Monday, September 21, 2020

सातवटा अस्पतालले फर्काए, घर पुगेपछि मृत्यु

- Advertisement -

१४ भदौ, विराटनगर । कोरोना संक्रमणको जोखिम देखाउँदै विराटनगरका अस्पताल उपचार गर्न पन्छिँदा उदयपुरकी एक महिलाको मृत्यु भएको छ ।

शनिबार साँझ भात सर्किएर बेहोस भएकी उदयपुरको चौदण्डीगढी नगरपालिका– ६ की ६५ वर्षीया डम्बरकुमारी बस्नेतको विराटनगरका अस्पतालले भर्ना नगर्दा आइतबार बिहान मृत्यु भएको हो ।

छिमेकी डिल्लीराम खतिवडाका अनुसार शनिबार साँझ खाना खाने क्रममा भात सर्किएपछि महिला बेहोस भएकी थिइन् । लगत्तै आफन्तले बेल्टारमा रहेको प्राथमिक स्वास्थ्य चौकी लगे । स्वास्थ्य चौकीले अवस्था गम्भीर भएकाले विराटनगर रिफर ग¥यो ।

राति नौ बजे एम्बुलेन्समा राखेर विराटनगर ल्याइएको थियो । ‘राति ११ बजेतिर विराटनगर पुगियो । अस्पताल घुम्दाघुम्दै २ बज्यो’ एम्बुलेन्स चालक दीपक खत्री भन्छन्, ‘कुनै अस्पतालले भर्ना गर्न नमानेपछि घर नै फर्कायौं ।’

बस्नेतलाई सुरुमा विराटनगरको विराट नर्सिङ होम लगिएको थियो । तर एम्बुलेन्समै बिरामी हेरेका स्वास्थ्यकर्मीले आईसीयू छैन भन्दै फर्काइदिए । ‘अस्पतालले बिरामी हेरेपछि आईसीयू छैन् भन्दै फर्कादिए’ उनले भने ‘ विराटनगरका अस्पताल घुमिरह्यौं ।’

विराटनगरका सातवटा अस्पतालले भर्ना गर्न मानेनन् । त्यसपछि गोल्डेन अस्पताल पुगे, तर भर्ना नगरेपछि विराट मेडिकल कलेज लगे । बुढीगंगा गाउँपालिका २ मा रहेको मेडिकल कलेजले भर्ना नगरेपछि फेरि विराटनगर फर्किए । विराटनगरको म्याक्स अस्पताल, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताल र ग्रिन क्रस अस्पताल लगेका थिए ।

इमर्जेन्सी विभाग बन्द भन्दै नोबेलले बिरामी नल्याउन भन्यो । कोशी अस्पतालमा भेन्टिलेटर नभएकाले आफन्त लगेनन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले समेत बिरामीलाई नल्याउनू भनेको चालक खत्री बताउँछन् । एकपछि अर्को अस्पतालले भर्ना नलिएपछि आफन्तले हार माने र राति साढे २ बजे घर फर्किए ।

घर पुगेको केही घण्टापछि उनको मृत्यु भएको हो ।

बुधबार पनि विराटनगरका अस्पतालहरुले भर्ना गर्न नमान्दा मोरङ पथरी शनिश्चरे नगरपालिका २ कि ६२ वर्षीया सानकुमारी राईको मृत्यु भएको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला पनि निजी अस्पतालले मनपरी गरिरहेको बताउँछन् ।

‘निजी अस्पतालहरुलाई सोमबार छलफलका लागि बोलाएको छु’ उनले भने, ‘कानुनी व्यवस्थाबारे सम्झाउँछौं । अटेर गरे कारवाही गर्छाैं ।’

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

३७ वर्षमा सिताराम, भन्छन्–‘हरेक नेपालीलाई खुशी बनाउने सपना छ’

हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल आजबाट ३७ बर्षमा प्रवेश गरेका छन् । वि.सं २०४० साल असोज ४ गते जन्मिएका यी कलाकारले जिन्दगीमा...

पशुपतिनाथ मन्दिर खोल्न सरकारी निर्देशनको प्रतीक्षा

कोरोना महामारी सुरु भएपछि गत चैतमा बन्द भएको पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन खुला गर्ने तयारी गरिएको छ । पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीबीच दुई...

लामो,बाक्लो र कालो कपाल चाहानुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् अमलाको रस...

काठमाडौँ । अमला कपाल र छालाका लागि धेरै फाइदाजनक हुन्छ। अमलाको रस उत्तम स्वास्थ्य पेय मानिन्छ। अमलाको रस लामो कपालको लागि पनि धेरै फाइदाजनक...

यस्ता हुन्छन् भाग्यमानी युवतीका १२ लक्षण, तपाईमा कति वटा ?

शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणि गर्न सकिन्छ । शिव...

अरेबियन महिलाहरु किन यती सुन्दर र का’मुक हुन्छन् ? यस्तो छ...

बान्की मिलेको अनुहार, छालाको चमक, आँखाको तेज, मुलायम एंव रसिलो ओंठ आदिले उनीहरुको सौन्दर्य खुल्ने गर्छअरेबियन महिलाहरुको छाला अन्य देशका महिलाहरुको तुलनामा धेरै सुन्दर...

हरेक पुरूषले जानी राखौं)आफ्नो श्रीमतीलाई सधै खुसी बनाउने सुत्रहरू

आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त...

पानी भरिएको रानीपोखरी भाइटीकाबाट संचालनमा आउने

काठमाडौं । संघीय राजधानी शहर काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी...

भयङ्कर चलाख र बुद्धिमान हुन्छन् यी राशिका महिलाहरु, तपाई पनि पर्नुभयो...

काठमाडौँ । हामी कति बुद्धिमान या समझदार छौँ भन्ने कुरा हामी आफैँ बताउन सक्दैनौ । समझदारी या हाम्रो बुद्धि कौशलको अनुमान तब मानिसलाई थाहा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया