सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेकअप नगर्दा के फरक पर्छ ?

खासगरी महिलाहरूका लागि मेकअप र शृङ्गार अनिवार्यजस्तै मानिन्छ । तर लकडाउन भएसँगै मेकअप गर्ने मेलोमेसो हरायो । घरभित्रै बस्नुपर्ने भएकाले उनीहरूले मेकअपलाई उति आवश्यक पनि ठानेनन् । यसबीचमा कतिपय सेलिब्रेटीले घरेलु सौन्दर्य प्रशाधन प्रयोग गरे र उनीहरुले घरेलु सौन्दर्य प्रसाधन तयार गर्ने विधि पनि साझेदारी गरे, सामाजिक सञ्जालमार्फत ।

त्यसो त सेलिब्रेटीहरूले सामाजिक सञ्जालमै यस्ता तस्वीर पनि सार्वजनिक गरे, जसमा उनीहरू मेकअपविहीन थिए । यसको अर्थ उनीहरू जस्ता थिए त्यही रुपमा आए । उनीहरूको अनुहारमा कुनै लिपपोत थिएन । शृङ्गार थिएन ।

 

अहिले महिलाले मेकअपलाई त्यति जरुरी ठानेका छैनन्, जति लकडाउनअघि महत्व दिने गर्थे । यसमा केही कारण छन् ।

World Link Ads
Mahakali Polytechnic

–अहिले ब्युटीपार्लर धाउन, कस्मेटिक किन्न अनुकूल अवस्था छैन ।

–घरभित्रै बस्दा मेकअप गर्नुपर्ने बाध्यता हुँदैन ।

–घरबाहिर हिँडडुल गर्दा मास्क लगाउनैपर्ने भएकाले मेकअपको अर्थ देखिँदैन ।

एक हिसाबले महिलाहरूले मेकअप गर्न नपाउनु बाध्यात्मक स्थिति जस्तो देखिन्छ । तर यसले एउटा सकारात्मक पाटो पनि उजागर गरिदिएको छ । जस्तो कि मेकअपविना महिलाहरूमा आफ्नो सक्कली अनुहार नै आकर्षक हुनुपर्छ भन्ने बोध भएको छ। सामाजिक सञ्जालमा मेकअपविनाको सक्कली अनुहार देखाउनै होडबाजी चलेको छ । यसैगरी मेकअपले आफ्नो असली सौन्दर्य ओझेलमा पो पर्दैछ कि भन्ने बहस पनि छेडिएको छ ।

कतिपय अमेरिकन टेलिभिजन प्रस्तोताहरू विनामेकअप देखिएको प्रसंग बाहिर आएको छ । मेकअप नगरी उनीहरूले टेलिभिजन कार्यक्रम सञ्चालन गरिरहेको चर्चा छ । एक भारतीय अनलाइनले यस्तै प्रसंग जोड्दै सरकारी टेलिभिजन दूरदर्शनकी पूर्व समाचार प्रस्तोताको अनुभव पेश गरेको छ।

दूरदर्शनकी समाचार प्रस्तोता सलमा सुलतान साडीमा चिरिच्याट्ट परेकी, कानमा गुलाब सिउरिएकी समाचार प्रस्तुत गर्थिन् । उनको यो गेटअप ८० को दशकमा आफ्नो पहिचान थियो । त्यसबेलाको सम्झना गर्दै सलमाले भनेकी छिन्, ‘त्यसबेला दूरदर्शनसँग त्यसबेला जति बजेट हुन्थ्यो त्यसबाट कुनै मेकअप आर्टिस्ट राख्न सकिँदैन थियो, न त त्यसको आवश्यकता नै थियो ।’ सामाचार भन्नुअघि केही मेकअप गर्नुपर्थ्यो नै, जसका लागि उनी फाउन्डेसन, लिपिस्टिक र गाजल लगाउँथिन् ।

Sana Kishan

सलमाले भनेकी छिन्, ‘आफ्नो मेकअप हामी आफैँ गर्थ्यौं । मेरो घरको बगैंचामा त्यसबेला र आज पनि धेरै गुलाफ फुल्छ । एकदिन बगैंचामा बसेको बेला लाग्यो किन गुलाबको फूल नलगाउने ?’

उनले गुलाबको फूल सिउरिएर समाचार भनिन् । दुई दिन यो क्रम जारी रह्यो । तेस्रो दिन उनले फूल लगाइनन् । तब दर्शकले पत्र र फोन गर्न थाले । उनीहरूको प्रश्न थियो, ‘गुलाबको फूल खै त ?’

सलमा भन्छिन्, ‘म भन्दिन कि तपाईं यस क्षेत्रमा हुनुहुन्छ भने मेकअप आवश्यक छैन भनेर । तर मेकअपको चक्करमा आफूभित्रको सुन्दरता नलुकोस् । मेकअप एक कला हो । तर मेकअप हाबी भएमा तपाईंको वास्तविक सुन्दरता ओझेल पर्छ।’

नो मेकअप लुकको जमाना

 

कोरोना भाइरसको कारण धेरैजसो घरभित्र छन् । घरबाहिर पनि भौतिक दुरी कायम गर्नुपर्ने अवस्था छ । यसले पार्लर र कस्मेटिक्स पसल बन्द छ । अहिले पार्लर जाने वा कस्मेटिक्स खोज्ने अनुकूलता पनि छैन । किनभने सौन्दर्यभन्दा स्वास्थ्य प्राथमिक कुरा हो ।

यसले फाइदा के कुरामा पुगेको छ भने महिलाहरूले आफ्नो असलीअनुहार सार्वजनिक गरिरहेका छन् । सामाजिक सञ्जालमा यसको प्रतिस्पर्धा नै चलेको छ । थुप्रै महिलाले मेकअपविनाकै आफ्नो तस्वीर सार्वजनिक गरिरहेका छन् ।

मेकअप होइन, असली सुन्दरतालाई ध्यान

मेकअपले सुन्दरताको सम्पूर्ण समाधान होइन । यसले क्षणिक रुपमा अनुहारको दाग, चाहुरीपना, रुखोपना ढाकछोप मात्र गर्ने हो । त्यसैले मेकअपको सुन्दरता दीर्घकालीन हुँदैन ।

बरु आफूलाई सुन्दर र आकर्षक देखाउने हो भने मेकअपमा होइन, असली अनुहारमै त्यो सौन्दर्य झल्कनुपर्छ । त्यो चमक कायम रहनुपर्छ । यसका लागि शारीरिक रुपमा स्वस्थ्य, तन्दुरुस्त, मानसिक रुपमा शान्त र प्रफुल्ल हुन जरुरी छ

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.