Thursday, October 1, 2020

छोरीको न्वारनमा खसी काटेर भोज, कोरोना फैलिएको आशंकामा गाउँले स्वाब संकलन

- Advertisement -

कोरोना महामारीको कारण यतिबेला अधिकांश सामाजिक कार्य बन्द छन्।

समुदायमा कोरोना सङ्क्रमण देखिएपछि बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ।

तर बागलुङ(१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्डसमेत नअपनाइ भोजको आयोजना गर्दा समुदायमै कोरोना संक्रमण फैलिने आशंका गरिएको छ।

कोरोना जोखिमको समयमा छोरीको न्वारनमा एक परिवारले ठूलो जमघट गरी भोज गरेको पाइएको छ ।

लमजुङबाट आएका न्वारन गर्ने छोरीका बुबालाई नै कोरोना सङ्क्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

उनीहरुले भदौ १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी काटेरै भोज खुवाएका थिए। भोजमा पाहुना, आफन्तलगायतबाट ७० जना ‘क्लोज कन्ट्याक्ट’का रूपमा सहभागी भएको पाइएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले जानकारी दिए।

छोरीको न्वारन गर्न गलुवा पुगेका २३ वर्षका युवामा ११ गते कोरोना पुष्टि भएसँगै भोजमा सहभागी पण्डित, पाहुना तथा अतिथिसहित ७० जनाको स्वाब सङ्कलन गरिएको आचार्यलेले बताए।

‘कोरोना समुदायमा गइसेकेको अवस्थामा न्वारनमा सचेत व्यक्तिबाटै स्वास्थ्य मापदण्ड नअपनाई भोज गरेको पाइयो’, आचार्यले भने, ‘न्वारनमा भोज दिनेमै कोरोना देखिएपछि ७० जनाको स्वाब सङ्कलन गरेका छौँ, समाजमा सामान्य सचेतना नअपनाउँदा भयावहको अवस्था आउन सक्छ।’ नगरपालिकाले शुक्रबार गलुवा पुगेरै स्वाब सङ्कलन गरेको हो।

सङ्क्रमितका परिवारमा कोरोनाको लक्षणसमेत देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ। स्वाब सङ्कलन गरिएका ७० जनामा न्वारन गरिएकी २२ दिनकी शिशुसमेत छिन्।

नागरिकस्तरबाटै सचेतना नअपनाउने हो भने एकल प्रयासले मात्र कोरोना नियन्त्रण गर्न नसकिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए। ‘राज्यले भीडभाड नगर्नू, सामाजिक कार्य गर्दा सतर्कतासहित सामान्य गर्नू भनेकै छ, तर गाउँमा भोजभतेर, पूजापाठ, विवाहोत्सव चलेकै छ’, खनालले भने, ‘यस्तो गतिविधि शहरमा रोकिए पनि गाउँमा रोकिएको छैन।’

समुदायका मानिसमा कोरोना सचेतना नअपनाउँदा बागलुङ नगरपालिकाभित्र तीव्रगतिमा कोरोना फैलिएको छ। नगरभित्रको समुदायस्तरमा एक दर्जन व्यक्तिलाई कोरोना पुष्टि भइसकेको छ। नगरपालिकाभर भदौ १५ गतेसम्म निषेधाज्ञा जारी छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

गुर्जो सेवन गर्ने विधि, फाइदा र नोक्सानको बारेमा जानकारी लिनुहोस

मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

प्रदेश नम्बर १ लोकसेवा आयोगले छुट्टै लोगो प्रयोगमा ल्याउने, उत्कृष्ट डिजाइनरलाई...

काठमाडौँ – प्रदेश लोक सेवा आयोग विराटनगरले छुट्टै लोगो निर्माण गरी प्रयोगमा ल्याउने भएको छ । आयोगले लोगो डिजाइन गरी पेस गर्न बुधबार सार्वजनिक सूचना...

दिउँसो सुत्ने बानी स्वास्थको लागि राम्रो की नराम्रो? यस्तो सम्म हुन्छ...

को’रोना भ’य र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम...

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...

धनगढी विमानस्थलमा भीओआररडीएमई उपकरण जडान

वीरेन्द्र भट्ट धनगढी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थलमा भीओआर/डीएमई उपकरण जडान गरिएको छ । भीओआररडीएमई (जहाजलाई बाटो देखाउने उपकरण) जडान...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया