Tuesday, September 29, 2020

सुप–विश्वविद्यालयले अनलाईन परिक्षा सञ्चालन गर्दै, तयारीमा जुट्न विद्यार्थीलाई अपील

- Advertisement -

मदन गिरी
महेन्द्रनगर १४ भदौ । सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले आउदाँे अशोजबाट परिक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले कोरोना संक्रमणको महामारी र लगडाउनका कारण विद्युतीय माध्यमबाट परिक्षा सञ्चालन गर्ने भएको हो ।

विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्दसिंह विष्टले अनलाईनबाटै विद्यार्थीको परिक्षा गर्न तयारी अन्तिम चरणमा रहेको बताए । उनका अनुसार कोरोना संक्रमण कहिलेसम्म रहने भन्ने  अनिश्चत भएपछि शैक्षिकशस्त्र खेर जान नदिन अनलाईन परिक्षा गर्न लागिएको हो ।

विश्वविद्यालयले आईतबार सुचना जारी गर्दै सबै परिक्षा अनलाईनबाट गर्ने तयारी भईरहेकाले विद्यार्थीलाई तयारीमा जुट्न आग्रह समेत गरेको छ ।
सुचनामा अशोजदेखि विद्युतीय माध्यमबाट परिक्षा सञ्चालन गर्र्ने निणर्य भएको भन्दैँ विश्वविद्यालयले आफु अध्ययनरत क्याम्पस र विभागसँग सम्पर्क गरि परिक्षाको तयारी जुट्न विद्यार्थीलाई सुचित गराएको छ ।

रजिष्ट्रार विष्टका अनुसार अनलाईन परिक्षामा सहभागी हुन नेटवर्क समस्या भएका विद्यार्थीका लागि आईसिटी सेन्टरको स्थापना भईरहेको छ ।  घरबाटै अनलाईन परिक्षामा सहभागि हुन नसक्ने परिक्षार्थीले आईसिटी सेन्टरमा गएर परिक्षा दिन सक्नेछन् । आईसिटी सेन्टरको  लागि   ६ विभाग र १५ वटा क्याम्पसलाई आवश्यक बजेट पठाएर व्यवस्थापन लाग्न निर्देशन गरिएको उनको भनाई छ ।

त्यस्तै अनलाईन परिक्षाका लागि विश्वविद्यालयले सिकाई व्यवस्थापन प्रणाली नामक सफ्टवयर समेत निर्माण गरिएको जनाएको छ । सफ्टवयरमार्फत परिक्षार्थीलाई व्यक्तिगत ईमेलमा प्रश्नपत्र पठाईने छ । परिक्षार्थीले तोकिएको समय अवधिभित्र उत्तरपुस्तीका स्क्यान गरि ईमेलमार्फत परिक्षा नियन्त्रण कार्यालयलाई पठाउनु पर्नेछ ।

‘कोरोनाको महामारी कहिले सम्म रहन्छ भन्ने टुङ्गो छैन्, यसलाई पर्खेर बसे शैक्षिकशस्त्र खेर जान्छ ।’ रजिष्ट्रार विष्टले भने ‘विश्वविद्यालयले शैक्षिकशस्त्र खेर जान नदीन र अनलाईन सिकाई प्रणालिको विकास गर्न विद्युतीयमाध्यमबाट शिक्षण र परिक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।’

अनलाईन परिक्षका लागि तयारी गर्न विद्यार्थीलाई निर्देशन दिदैँ रजिष्ट्रार विष्टले सहयोगका लागि अभिभावक, बुद्धिजिवि लगायतका सरोकारवाला निकायलाई आग्रह समेत गरेका छन् ।

यस्तो छ सुचना

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गिट्टी निकाल्ने क्रममा पहिरो जादा एक जनाको ज्यान गयो, २ जना...

स्याङ्जा- स्याङ्जाको वालिङमा पहिरो जाँदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । https://youtu.be/UqEVwe1lT1c गिट्टी निकाल्ने क्रममा माथिबाट पहिरो सहितको ढिस्कोले पुरिएर वालिङ...

पुनः नियुक्तिको माग गर्दै उदयपुर सिमेन्टका मजदूरहरु आन्दोलित

उदयपुर- उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको...

दु‌ई नयाँ अध्यादेशमा के छ ?

काठमाडौं- तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ जारी भएपछि अब...

दुई दिन भित्र तपाईंको काम बन्नेछ ,बि’ल्कुलै बे’वास्ता नगरि देख्ने बित्तिकै...

हिन्दु धर्म ॐ लाई म’हामन्त्र मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ओम्बाट हुने गर्छ । ओम्को उच्चारणले भगवान मात्र खुशी हुने होइन्,...

असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

काठमाडौं – यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज...

बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी तदर्थ समिति गठन

नरेश तिवारी  बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ। गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

दुई वर्षसम्म सुदूरपश्चिमको स्थायी राजधानी जंगलमै

भानुभक्त आचार्य कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत...

महासचिव विष्णु पौडेल मन्त्री बन्दै

काठमाडौं । सत्तारुढ दल नेकपा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेपछि नयाँ बन्ने मन्त्री र फालिने मन्त्री को–को पर्लान् ? सबैको चासो अहिले यसमै छ । त्यसमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया