Thursday, October 1, 2020

त्रिविको वार्षिक परीक्षा अब दशैँ पछि हुने

- Advertisement -

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । ‘अहिलेको स्थितिमा दशैँ अगाडि कुनै पनि परीक्षा गर्न सहज छैन’, उनले भने, ‘अब वार्षिक अन्तर्गतका सबै परीक्षा दशैँपछि नै हुन्छन् ।’

उनका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी गरिने बताए। पनिकाले मङ्सिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ ।

नियन्त्रक जोशीले चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने जानकारी दिए । चारवर्षे शैक्षिक कार्यक्रमलाई ४८ महिनामा सकाउने लक्ष्य पनिकाको रहेको छ । अहिले ती चारवर्षे शैक्षिक कार्यक्रम ४५ देखि ४६ महिनामा सकिने गरेका छन् ।

धेरै विद्यार्थी भएको तहमा भर्चुअल परीक्षा असम्भव
परीक्षा नियन्त्रक जोशीले सेमेष्टर प्रणाली परीक्षाको खाका सहितको प्रतिवेदन सम्बन्धित डिन कार्यालयले बुझाएपछि कसरी परीक्षा गर्ने भन्नेबारे छलफल हुने बताए ।

‘सेमेष्टर परीक्षाका बारेमा भर्चुअल माध्यमबाट परीक्षा लिने भन्ने कुरा पनि चलेको छ’, उनले भने, ‘तर कति सम्भव हुन्छ डिन कार्यालयले बुझाएको प्रतिवेदन बुझाएपछि गर्ने वा नगर्ने भन्ने हुन्छ ।’ उनले सेमेष्टर प्रणालीका पनि धेरै विद्यार्थी भएको तहमा भर्चुअल माध्यमबाट परीक्षा सम्भव नभएको बताए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

बैतडीमा भीरबाट लडेर एकको मृत्यु

बैतडीः बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका २ धौलाडीका २१ वर्षीय हरिभान सिंह धामी रहेका छन्। बुधबार खर काट्ने...

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

दुई दिन भित्र तपाईंको काम बन्नेछ ,बि’ल्कुलै बे’वास्ता नगरि देख्ने बित्तिकै...

हिन्दु धर्म ॐ लाई म’हामन्त्र मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ओम्बाट हुने गर्छ । ओम्को उच्चारणले भगवान मात्र खुशी हुने होइन्,...

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

अब बाह्रैमास छाङरुमा बस्ने सशस्त्र प्रहरी

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि...

जोखिम कायमै छ, तत्काल विद्यालय नखोलौंः शिक्षामन्त्री

असोज १०, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया