Tuesday, September 29, 2020

भारतीय र चिनियाँ सेनाबीच पूर्वी लद्दाखमा फेरि भयो झडप

- Advertisement -

भारतीय र चिनियाँ सेनाबीच फेरि झडप भएको छ। भारत सरकारले सोमबार पूर्वी लद्दाखमा दुई देशका सेनाबीच झडप भएको पुष्टि गरेको हो।

चिनियाँ सेनाले सीमा सम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतको आरोप छ।

चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई भारतीय सेनाले रोकेको बताइएको छ।

चिनियाँ सेनाले सीमामा यथास्थितीको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको भारतीय अधिकारीहरुले बताएका छन्।

भारतले चिनियाँ सेनासँग झडप भएको बताएपनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया नदिएको बीबीसीहिन्दीले जनाएको छ।

साथै यस झडपमा भएको हताहतीको विषयमा पनि कुनै जानकारी दिइएको छैन।

गत जुन १५ मा पनि भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो। साढे २ महिनापछि पुनः दुई देशका सेनाबीच सीमाको विषयमा झडप भएको हो।

गत जुनमा लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा झडप भएको थियो। उक्त झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो। चीन पक्षले भने आफ्ना सेनाको अवस्थाको बारेमा जानकारी दिएको थिएन।

भारत सरकारको प्रेस सूचना ब्युरोले भारत र चीनका सेनाबीच भएको हालको झडपको विषयमा जानकारी दिएको छ।

ब्युरोले भनेको छ,‘भारतीय सेनाले पाङगोङ सो तालमा चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई रोकिदिएको छ। भारतीय सेना संवादमार्फत शान्ति स्थापना गर्न चाहन्छ। साथै आफ्नो क्षेत्र र अखण्डताको सुरक्षाको लागि पनि प्रतिबद्ध छ। यहाँ जारी विवादको विषयलाई लिएर ब्रिगेड कमाण्डरस्तरमा बैठक जारी छ।’

भारतीय सेनाका अनुसार हालैको झडप दुईदिन अगाडि अगष्ट २९ को राति भएको थियो। चिनियाँ जनमुक्ति सेनाले सीमाको यथास्थितीलाई परिवर्तन गर्ने प्रयास गरेपछि भारतीय सेनाले प्रतिकार गर्दै त्यस्तो हुन नदिएको भारतको भनाइ छ।

गतहप्ता मात्र भारतका विदेशमन्त्री एस जयशंकरले चीनसँगको वास्तविक नियन्त्रण रेखामा सन् १९६२ यताकै सबैभन्दा ठूलो तनाव उत्पन्न भएको बताएका थिए।

उनले भनेका थिए,‘निश्चित रुपमा सन् १९६२ पछि यो नै गम्भिर अवस्था हो। यति मात्र नभएर ४५ वर्षपछि चीनसँगको संघर्षमा सैनिक मारिए। दुवै देशले सेना अप्रत्याशित रुपमा तैनाथ गरेका छन्।’

यसअघि भारतका चिफ अफ डिफेन्स स्टाफ तथा पूर्व सेना प्रमुख जनरल बिपिन रावतले चीनसँग सीमाको विषयमा छलफल जारीरहेको बताएका थिए। उनले छलफलले निष्कर्ष ननिकाले सैन्य विकल्प बाँकी रहेको बताएका थिए।

पूर्वी लद्दाखमा पछिल्लो समय चीनले आफ्ना सेनाहरु बढाएर तैनाथ गरेको छ। भारतले पनि सोही मात्रामा सेनाहरु तैनाथ गर्न थालेको छ।

१५ जुनको घटनापछि दुवै देशका सेना विवादित क्षेत्रबाट पछाडि हट्न सहमत भएका थिए। तर चीनका सेना विवादित क्षेत्रबाट आंशिक रुपमा मात्र हटेको भारतको आरोप छ।

चीनका सेना खासगरी पाङगोङ सो ताल क्षेत्रमा जम्मा भएको बताइएको छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चन्द्रमाको सतहमा पहिलो पटक महिला पुग्ने योजना सार्वजनिक

काठमाण्डौ -अबको चार वर्षपछि पहिलो पटक चन्द्रमाको सतहमा महिला पुग्ने संभावना देखिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२४ मा चन्द्रमामा जाने औपचारिक रुपरेखा...

मलेसियामा ज्यान गुमाउने श्रमिकका परिवारलाई बाँचुन्जेल तलब

काठमाडौं, असोज ९ अब मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीका परिवारले बाँचुन्जेल तलब पाउने भएका छन्। मलेसिया सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सबै नेपाली श्रमिकलाई समेट्ने...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

नेपालका हर्कबहादर, जसले देखाउँदैछन् विश्वलाई ‘आइपीएल’

कैलालीः शनिबार देखि १३औँ इन्डियन प्रिमियर लिग(आइपिएल) सुरु भइसकेको छ। कोरोना महामारीका कारण यसपटकको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स...

रुसमा लक्की ड्रबाट छानिएका यी भाग्यमानि नेपाली, जसले लगाए पहिलो कोरोना...

काठमाडौं, असोज ४ रुसमा रहेका एक नेपालीले त्यहाँ बनेको कोरोनाविरुद्ध खोप लगाएका छन्। रुसको राजधानी मस्कोमा कार्यरत सल्यानका ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार खोप लगाएका...

एउटा यस्तो घर जसले चौतर्फी चर्चा पायो

एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् । जापानी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया