Tuesday, September 29, 2020

महाकाली अस्पतालमा आईसियू’सेवा संचालन

- Advertisement -

कञ्चनपुर, १५ भदौँ -कञ्चनपुरको महाकाली अस्पतालमा पहलो पटक आईसियू सेवा संचालन भएको छ । अस्पताल स्थापनाको ५७ बर्षपछि अत्याधुनिक उपचार सघन कक्ष(आईसियू) सेवा संचालन भएको हो । आईसियू सेवा संचालनका लागि अहिले महाकाली अस्पतालमा ६ बेड सहितको भेन्टिलेटर जडान गरिएका छन ।

 

महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हरि कुमार श्रेष्ठले हाल ६ बेडको आईसियू सेवा संचालनमा आएको बताउदै १० बेड पु¥याईने बताए ।

‘चालु आर्थिक बर्षमै दुई करोड बजेट आएको छ, ‘उनले भने, ‘अब थप चार भेन्टिलेटर जडान गछौँ ।’ एक महिनाको अवघिमा ४३ जनाको आईसियूमा उपचार पछि निको भएर घर फर्किएका छन् । अहिले चार जनाको आईसियूमा राखेर उपचार भईरहेको छ । कोभिड- १९ का कारण सेवामा चुनौती थपिएको बताउदै उनले अस्पतालसंग भएको मौजुदा जनशक्तिबाट काम भईरहेको बताए । महाकाली अस्पतालले आईसियू संचालनसंगै थाईराइडको समेत नयाँ मेसिन शव बहान र आधुनिक एम्बुलेन्स ल्याएको छ ।

रगतका माध्यमबाट विभिन्न प्रकारका रोग पहिचानका लागि थाईराइड मेसिन ल्याएको हो । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले अस्पताललाई प्रविधियुक्त बनाईने बताए । ‘लामो समयपछि हामी आईसियू सेवा संचालन गर्न सफल भएका छौँ, ‘उनले भने, ‘अस्पताल सुधारका लागि सबैको सहयोग अपरिहार्य छ ।’ अस्पताल सुधारकै लागि आफुले नेतृत्व लिएको बताउदै अपुग जनशक्ति उपकरण थप गरेर पनि अस्पताल सुधार गरिने बताए । आईसियू सेवा संचालन भएसंगै यस क्षेत्रका बिरामी लाभाविन्त हुने छन् ।

यस अघि आईसियू सेवा संचालन नहुँदा भारतीय अस्पताल र जिल्ला बाहिर उपचारका लागि जानुपर्ने बाध्यता थियो । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले आईसियू संचालनसंगै यस क्षेत्रका नागरिकले पाँउने स्वास्थ्य सेवाा विस्तारमा जोडदिए । ‘अस्पतालको स्तरबृद्धिका हामी हरकदम भीमदत्त नगरपलिका सहयोग गर्न तयार छ, ‘उनले भने, ‘अस्पताललाई हामीले शिक्षण अस्पताल बनाउने लक्ष्य छ ।’ अस्पताल सुधारका लागि सबै क्षेत्रको आवश्यक अपरिहार्य रहेको समेत मेयर विष्टले बताए । janasarokarpost बाट सभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दुई वर्षसम्म सुदूरपश्चिमको स्थायी राजधानी जंगलमै

भानुभक्त आचार्य कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत...

महासचिव विष्णु पौडेल मन्त्री बन्दै

काठमाडौं । सत्तारुढ दल नेकपा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेपछि नयाँ बन्ने मन्त्री र फालिने मन्त्री को–को पर्लान् ? सबैको चासो अहिले यसमै छ । त्यसमा...

यि हुन प्रचण्डले छानेका १० मन्त्रालय, ओली ९ मात्र दिने अडानमा

काठमाडौ रनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भए पनि मन्त्रालय मिलाउने क्रममा खटपट...

यस्ता संकेतबाट थाहा पाइन्छ तपाईको गर्भमा छोरा छ कि छोरी भनेर

छोरा या छोरी दुवै समान हुन् । हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भपतनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण...

हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल,तपाइँको कस्तो छ,ढिलो चाडो...

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह...

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर चयन भएका छन् । जिल्लाका अगुवा महिलाको भेलाले मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको कार्य...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया