Friday, September 25, 2020

अस्पताल स्थापनाको ५७ वर्षपछि पहिलो पटक आइसियु सेवा सञ्चालन ( फोटो फिचर )

- Advertisement -

कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा सोमबारबाट आइसियु सेवा सञ्चालन गरिएको छ । अस्पताल स्थापनाको ५७ वर्षपछि पहिलो पटक आइसियु सेवा सञ्चालन संगै थाइराइडको चेकजाँचका लागि नयाँ मेसिन, शव बाहन र आधुनिक एम्बुलेन्स समेत थप गरिएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) ले जानकारी दिनुभयो ।

आइसियु सेवा, थाइराइड मेसिन र आधुनिक एम्बुलेन्सको सोमबार उद्घाटन गर्दै प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले अस्पतालको थप सुधारका लागि पहल गरिने बताउनु भयो ।

उहाँले निम्न स्तरमा नागरिकहरुलाई समेत सहजै स्वास्थ्य सेवा दिन अस्पताल केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । यसअघि उहाँले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री समेत हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले आइसियु सेवा सञ्चालन संगै यस क्षेत्रका बिरामीहरुले समयमै उपचार पाउने विश्वास व्यक्त गर्नुभएको छ ।

 

लामो समयदेखि सञ्चालनमा रहेको महाकाली अस्पतालमा विशेषज्ञ डाक्टर र आवश्यक औषधी उपकरण समेत नहुँदा यसअघि यहाँका नागरिकहरुले उपचारका लागि भारतीय अस्पताल अथवा जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।

NB Media Network

 

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दिल खोलेर हाँस्नुहोस यस्ता छन फाइदै फाइदा

हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । यसले मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्छ ।दैनिक ४५...

हिमाल आरोहणका लागि बहराइनका राजकुमारको टोली लुक्लामा

८ असोज, काठमाडौं । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लुक्ला पुगेको छ...

अनुगमन टोली देखेपछि प्याजको भाउ आधा घट्यो !

८ असोज, काठमाडौं । बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको...

यस्तो खराब जीवनशैलीले बढाउछ क्यान्सरको जोखिम

जीवित रहँदासम्म हाम्रो शरीरमा जीवन सम्वन्धी अनेकन प्रक्रिया सुचारु भइरहन्छन् । यसैमध्ये एउटा क्रिया कोशिकाहरु अर्थात् सेल्स बन्नु हो । यो क्रियामा शरीरका पुराना...

स्कुस: बहुउपयोगी र पोषिलो, यस्ता छन् फाईदा

काठमाडौं । नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । सस्तो, स्वादिलो, सुपाच्य र स्वस्थ्यकर । स्कुस वहुउपयोगी तरकारी...

कपाल लामो बनाउन चाहनुहुन्छ छ ? यी उपाय अपनाउनुहोस्

काठमाडौँ । कपाल लामो बनाउन जसलाई पनि मन पर्छ। हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन्। तर, घरैमा सर्वसुलभ प्याज कपालको...

घरमा अचानक कमिला देखिनु कस्तो सङ्केत ? तपाईको घरमा पनि छन्...

काठमाडौँ ।घरमा कमिला आउने जाने गरेको देख्नुभएको छ भने यसले केही संकेत गर्न खोजेको हुनसक्छ । ज्योतिषका अनुसार घरमा कमिला आउनु भनेको जीवनमा हुने...

राष्ट्रिय सम्मानका साथ आरोही आङरिता शेर्पाको अन्त्येष्टि

काठमाडौँ — कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधबार बिहान काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया