Wednesday, September 30, 2020

पुर्व राज्यमन्त्री रावलद्धारा स्थानीयको समस्या र योजनाबारे जानकारी लिन निर्वाचन क्षेत्र अनुगमन

- Advertisement -

महेन्द्रनगर १५ भदौ । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन वातावरण तथा पर्यटन पुर्व राज्यमन्त्री एंव्म प्रदेश सभा सदस्य प्रकाश रावलले आफ्नो निर्वाचन क्षेत्रमा अनुगमन गरेका छन् ।

उनले पछिल्लो समयमा स्थानीयको समस्याबारे जानकारी लिन आफ्नो निर्र्वाचन क्षेत्रमा अनुगमन गरिरहेका छन् । सोमबार भीमदत्त नगरपालिका ८ को ब्रह्म टोलका स्थानीयसँग छलफल गरिएको हो ।


ब्रह्म टोल विकास समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले निर्वाचन क्षेत्रमा भईरहेका कामबारे स्थानीयलाई जानकारी दिएका थिए । भेटघाट कार्यक्रममा बोल्दैँ पुर्वराज्यमन्त्री रावलले स्थानीयको समस्यालाई सम्बोधन गर्ने गरि काम भईरहेकोमा विश्वस्त पारे ।

‘तपाईहरुको समस्या समाधानका लागि मैले पहल गरिरहेकोे छु, धेरै कामहरु भईसकेको पनि छन् ।’ कार्यक्रममा बोल्दै उनले भने ‘यस ठाउँको चौतर्फी विकासका लागि चुनावि वाचा अनुसार योजनाहरु पुरा हुन्छन्, तपाई ढुक्क रहनुस् ।’


त्यस्तै उनले निर्वाचन क्षेत्रमा आफ्नो पहल र पुर्वाधार विकास कार्यक्रम अन्र्तगत ६८ वटा बोरिङ र विभिन्न विद्यालयमा भौतिक पुर्वाधार निर्माण कार्य भएको उल्लेख गदैँ अगामी दुई वर्ष भित्रमा निर्वाचन क्षेत्र भरीमा सिचाँई सुविधा पु¥याउने प्रतिवद्धता समेत जनाए ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित सांसद रावलले विकास निर्माणका कार्यलाई प्राथमिकताकास साथ अगाडी बढाएका छन् । कार्यक्रम स्थानीयले समस्याबारे जानकारी दिदैँ टोलबासिका माग समेत अघि सारेका छन् ।


स्थानीयले घरदैलोमै आएर आफुहरुको समस्या बुझी दिएकोमा खुसी हुदैँ पुर्वराज्यमन्त्रीलाई धन्यवाद समेत दिए । कार्यक्रम भीमदत्त नगरपालिका ८ का वडाध्यक्ष ध्योज बहादुर विष्ट र वडा नम्बर ७ का वडाध्यक्ष शंकुरले वडाका विकास निर्माणका योजना र समस्याबारे जानकारी गराएको थिए ।

टोल विकास समितिका अध्यक्ष बिरभान दत्त भट्टले स्थानीय समस्याबारे जनप्रतिनिधिलाई जानकारी गराएको बताए । उनका अनुसार जनप्रतिनिधिलाई टोलवासिले लिखित रुपमै मागहरु बुझाएका छन् ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

प्रदेश नम्बर १ लोकसेवा आयोगले छुट्टै लोगो प्रयोगमा ल्याउने, उत्कृष्ट डिजाइनरलाई...

काठमाडौँ – प्रदेश लोक सेवा आयोग विराटनगरले छुट्टै लोगो निर्माण गरी प्रयोगमा ल्याउने भएको छ । आयोगले लोगो डिजाइन गरी पेस गर्न बुधबार सार्वजनिक सूचना...

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...

धनगढी विमानस्थलमा भीओआररडीएमई उपकरण जडान

वीरेन्द्र भट्ट धनगढी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थलमा भीओआर/डीएमई उपकरण जडान गरिएको छ । भीओआररडीएमई (जहाजलाई बाटो देखाउने उपकरण) जडान...

नायब सुब्बाको जागिर छोडेर किवी खेतीमा लागे तारामणी !

सरकारी जागिरमा प्रवेश गर्ने धेरैको रहर हुन्छ । अझ सरकारी जागिरमा स्थायी नै हुन पाए जीवनमा धेरै दुःख गर्न नपर्ने हामी धेरैको बुझाइ पनि...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया