Monday, September 28, 2020

बलात्कारको अभियोगमा पुजारी पक्राउ

- Advertisement -

बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर(पुजारी) बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।

हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै झारफुकसमेत गर्दै आएका पुजारी नजिर मोहम्मद साईले झारफूक गर्ने बहानामा दुई महिलालाई बलात्कार गरेको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए ।

उनका अनुसार यही भदौ १० गते राति नेपालगञ्जबाट झारफुकका लागि हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा पुगेका ३० र २८ वर्षीय दुई महिलालाई रातको समयमा झारफुक गर्ने बाहानामा बोलाएर बलात्कार गरेको जाहेरीका आधारमा उनलाई यही भदौ ११ गते बेलुका पक्राउ गरिएको हो ।

पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको टोलीले ४० वर्षीया साइलाई पक्राउ गरेको थियो ।

अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । पक्राउ परेका मजारका मुजावीर ‘मुसे’ बाबाका नामले परिचित छन् ।

हिन्दू र मुस्लिम समुदायको आस्थाको धरोहरका रूपमा रहेको हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल,तपाइँको कस्तो छ,ढिलो चाडो...

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु...

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह...

पठनपाठनको वैकल्पिक विधि छनोटमा अलमल

सुदूरपश्चिम, ११ असोज (रासस) ःकोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल...

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर चयन भएका छन् । जिल्लाका अगुवा महिलाको भेलाले मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको कार्य...

कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३...

यि ६ संकेत तपाईंको सम्बन्ध ‘डेन्जर जोन’मा छ

प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने छैन । यद्यपि हामीकहाँ प्रेमलाई नै विवाहको पहिलो खुड्किलो मानिन्छ । अर्थात प्रेम त्यसबेला सफल मानिन्छ, जब त्यो विवाहमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया