Saturday, September 26, 2020

सपनामा कसैसँग सम्भोग गर्नुको अर्थ के हो ?

- Advertisement -

भनिन्छ वास्तविक जिवनमा पाउन नसकेका वा दबाएर राखेका इच्छाहरु सपनामा प्रस्फुटित हुन्छन् । यसैगरी दबेर रहेका यौनइच्छा पनि सपनामा छताछुल्ल हुन्छन् । विभिन्न अध्ययनहरुले जनाए अनुसार अधिकाङ्स युवायुवतिहरु यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरुको आफ्नो प्रियजनसँग भेट होस् र यौनक्रिडा गर्न पाइयोस्।

त्यसैले सपनामा कोहीसँग सम्भोग गरेको देख्नुलाई सामान्य रुपमा लिइन्छ । हामी धेरैले यसलाई हल्का रुपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने बारेमा चासो दिँदैनौँ । तर यौनविज्ञहरुले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरुसँगको यौन सम्बन्ध र उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् । कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण के हो भन्ने कुराको उत्तर दिँदै यौनविज्ञ डाक्टर केतन परमारले विभिन्न ५ वटा अवस्थाको यसरी व्याख्या गरेका छन्ः

 

१) यदि आफ्नो पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखेमाः
यदि तपाइँले सपनामा आफ्नो पति वा प्रेमीको साथ सम्भोग गरेको देख्नुभयो भने यसका दुइ अर्थ हुनसक्छन् । या त तपाइँको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ , या त तपाइँले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहनुभएको छैन जो चाहिरहनुभएको छ । यदि कसैले यस्तो सपना देखेमा आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गर्नुस् र कारण पहिल्याएर समाधानतिर लाग्नुहोस् ।

२) आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको देखेमाः
यदि तपाइँले आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको अर्थ हुनसक्छ पूरानो ब्वाइफ्रेन्डसँग तपाइँको सेक्स लाइफ निकै राम्रो थियो । तपाइँले देखावटी रुपमा अहिलेको प्रेमीलाई मन पराउनुहुन्छ तरपनि अचेत मनमा पूरानो प्रेमीले नै लोभ्याइरहेको छ भने तपाइँले ऊ सँग सम्भोग गरेको सपना देख्नुहुन्छ । यस्ता सपनाबाट तपाइँ आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाउनुभएन वा नयाँ प्रेमीसँग पनि खटपट हुनथाल्यो भन्ने प्रष्ट हुन्छ ।

३) कुनै चर्चित नायक सँग सम्भोग गरेको सपना देखेमाः
यदि तपाइँले कुनै चर्चित हिरोसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको मतलब हो तपाइँले आफ्नो प्रेमी वा पतिमा अरु केही कुरा खोजिरहनुभएको छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहनुहुन्छ भने तपाइँ यस्ता सपना देख्नुहुनेछ ।

४) कुनै महिलासँगै सम्भोग गरेको सपना देखेमाः
यदि तपाइँ कुनै महिलासँग सम्भोग गरेको सपना देख्नुभयो भने यसले तपाइँको मनोविज्ञान र सारिरिक अवस्थाको बारेमा पनि गहिरो अर्थ राख्छ । यस्ता सपना देख्नुभयो भने बुझ्नुहोस् कि तपाइँको यौन पार्टनर पुरुष मात्र हो भन्ने सोचाइ गलत हो । सपना बारम्बार देखियो भने र वास्तविक जिवनमा पनि तपाइँ कुनै स्त्रीसँगै यौन क्रियाकलापका लागि आकषिर्त हुनुभयो भने तपाइँले आफ्नो यौन चरित्र वा प्राथमिकता र यौनिकताको बारेमै पुनर्विचार गर्नुपर्छ । कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने यसको अर्थ यो पनि हुनसक्छ ती महिलाले आफ्नो प्रेमी वा पतिले आफुलाई बढि ख्याल गरोस् भन्ने चाहन्छिन् ।

५) प्रेमीसँग बिछोड भएको सपना देखेमाः
प्रेमीसँगको विछोड भएको सपना देख्नुभयो भने यसको अर्थ हो की तपाइँले आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढि समय चाहनुभएको छ र त्यो पाइरहनुभएको छैन । सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चिन्तित रहेको बेलामा पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञहरु बताउँछन् । gunjanpat

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बझाङका एक सैनिक जवानको कोरोनाबाट मृत्यु

धनगढी, १० असोज । बझाङ घर भएका एक सैनिक जवानको कोरोनाबाट मृत्यु भएको छ । बझाङ घर भइ हाल काठमाडौंमा कार्यरत सैनिक जवानको शुक्रबार मृत्यु...

कञ्चनपुरमा युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ

कञ्चनपुर प्रहरीले सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ। गत भदौँमा जिल्लाको बेल्डाडी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार...

कञ्चनपुरमा जंगली बँदेलको मासु बनाउँदै गरेका २ जना पक्राउ

कञ्चनपुरमा जङ्गली बँदेल मारेर मासु बनाउने तयारीमा रहेका २ जना पक्राउ परेका छन्। शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज बागफाँटा बाट जङ्गली बँदेल मारेर बेतकोट नगरपालिका सुडा...

आज असोज १० गते शनिबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १० गते शनिबार इश्वी सन २०२० सेप्टेम्बर २६ तारीख अधिक आश्विन शुक्लपक्ष दशमी तिथी उत्तराषाढा नक्षत्र अतिगण्ड...

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज । सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ । शुक्रबार दिवसको अवसरमा...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ? पुरा हेर्नुहोस

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ?

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

कुन रोगका कारण कहाँ आउँछ डण्डिफोर ? हटाउने सजिलो तरिका

अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको आन्तरिक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया