Wednesday, September 30, 2020

प्राकृतिक विधिबाट कसरी निरोगी हुने ?

- Advertisement -

अपवाद वाहेक हामी स्वस्थ शरीर लिएर जन्मन्छौं । जन्मदा हाम्रो शरीर एवं शरीरका अंगहरुले सही कार्यसंचालन गरिरहेको हुन्छ । सबै कुरा सन्तुलित र सही हुन्छ ।

तर, जब–जब हुर्कदै जान्छौं, हाम्रो स्वास्थ्य उस्तै रहँदैन । पेट खराब हुन थाल्छ । कलेजो, मुटु, फोक्सोको कार्य क्षमता घट्न थाल्छ । उमेर ढल्कदै गएपछि स्वभाविक रुपमा शरीरका अंगहरु पनि कमजोर र शिथिल हुन्छ । तर, बाल्यकालबाट उमेरको सिंढी चढ्न थालेपछि हाम्रो शरीर रोगी हुन थाल्छ । किशोर, युवा अवस्थामा समेत हामी अनेक रोगसँग जुध्न थाल्छौं । किन ?

किनभने जति–जति हुर्कदै जान्छौं, हामी आफ्नो प्राकृतिक जीवनशैलीबाट विमुख हुन थाल्छौं । हामीलाई आफ्नो शरीर वा स्वस्थ्य अनुसार भन्दा पनि मन र रहर अनुसार चल्न थाल्छौं । शरीरको प्राकृतिक प्रणाली भंग गरिदिन्छौं । यही कारण हामीमाथि रोग हावी हुन थाल्छ ।

रोग लाग्नु भनेको के हो ? कसरी हामी रोगको शिकार बन्छौं ?

शरीरमा जब कुनैपनि किसिमका विकारहरु सञ्चय हुन थाल्छ, तब हाम्रो शरीरका अंगहरुले सही कार्य सम्पादन गर्न सक्दैन । शरीरको कार्य प्रणाली बिग्रन्छ । त्यही अवस्थालाई हामी रोग लागेका भन्छौं । यस्तो किन हुन्छ ?

जब हामी खराब खानपान गर्छौं, खराब जीवनशैली अपनाउँछौं, तब शरीर विकारयुक्त बन्छ । त्यस्ता विकार जति–जति शरीरमा सञ्चय हुन्छ, उत्तिनै हामी रोगी हुन्छौं । शरीरको सही शुद्धिकरण हुँदैन र रोगले डेरा जमाउँछ ।

यसरी शरीरभित्र विकार सञ्चय भएपछि वा रोग लागेपछि हामी त्यसको उपचारको खोजीमा दौडन्छौं । औषधि उपचार, शल्यक्रिया जस्ता विधीहरु अपनाउँछौं । यसले हामीलाई रोगबाट मुक्त हुन सघाउँछ । तर, रोग लागेर उपचार खोज्नुभन्दा रोगमुक्त जीवन बाँच्नु उचित हो ।

रोगमुक्त जीवन कसरी बाँच्ने त ?

यसका लागि एउटै तरिका हो, प्राकृतिक जीवनशैली । प्राकृतिक ढंगको जीवनयापन नै सर्वोत्तम मानिन्छ ।

हाम्रो शरीरभित्र यस्तो प्रणाली हुन्छ, जसले शरीरलाई रोगहरुबाट मुक्त गरेर स्वस्थ राख्ने हरक्षण प्रयास गरिरहेको हुन्छ । सोही प्रणाली अनुसार जीवनशैली, खानपान र सोंच चिन्तन अपनाएर प्राकृतिक रुपमै निरोगी बन्न सकिन्छ ।

जस्तो कि, सही समयमा सुत्ने । सही समयमा उठ्ने । स्वास्थ्य जीवनका लागि सात–आठ घण्टाको गहिरो निद्रा अनिवार्य मानिएको छ । राम्ररी निदाउनु पनि आफैमा एक स्वस्थ्य जीवनको सूचक हो ।

त्यसैगरी सही समयमा खानपान गर्नु । एउटा सन्तुलित तालिका अनुसार खानेकुरा सेवन गर्नु । शरीरलाई आवश्यक र उचित खानेकुरा मात्र सेवन गर्नु । सक्रिय दिनचर्या विताउनु । व्यायाम, योग, ध्यान आदिलाई आफ्नो दैनिकीको हिस्सा बनाउनु । सधै सकारात्मक र खुसी रहने प्रयास गर्नु । प्रकृतिसँग एकाकार हुने अभ्यास गर्नु ।

सही र सन्तुलित जीवनशैली अपनाउनु नै रोगमुक्त हुनु हो । गहिरो निद्रा लिनु, सुपाच्य खानेकुरा खानु, उचित समयमा मलत्याग गर्नु, सरसफाई गर्नु आफैमा निरोगी हुने सूत्र हुन् ।

प्राकृतिक चिकित्साको एउटा सूत्र छ, केवल भोजन नै चिकित्सा हो । हामीले खाने भोजनले नै शरीरलाई निरोगी वा रोगमुक्त बनाउने हो । हामीले खाने भोजनले नै शरीरको प्रतिरोधात्मक क्षमता बढाउने हो । शरीरलाई बलियो, तन्दुरुस्त बनाउने हो । दीर्घायु बनाउने हो ।

जबकी आज त्यही खानपानको कारण मान्छे रोगी हुँदैछन् । जिर्ण हुँदैछन् । मृत्युको मुखमा पुगिरहेका छन् । खानालाई खान जानियो भने औषधी हुन्छ । खाना खान जानिएन भने विष हुन्छ ।

उपवास भनेको कुनैपनि खानेकुरा सेवन नगरी वस्नुको अवस्था हो । यसले पाचन यन्त्रलाई विश्राम दिन्छ । उपवास भनेको शरीरलाई भित्रैदेखि शुद्धिकरण गर्ने विधी पनि हो ।

माटोमा खेल्दा, माटोको सम्पर्कमा रहँदा हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बृद्धि हुन्छ । केही समयअघि मात्र हामीले असार पन्ध्र मनायौं । यो पर्वले पनि माटोसँग एकाकार हुन प्रेरित गर्छ । संसारमा माटोद्वारा गरिने उपचारका पनि विभिन्न विधी छन् ।

हामीकहाँ मालिस गर्ने परम्परा नै छ । जब बच्चा जन्मन्छ, तोरीको तेलले मालिस गरिन्छ । मालिस एक प्राकृतिक विधी हो, जसले शरीरलाई बलियो बनाउँछ । रक्तप्रवाहमा सहयोग गर्छ । मालिसका अरु थुप्रै विधी एवं तौरतरिका छन् ।

ताजा हावा राम्रो स्वास्थ्यका लागि सबैभन्दा जरूरी हुन्छ । हाम्रो शरीरभित्र जति धेरै शुद्ध वायु रहन्छ, हामी उत्तिनै निरोगी रहन्छौं । अतः शरीरमा शुद्ध वायुको मात्रा बढाउने केही तौरतरिका छन् । प्राणायाम जस्ता विधी यसैका एक रुप हुन् ।

शरीर पञ्चतत्वले निर्माण भएको छ । पञ्चतत्व भनेको अग्नी, आकास, जल, वायु र पृथ्वी । प्रकृति पनि पञ्चतत्वले निर्माण भएको छ । प्रकृति र शरीर आपसमा एकाकार छन् । त्यसैले शरीरलाई रोगमुक्त राख्ने बुटी पनि प्रकृतिमै छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गुर्जो सेवन गर्ने विधि, फाइदा र नोक्सानको बारेमा जानकारी लिनुहोस

मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित...

दिउँसो सुत्ने बानी स्वास्थको लागि राम्रो की नराम्रो? यस्तो सम्म हुन्छ...

को’रोना भ’य र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

संसारभरी मधुमेह रोग निकै भयावह रूपमा बढीरहेको छ। मधुमेहलाई निकै खतरनाक रोग मानिन्छ । आधुनिक जीवनशैली र सुख सुविधाले मधुमेहजस्ता रोग बढीरहेको छ ।...

तपाईको मधुमेह पूर्ण रुपमा नियन्त्रणमा हुन्छ यो फल सेवन गर्दा !

विरामीका लागि जामुन अत्यन्त फाइदाजनक हुन्छ । यसले मधुमेहलाई पूर्ण रुपमा नियन्त्रणमा लिने आयुर्वेदको दाबी छ । जामुनुको बाहिरी बोक्रा निकाल्नुहोस् र भित्रको वियालाई...

यस्ता संकेतबाट थाहा पाइन्छ तपाईको गर्भमा छोरा छ कि छोरी भनेर

छोरा या छोरी दुवै समान हुन् । हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भपतनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया