Wednesday, September 23, 2020

बंगलादेशसँग ५० हजार टन मल पैंचो लिइने

- Advertisement -

काठमाडौँ — खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैंचो (सापटी) लिन गृहकार्य थालेको छ । हालको अभाव टार्न ५० हजार टन युरिया मल पैंचोका लागि दुई देशका कृषि मन्त्रालयका अधिकारी समझदारीनजिक पुगेका छन् । ‘सम्भवतः आगामी सातासम्ममा सम्झौता हुन्छ,’ कृषि तथा पशुपक्षी विकास मन्त्रालय स्रोतले भन्यो ।

पर्वतको कुश्मा–९ कटुवाचौपारीका किसान धानमा मल छर्दै । समयमै वर्षा भएकाले यो वर्ष रोपाइँ छिट्टै सकिए पनि मल नपाएर किसान हैरान छन्। तस्बिर ः अगन्धर तिवारीरकान्तिपुर
पैंचो मलका लागि बंगलादेशका अधिकारीहरूसँग भएको अनौपचारिक छलफल सकारात्मक देखिएपछि कृषिमन्त्री घनश्याम भुसालले आयात प्रक्रिया सुरु गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुमति मागेको स्रोतले जनाएको छ ।

‘हाललाई बंगलादेशबाट लिइहाल्ने र पछि ग्लोबल टेन्डर गरी त्यति नै परिमाण मल बंगलादेशलाई नेपालले दिने गरी प्रक्रिया अघि बढाउने विषयमा मन्त्री र प्रधानमन्त्रीबीच छलफल चलेको छ,’ स्रोतले भन्यो, ‘त्यसका आधारमा अब चाँडै प्रक्रिया अघि बढ्छ । बढीमा दुई महिनाभित्र त्यो मल नेपाल आइपुग्नेछ ।’

 

मन्त्री भुसालले बंगलादेशबाट मल ल्याउन प्रक्रिया अघि बढेको स्वीकार गरे । कुन विधि र पद्धतिबाट ल्याउने भन्ने विषय भने सम्झौताको समयमा मात्रै तय हुने उनको भनाइ छ । मलको परिमाण, ल्याउने प्रक्रिया र विधि (सापटी वा सहयोग) बारे बंगलादेशका अधिकारीहरूसँग त्यहाँस्थित नेपाली राजदूत डा. वंशीधर मिश्रले कुराकानी गरिरहेका छन् ।

‘एक महिनादेखि नै अनौपचारिक छलफल गरिरहेका थियौं,’ मन्त्री भुसालले भने, ‘अहिले औपचारिक तवरबाट प्रक्रिया सुरु गरिएको छ । तत्कालको अभाव टार्ने गरी मल आउने आशाको संकेत मिलेको छ । यसले हिउँदे बालीनालीलाई समेत पु¥याउन सकिन्छ कि भन्ने अनुमान गरेका छौं ।’

मन्त्रालय स्रोतका अनुसार मल सापटी माग्दै औपचारिक पत्र लेख्न बंगलादेशले भनिसकेको छ । ‘उनीहरूले तिमीहरू कसरी लैजान्छौ भन्ने प्रश्नसमेत गरिसकेका छन् । यी विषय सम्झौतामा टुंग्याऔं भन्ने हाम्रो भनाइ हो,’ वार्तामा संलग्न मन्त्रालयका एक अधिकारीले भने, ‘ढुवानी सुरु गरेको २५ दिनभित्र सबै ल्याइदिने मोटामोटी कुराकानी भइसकेको छ । यसकारण दुई महिनाभित्र मल आउन सक्छ ।’

धान रोपाइँका बेला डीएपी मल चाहिन्छ । रोपाइँपछि धानलाई युरिया मल दिनुपर्छ । तर हरेक वर्ष मल अभाव भइरहेको छ । समयमै टेन्डर नहुने र टेन्डरपछिको सम्झौताअनुसार ठेकेदारले मल नल्याइदिँदा हरेक वर्ष किसानले अभाव खेप्नुपरेको छ ।

यस वर्ष पनि मलको पर्याप्त मौज्दात छैन । कोभिड–१९ को सन्त्रासका कारण श्रमिक अभावले मल लोड गर्न नसक्दा ढुवानी नै हुन नसकेर यसपटक अभाव खेप्नुपरेको मन्त्रालयले जनाउँदै आएको छ ।

मन्त्रालयको विवरणअनुसार डीएपी करिब १० हजार टन मौज्दात छ । युरिया छैन । साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गरेको साढे ६ हजार टन युरिया बिक्री भइरहेको छ । युरियाको चरम अभाव देखिएपछि कृषि मन्त्रालयले तत्कालका लागि बंगलादेशबाट सापटी ल्याउने तयारी थालेको हो । ‘बंगलादेशबाट मल सापटी ल्याउन सकियो भने छिमेकी मुलुक चीन, भारत तथा अन्य देशहरूसँग भइरहेको द्विपक्षीय सहयोगमा नयाँ अध्याय सुरु हुनेछ,’ मन्त्रालयका ती अधिकारीले भने ।

बंगलादेशबाट पैंचोमा ल्याइने मल भारतकै बाटो हुँदै आउनेछ । ‘मल ल्याइसकेलगत्तै हामी टेन्डर गर्छौं । विगतमा टेन्डर गर्दा मल नेपाल ल्याउनुपर्ने सर्त हुन्थ्यो भने पैंचो तिर्नका लागि बंगलादेश पु¥याउनुपर्ने सर्त हुनेछ,’ ती अधिकारीले भने । बंगलादेशबाट भित्र्याइने मलले गहुँ लगाउने समयसम्मलाई पुग्ने कृषि मन्त्रालयको अनुमान छ । त्यति बेलासम्म हाल टेन्डर प्रक्रियामा रहेको मल थपिनेछ । मन्त्रालयका अनुसार गहुँ लगाउने मौसमसम्म करिब सवा लाख टन आयात हुनेछ ।

भारत, चीन र बंगलादेशबाट मल आयात गर्न छलफल चलाएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए । चीनबाट ल्याउन खोज्दा बाटोकै कारण महँगो पर्ने देखिएको उनको भनाइ छ । ‘मल आउने क्रममै छ । समस्या अलिअलि टरेको छ,’ उनले भने, ‘बंगलादेशबाट आयात भए धेरै राहत हुन्थ्यो ।’

झापाको बुद्धशान्ति हात्तीसुँढेकी एक कृषक महिला धानबालीमा रासयनिक मल छर्दै । तस्बिर ः पर्वत पोर्तेलरकान्तिपुर

बंगलादेशबाट सापटी आयात गरिने मल कृषि सामग्री कम्पनीमार्फत वितरण गरिनेछ । त्यसका लागि तयारी थाल्न कृषि सामग्री कम्पनीलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ । युरियाको मौज्दात शून्य रहेको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका अधिकृत अरुण जीसीले बताए । कृषि सामग्रीको मल आइपुगेको छैन । साल्ट ट्रेडिङको साढे ३२ हजार टन आउने क्रममा छ । ‘आएको मल बाँडिरहेका छौं । आयातित मल आवश्यकताको एक तिहाइ मात्रै हो,’ जीसीले भने । मलको वार्षिक माग करिब ७ लाख टन हो । कोभिड–१९ का कारण युवा गाउँ फर्किएकाले बाँझो जमिनमा पनि खेतीपाती हुन थालेको छ ।

यसले मलको माग थप बढेको छ । तर सरकारले ४ लाख टन पनि खरिद गर्न सकेको छैन । हाल युरिया मलमा प्रतिकिलो ६५ रुपैयाँ अनुदान दिइएको छ । अनुदानको मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले खरिदबिक्री गर्दै आएका छन् । कृषि सामग्रीले ७० र साल्टले ३० प्रतिशत कोटा पाएका छन् । अनुदानको मल कृषि सहकारी र डिलर सहकारीले मात्रै बिक्री गर्न पाउँछन् । तर यति बेला ती सहकारी र डिपोका भण्डार रित्ता छन् ।

राष्ट्रिय मल नीति ०५८ मा रासायनिक मलको सम्भाव्यता खपतको करिब २० प्रतिशत परिमाण जगेडा रहनुपर्ने व्यवस्था छ । तर, उक्त परिमाणमा जगेडा राख्न सकिएको छैन । अहिले कोभिड–१९ र लकडाउनले बहाना भएको छ । ‘अभावकै कारण बफर स्टक पनि गरिएको छैन,’ शाखा अधिकृत जीसीले भने, ‘अब प्रत्येक प्रदेशमा १० हजार टन बफर राख्ने योजना छ ।’ -कान्तिपुर दैनिक 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरका सात प्रहरी निरीक्षकको सरुवा

नेपाल प्रहरीका ४ सय ८८ जना इन्सपेक्टरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले सोमबार ४ सय ८८ जना प्रहरी निरीक्षक...

मासिक ७ हजार ५ सय तिर्नेगरि किन्न सकिन्छ टीभीएस RTR 160...

काठमाडौं । टीभीएस १६० फोर भी सिंगल डिस्क किन्न चाहने ग्राहकले मासिक ७ हजार ५८० रुपैयाँ किस्ता तिर्नेगरि किन्न सक्ने छन् । कम्पनीले ल्याएको...

बजाजको दशैं अफर: २०% डाउन पेमेन्टमा पल्सर १२५ किन्दा यस्तो छ...

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको...

विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६रशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। कोरोनाको महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले...

विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६रशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। कोरोनाको महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले...

वेदकोट नगरपालिकाले जडान ग¥यो राजमार्गका चोक-चोकमा नाईट भिजन क्यामेरा

महेन्द्य्रनगर ६ असोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । वेदकोट नगरपालिकाले चोरी, दुर्घटना र अपराध नियन्त्रणका लागि...

वेदकोटलाई हरियो वन कार्यक्रमका उपलब्धी हस्तान्तरण, प्रभावकारी रहेको निष्कर्ष

महेन्द्रनगर ५ असोज । कञ्चनपुरको सामाजिक संस्था निड्स नेपाल र सिसिएनद्धारा सञ्चालित हरियो वन कार्यक्रमका उपलब्धि तथा सिकाई वेदकोट नगरपालकालाई हस्तान्तरण गरिएको छ ।...

सोमबार तपाईंको दिन कस्तो रहला ? हेर्नुहोस् राशिफल

वि.सं.२०७७ साल असोज ०५ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया