Saturday, September 26, 2020

महिनावारी भएको कति दिनमा गर्भ बस्छ ?

- Advertisement -

म ३० वर्षीय व्यक्ति हुँ । विवाह गरेको आठ महिना भयो, तर आजसम्म श्रीमतीसँग कुनै अस्थायी साधन प्रयोग नगरी सम्पर्क गरिरहेको छु । जहिले पनि स्खलन हुने बेलामा लिंग बाहिर निकाल्छु, तर निकाल्दा एकदम गार्हो हुन्छ, निकाल्न मनै लाग्दैन । श्रीमतीलाई कुनै औषधि प्रयोग गरूँभन्दा असर हुन्छ, पछि बच्चा नरहन सक्छ भनेर मान्दिनन् । त्यसैले तपाईंसँग सल्लाह लिन चाहन्छु । कुन औषधि प्रयोग गर्दा राम्रो होला ? अनि महिनावारी भएको कति–कति दिनमा गर्भ रहन सक्छ ? महिनावारी भएदेखि कुन–कुन दिनमा चाहिँ ढुक्कसाथ सम्पर्क गर्न सकिन्छ ? कृपया स्पष्ट पारिदिनुहोला ।

 

तपाईंलाई थाहै होला, महिलामा महिनामा एकपल्ट मात्र डिम्ब निष्कासन हुन्छ । गर्भ रहन पुरुषबाट आएको शुक्रकीट र डिम्बको मिलन जरुरी हुन्छ । त्यसैले वीर्य स्खलन योनिभित्रै भएको स्थितिमा पनि डिम्ब निष्कासनको समयसँग मिल्नु आवश्यक छ ।

गर्भ नरहोस् भनेर लिंग झिक्ने अर्थात् बाह्य स्खलन विधि विशेष गरेर किशोर–किशोरी तथा युवा–युवतीमाझ प्रायः अपनाइने उपायमध्ये एक हो । वीर्य स्खलन हुनु ठीक अघि लिंग योनिबाट झिक्ने यो विधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि प्रभावकारी तरिकाले अवलम्बन गर्न भने गार्हो हुन्छ ।

अब वीर्य स्खलन हुनै लाग्यो भनेर (एयष्लत या ल्य च्भतगचल) पुगेको राम्ररी थाहा नपाउँदा लिंग झिक्न ढिलो भइनिस्केको वीर्य योनिभित्रै वा योनिक्षेत्रमा लाग्न सक्छ । यसले प्रभावकारिता कम त हुने नै भयो, फेरि तपाईंले भन्नुभएजस्तै वीर्य स्खलनको त्यो बेलामा लिंगलाई सक्दो योनिमै राख्न मन लाग्ने हुनाले यसलाई निकाल्न एक हदसम्म असजिलो नै हुन्छ । यस्तो क्रियालाई अंग्रेजीमा ऋयष्तगक क्ष्लतभचचगउतगक भनिन्छ । ग्रिक भाषामा ऋयष्तगक को अर्थ यौनसम्पर्क र क्ष्लतभचचगउतगक को अर्थ रोक्नु भन्ने हुन्छ । यौनसम्पर्कको त्यो उत्कर्षमा पुग्ने बेलामा रोक्न मन नलाग्नुमा स्वाभाविकता छ ।

विभिन्न अध्ययनले १५ देखि २५ प्रतिशतसम्म गर्भ रोक्न नसकेको ँबष्गिचभ च्बतभ अवस्था देखाएको छ । यसले गर्भ रहने सम्भावना केही कम गरे पनि यौनरोग तथा एचआईभी सर्न भने सक्छ । गर्भ तथा यौनरोग तथा एचआईभी दुवैबाट बच्न कन्डमका साथै अरू प्रभावकारी गर्भनिरोधका उपायको प्रयोग पनि आवश्यक छ ।

गर्भनिरोधको कुरा

विवाहित जीवनमा यौनसम्पर्क पर्याप्त मात्रामा गरिने भएकाले गर्भ नरहोस् भन्नाका लागि भरपर्दो गर्भनिरोधको उपाय अपनाउनु नै श्रेयष्कर हुन्छ । छोटो समयका लागि गर्भनिरोध चाहिएमा कन्डम, खाने चक्की तथा तीन महिने सुई निकै प्रभावकारी उपायहरू हुन् । कपर–टी र नरप्लान्ट केही लामो समयका लागि उपयुक्त साधन हुन् । यी साधनको प्रयोग सुरु गर्नुअघि परिवार नियोजन सेवा केन्द्र, प्रजनन स्वास्थ्यका सेवा केन्द्र वा अस्पतालबाट यी साधनको प्रयोगका बारेमा राम्रोसँग परामर्श लिनु राम्रो हुन्छ । सो गर्दा साधनहरूका बारेमा विस्तृत रूपमा थाहा हुने मात्र होइन, कुन साधन आफूलाई सबैभन्दा उपयुक्त हुन्छ, आफैंले रोज्न पाइन्छ । अरूले तपाईंका लागि यो साधन प्रयोग गर्नुहोस् भनेर सल्लाह दिनु उपयुक्त मानिँदैन, किनकि यो कुरा प्रयोग गर्ने व्यक्तिको रोजाइमा भर पर्ने गर्छ ।

गर्भनिरोधका प्रत्येक साधनका केही असर हुने भए पनि ती सामान्य किसिमका हुन्छन् र बिस्तारै कम भएर जान्छन् । प्रयोगमा अभ्यस्त भएपछि सो चासोको विषय पनि बन्दैनन् । यहाँ तपाईंले निर्धक्क यौनआनन्द प्राप्त गर्न जुन सहयोग पाउनुहुन्छ त्यसको महत्व धेरै नै छ । अर्को कुरा, गर्भनिरोधका अस्थायी साधनको प्रयोग गर्न बन्द गरेपछि फेरि गर्भ नरहने भन्ने कुरामा कुनै सत्यता छैन । तपाईंले परामर्श लिन जाँदा थाहा पाउनु हुनेछ कि यी साधन सही तरिकाले प्रयोग गरिएको हुनुपर्छ, नत्र गर्भ रहन सक्नेबारेमा सचेत गराउँछौं । स्थायी बन्ध्याकरणको हकमा मात्रै हामी पुनः गर्भ नरहने कुरा गर्छाैं ।

गर्भ नरहने सुरक्षित समय कुन होला ?

सामान्यः रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्केको बेलामा हुनु जरुरी छ । डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुने गर्छ । डिम्ब निष्कासन हुने समयनजिक गर्भ रहने सम्भावना बढी हुन्छ ।

यसै सन्दर्भमा महत्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्केको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । डिम्ब निस्केको यस्तै २४ घण्टा वा सोभन्दा केही बढीसम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिले असुरक्षित काल मानिन्छ । महिनावारी ठीक २८ दिनमा नभई ढिलो–चाँडो हुन्छ भने ६ महिनासम्मको महिनावारीका दिनहरूलाई विचार गर्नुपर्छ ।

सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने २४–१८. ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ । ३१–११. २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा हुन्छ । माथिको हिसाबबाट तपाईंले पक्कै पनि के जवाफ पाइसक्नुभएको छ । aajanepal बाट सभार 

https://saptahik.com.np/health/2020/04/07/20200407190503

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

यी हुन् ज्वरो घाँटी दुख्ने सिंगान बग्ने समस्याको अचुक घरायसी औषधि

अहिले मौसम परिवर्तनको समय रहेको कारण धेरै मानिसहरु रुघा खोकी, टन्सील, ज्वरोबाट ग्रस्त हुने गरेका छन् । यस्तो समयमा स्वास्थ्यको ख्याल नगर्दा निकै दुख...

दिल खोलेर हाँस्नुहोस यस्ता छन फाइदै फाइदा

हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । यसले मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्छ ।दैनिक ४५...

यस्तो खराब जीवनशैलीले बढाउछ क्यान्सरको जोखिम

जीवित रहँदासम्म हाम्रो शरीरमा जीवन सम्वन्धी अनेकन प्रक्रिया सुचारु भइरहन्छन् । यसैमध्ये एउटा क्रिया कोशिकाहरु अर्थात् सेल्स बन्नु हो । यो क्रियामा शरीरका पुराना...

स्कुस: बहुउपयोगी र पोषिलो, यस्ता छन् फाईदा

काठमाडौं । नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । सस्तो, स्वादिलो, सुपाच्य र स्वस्थ्यकर । स्कुस वहुउपयोगी तरकारी...

कपाल लामो बनाउन चाहनुहुन्छ छ ? यी उपाय अपनाउनुहोस्

काठमाडौँ । कपाल लामो बनाउन जसलाई पनि मन पर्छ। हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन्। तर, घरैमा सर्वसुलभ प्याज कपालको...

लामो,बाक्लो र कालो कपाल चाहानुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् अमलाको रस...

काठमाडौँ । अमला कपाल र छालाका लागि धेरै फाइदाजनक हुन्छ। अमलाको रस उत्तम स्वास्थ्य पेय मानिन्छ। अमलाको रस लामो कपालको लागि पनि धेरै फाइदाजनक...

हरेक पुरूषले जानी राखौं)आफ्नो श्रीमतीलाई सधै खुसी बनाउने सुत्रहरू

आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त...

उमेर कटेर पनि जवान देखिन चाहनुहुन्छ ? यी खानेकुरा कहिल्यै नखानुहोस्

हामीले अहिले पनि कतिपय यस्ता व्यक्ति देख्छौं जो उमेर कटेर पनि जवान देखिन्छन् । ६० को उमेरमा पनि ३५ को जस्तै देखिने धेरै जना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया