सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने

१४ भदौ, काठमाडौं । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगतलाई भदौ मसान्तसम्म लब्याएको एक मन्त्रीले बताए ।

यसअघि अन्तरजिल्ला यातायात तथा हजाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर कोरोना संक्रमण बढेसँगै भदौ १५ सम्म स्थगित भयो । त्यसको दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले अन्तरजिल्ला यातायात र अन्तरिक हवाई उडान भने भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको छ ।

अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ । सरकारले दैनिक ५०० जना मात्र ल्याउन दिने निर्णय गरेको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

आइतबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर रायले यसलाइर्ए बढाउनु पर्ने धारणा राखेको र त्यसमा सैद्धान्तिक सहमति दिइएको छ । अब कुनै कम्पनीले पीसीआर टेष्ट, होटल क्वारेन्टिनसहित सबै खर्च व्यहोर्ने गरी नेपाली कामदारलाई नेपाल पठाउन चाहन्छ भने ५०० को कोटाभन्दा बाहिर पनि ल्याउन दिइनेछ ।

यस्तै स्कुल कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको एक मन्त्रीले बताए ।

साथै विदेशी कामदार लिने निर्णय गरेका मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय समेत भएको छ । मन्त्रिपरिषद्को बैठकले ल्हासा र हङकङका लागि महाबाणिज्यू दूत समेत नियुक्त गरेको छ ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.