमा स्थापना गरिएको वायु प्रदुषण मापन केन्द्र सञ्चालनमा आएको हो ।

भीमदत्त नगरपालिकाका वातावरण शाखाका वातावरण अधिकृत गणेश ठगुन्नाले विभागको सहयोगमा वायु गुणस्तर केन्द्र सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार महेन्द्रनगरसहित देशभरका वायु गुणस्तर मापन गर्ने केन्द्र स्थापना गरिएको हो ।

वायुको गुणस्तर मापनका लागि सोलार प्यानलसहितका उपकरण, कन्टेनर, डिस्प्ले बोर्डलगायत सामग्री जडान गरिएका छन् । केन्द्रले पीएम २ दशमलव ५ र पीएम १० माइक्रोमिटर भन्दा साना कणहरूको वायु तापक्रम र गुणस्तरबारे जानकारी दिने शाखा प्रमुख ठगुन्नाले बताए ।

वायु गुणस्तरको मान ५० भन्दा कम भएमा वायु गुणस्तर राम्रो मानिनुका साथै ५१ देखि १०० सम्म सुरक्षित र सो भन्दा माथि बढ्दै गए वायु स्वास्थ्यका लागि हानिकारक बन्दै जाने उनको भनाइ छ ।

भीमदत्त नगरपालिकाको कार्यालय परिसरमा राखिएको डिस्प्ले बोर्डमा महेन्द्रनगर बजारसहित अन्य शहरको वायु प्रदुषणको अवस्थाबारे जानकारी दिने व्यवस्था मिलाइएको छ । केन्द्रमा राखिएका उपकरणको मद्दले हावाको आद्रता, हावाको तापक्रम, हावाको गति, हावा बहने दिशालगायत जानकारी दिने छ ।

वातावरण विभागले भीमदत्तसहित देशका अन्य भागमा मापन केन्द्र स्थापनाका लागि रू. १÷१ करोड बजेट विनियोजन गरेको थियो । सुदूरपश्चिम प्रदेशमा यसअघि धनगढीमा केन्द्रको स्थापना भइसकेको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मनसुन अझै केही दिन रहने, यस्तो छ आइतबारसम्मको वर्षा अनुमान

काठमाडौं, असोज ९ मनसुन अझै केही दिन रहने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका छन्। तर पानी पर्ने क्रम भोलि शनिबारबाट कम हुने सम्भावना छ। मौसमविद्...

सकिने बेलामा मनसुन झन् सक्रिय, केही ठाउँमा शुक्रबारसम्मै ठूलो पानी पर्ने

काठमाण्डौ ९ आज सेप्टेम्बर २३ तारिख, सामान्यतया नेपालबाट मनसुन बाहिरिने दिन हो । तर यो वर्ष मनसुन सकिने बेला झन् सक्रिय भएको छ । बंगालको...

यस्तो छ आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहि प्रदेश नं...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडाको संख्यामा वृद्धि

कञ्चनपुरः दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको सङ्ख्या कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढेको छ। स्थानान्तरण गरेर ल्याइएका नौ वटा एकसिङ्गे गैंडाको संख्या बढेर १७...

यी पाँचवटा प्रदेशमा भारी वर्षा हुने सम्भावना छ, २४ घण्टासम्म सतर्क...

आज (आइतबार) देशभर मौसम बदली भई केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे आगामी...

‘मनसुन पूर्ण सक्रिय नभए पनि देशभर जोखिम भने हटेको छैन’

काठमाण्डौ- अहिले मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम भने नहटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । थोरै पानी पर्दा पनि पहिरो जान सक्ने...

यस्तो छ आजको मौसम

आज (आइतबार) पनि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहानैदेखि घाम लागेको मौसमविद्ले बताएका छन्। केही दिनयता मौसम यस्तै छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका...

पृथ्वीको तापक्रम अहिलेसम्मकै उच्च

पृथ्वीमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ। अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली राष्ट्रिय निकुञ्जमा रहेको फरनेस क्रिकले पृथ्वीको हालसम्मकै उच्च तापक्रम मापन गरेको बिबिसीले जनाएको छ। त्यहाँको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया