सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सेलिब्रेटी लुक्स र युवतीको सौन्दर्य

टेलिभिजनको स्क्रिनमा हेरिरहँदा वा म्यागजिनको कभरमा नियालीरहँदा एउटी युवतीको मनमा के(कस्ता प्रश्नहरु आउँछन् । जसै उनीहरु त्यहाँ अभिनेत्रीको चमकदमकपूर्ण जीवन देख्छन्, आफुलाई तुलना गर्न थाल्छन् । तर, टेलिभिजन वा म्यागजिनमा देखिने जस्तै रुपवती देखिन संभव छ ?

जवाफ हुनसक्छ, पक्कै छैन । त्यसो भए एक युवतीले कुनै सेलिब्रेटीलाई आफुसँग तुलना गरेर दुःखी वा उदास हुन जरुरी छ ? बलिउड अभिनेत्री सोनम कपूरले यही विषयमा घतलाग्दो कुरा भनेकी छिन् ।

सेलिब्रेटी लुक कसरी मिल्छ ?

World Link Ads
Mahakali Polytechnic

हरेक युवती ऐनाको अगाडि उभिएर स्वंमलाई हेर्दै यो सोच्छन् कि, म सेलिब्रेटी जस्तो किन देखिन्न ? त म ति सबै युवतीलाई बताउन चाहन्छु कि, कुनैपनि सेलिब्रेटी बिहान उठ्नसाथ यस्तो देखिदैनन्, जस्तो तपाईहरु सोच्नुहुन्छ । सत्य त यो हो कि, सार्वजनिक स्थानमा आउनुअघि मलाई ९० मिनेट मेकअप चियरमा विताउनुपर्छ । कसैले मेरो केस बनाउँछन्, कसैले मेरो मेकअप । कतिले मेरो नङ बनाइदिन्छन् । हरेक हप्ता मेरो आइब्रोको सेप दिइन्छ ।

मेरो शरीरमा कन्सीलर लगाइन्छ । जहाँ मैले कहिल्यै सोचेको पनि हुन्न, त्यहाँ पनि कन्सीलर प्रयोग गरिन्छ । राम्रो ज्यानको लागि मलाई बिहान ६ बजे उठ्नुपर्छ र साढे सात बजेसम्म जिम गर्नुपर्छ । शरीरलाई फिट राख्नका लागि म साँझ पनि व्यायाम गर्छु । सुत्नुअघि पनि व्यायाम गर्छु ।

राम्री देखिनका लागि मेकअप र जिम मात्र होइन, मलाई पुरा दिन के खाने, के नखाने भन्ने कुरामा ध्यान राख्नुपर्छ । यसका लागि एक जना त पुरै दिन मसँग हुन्छन् । मेरो खानेकुरामा त्यती चिज सामेल हुँदैन, जति मेरो फेस प्याकमा प्रयोग गरिएको हुन्छ ।

Sana Kishan

यसका साथै मेरो कपडा तयार गर्नका लागि एउटा टिम नै काम गरिरहेका हुन्छन् । यी सबैको पछि म आकर्षक देखिन भने फोटोलाई फोटोसप गरिन्छ ।

मैले यसअघि पनि भनिसकेको छु कि, सेलिब्रेटीको लुकको पछाडि धेरै टिम, धेरै पैसा र धेरै समय खर्चिएको हुन्छ । यी सबैको एकमुष्ठ मिहेनतपछि सेलिब्रेटी लुक आउँछ ।

जो तपाई देख्नुहुन्छ, त्यो सत्य होइन । यदि अर्को पटक कुनै १३ बर्षिय किशोरीले म्यागजिनको कभरमा सेलिब्रेटीलाई घुरेर हेरिरहेको छ भने उनलाई तपाई यो मिथ तोड्न नभुल्नुहोस् ।

तपाई बताइदिनुहोस् कि, तिमी स्वंम एकदम राम्री छौं । उनको दिमाग र स्माइलको तारिफ गर्नुहोस् । उनको दिमागमा यो आउन नदिनुहोस् कि, उनमा कुनै कमी छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.