Monday, September 28, 2020

डडेल्धुराःहराएका भनिएका एनआइसीयू उपकरण अस्पतालमै भेटिए

- Advertisement -

डडेल्धुरा । डडेल्धुरामा एकाएक हराएका भनिएका एनआइसीयू उपकरण अस्पतालमै भेटिएका छन् ।

लायन्स क्लबले डडेल्धुरा अस्पतालका लागि ल्याएका उपकरण हराएका भनिएका थिए । एनआइसीयूका १६ प्रकारका उपकरण अस्पतालमा जडान गरिएको अवस्थामा भेटिएका हुन् । उपकरण २०७६ मङ्सिर ५ गते अस्पताल पुगेको लायन्स क्लब डडेल्धुराले जनाएको थियो ।

अस्पतालले भने पुगे नपुगेको बारे कुनै जानकारी नभएको जनाएको छ । उपकरण अहिले अस्पतालको एनआइसीयूकक्षमा जडान गरेको पाइएको छ । यी उपकरण जडानपछि अहिले अस्पतालमा आठ श्ययाको एनआइसीयू सञ्चालनमा छ । उपकरण अस्पतालमै जडित भएको पाइएपछि लायन्स क्लबले हस्तान्तरण गरेको छ ।

औपचारिक कार्यक्रमका साथ क्लबले आज उपकरण हस्तान्तरण गरेको हो । लायन्स क्लब सामाखुसीले उपकरण पठाएको थियो । विदेशबाट आएका उपकरणको मूल्य रु २१ लाख छ । करिब रु १२ लाखका उपकरण विदेशबाट ढुवानी गर्दा रु नौ लाख खर्च भएको लायन्स क्लब डडेल्धुराका निवर्तमान अध्यक्ष अमर पुनले बताए ।

आज क्लबका वर्तमान अध्यक्ष प्रेम महरले अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझालाई उपकरण हस्तान्तर गरे । सरकारी सामग्रीको हिफाजत नगरिँदा समस्या हुने जिल्ला समन्वय समिति प्रमुख गणेशराज भट्टले बताए । उनले निजी सम्पत्तिलाई मात्रै माया गर्ने, हिफाजत गर्ने नेपाली परम्पराका कारण उपकरण गायब भएको जस्तो देखिएको बताए ।

गत वर्ष पुसमा अस्पतालका मेसु परिवर्तन भएका थिए । स्टोरकिपर पनि परिवर्तन भएकाले लायन्स क्लबले उपलब्ध गराएका उपकरण हराएको जस्तो देखिएको अस्पतालका मेसु डा जगदीशचन्द्र विष्टले बताए । अस्पतालमा जडान भएका एनआइसीयूका उपकरले अहिले दुई श्यया थप भएको छ । यसअघि अस्पतालमा छ श्ययाको एनआइसीयू सञ्चालनमा रहेको उनले बताए । रासस

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल,तपाइँको कस्तो छ,ढिलो चाडो...

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह...

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर चयन भएका छन् । जिल्लाका अगुवा महिलाको भेलाले मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको कार्य...

कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३...

अब बाह्रैमास छाङरुमा बस्ने सशस्त्र प्रहरी

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि...

नेपाली सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

दार्चुला, असोज १० नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले...

खानपानमा विशेष ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ: स्वास्थ्यमन्त्री ढकाल

काठमाण्डौ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहार(विहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताउनुभएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया