सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोधारा चाँदनीमा लकडाउनमा कडाई, मंगलबारदेखि बजार विहान दुई घण्टा मात्रै खुल्ने

दोधारा । माहाकाली नगरपालिकामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा प्रभावकारी बनाउन बजार र सार्वजनिक सेवा प्रवाहमा कडाई गरिएको छ ।

माहाकाली नगरपालिकामा सोमबार बसेको सर्वपक्षीय बैठकले प्रशासनको निषेधाज्ञा र दोधारा चाँदनीका क्षेत्रमा देखिएका उच्च ज्वरो संक्रमणलाई मध्यनजर गरी ती दुबैमा कडाई गर्ने निर्णय गरेको छ ।

सर्वपक्षीय बैठकले प्रशासनले आइतबारदेखि जारी निषेधाज्ञाका आधारमा सोमबार राति १२ बजेदेखि भदौ २३ गतेसम्म बजार व्यवसाय र सार्वजनिक सेवा प्रवाहमा कडाई गर्ने निर्णय गरेको छ ।

World Link Ads
Mahakali Polytechnic

स्थानीय प्रशासनको निषेधाज्ञाको व्यापक उल्लङ्घन भएर बजार, नगरपालिका र सार्वजनिक स्थानमा भीडभाड हुन थालेपछि निषेधा ज्ञामा कडाई गरिएको छ ।

Sana Kishan

सर्वपक्षीय बैठकको निर्णय अनुसार मंगलबारदेखि दोधारा चाँदनीको बजार क्षेत्र विहान दुई घण्टा मात्रै खुल्ने छन् । त्यसका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय तोकिएको छ ।

बैंकहरु विहान १० देखि दिउँसो १ बजेसम्म र विद्युत फ्युज सेवा विहान १० देखि २ बजेसम्म खुल्ने सर्वपक्षीय बैठकको निर्णय छ ।

माहाकाली नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा अति आवश्यक भनेर तोकिएका बाहेक अन्य सबै सेवा बन्द गरिएका छन् ।

दोधारा चाँदनीका औषधि पसलहरु भने २४ सै घण्टा खुला रहने बैठकको निर्णय गरेको छ । बैठकका निर्णय कार्यान्वयन गराउन सुरक्षा निकायलाई आग्रह गर्ने निर्णय पनि गरिएको छ ।

बैठकमा सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनार, माहाकाली नगरपालिकाका मेयर बीर बहादुर सुनार, उप मेयर चिनी गिरी सहित बैंक तथा वित्तिय संस्था, बजार व्यवस्थापन समितिका प्रतिनिधि, सुरक्षाकर्मी, नागरिक समाजका अगुवा सहभागी भएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.