सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लकडाउनमा सुतेर नबसौं, धेरै सुत्नुका यस्ता छन् बेफाइदा

काठमाडौं । धेरैको भागदौडको जिन्दगी कोरोनाका कारण विश्राममा छ । पछिल्लो ६ महिनादेखि धेरै जना घरभित्रै कैद हुन बाध्य छन् । यस समयमा गृहिणीहरूको काम निश्चित रूपले बढेको छ भने घरका अरू सदस्यहरूको फुर्सद बढेको छ ।

घरमा दिनभरि बच्चा र परिवारका सदस्यको हेरचाह, बच्चाको पालनपोषण आदिमा ध्यान दिँदा धेरै समय खर्च हुन्छ । यस्तो अवस्थामा गृहिणीहरूलाई पर्याप्त आरामको आवश्यकता हुन्छ ।

अर्काेतर्फ कार्यालय र शिक्षण संस्था बन्द हुँदा धेरैको काम घरमा बस्ने मात्रै भएको छ । विशेषगरी घरका पुरुष मान्छे, बच्चा र अविवाहित महिलाहरूको तुलनामा विवाहित महिलाहरू घरमा धेरै काम गर्ने गर्छन् ।

World Link Ads
Mahakali Polytechnic

धेरै बच्चा होस् या ठूला मान्छेको दैनिकी पनि दिनभरि घरमा सुतेर नै बित्ने गरेको छ । तर धेरै सुत्नु पनि स्वास्थ्यको लागि हानिकारक हुने जानकारहरू बताउँछन् । शरीरको लागि आराम कति चाहिन्छ ? यो नबुझ्दा विभिन्न स्वास्थ्य समस्याले सताउने चिकित्सकहरू बताउँछन् ।

अहिले धेरैलाई कार्यालय जाने समयको चिन्ता छैन, व्यापार व्यवसाय गर्नेलाई छिटो उठेर जानुपर्ने हतारो छैन । जसले गर्दा बिहानै उठ्नु पर्ने दबाबबाट धेरै मुक्त छन् । दिउँसो पनि निद्रा लाग्यो भने सुत्नको लागि कुनै समस्या छैन ।

कोरोनाका कारण मान्छे धेरै खाने र धेरै सुत्ने भएका छन्भन्दा गलत नहोला । धेरै खाने र सुत्ने गर्नु नै विभिन्न स्वास्थ्य समस्याको कारण बनेको छ ।

स्वस्थ रहन पर्याप्त निद्रा

स्वस्थ रहनका लागि पर्याप्त मात्रामा निद्रा आवश्यक हुन्छ । थोरै सुत्नेलाई पनि अर्काे खाले स्वास्थ्य समस्याले सताउने गर्छ र अधिक निद्राले पनि स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ ।

अत्यधिक निद्राले थुप्रै रोगहरू निम्त्याउन सक्छ । जबकि कम निदाउनु स्वास्थ्यका लागि राम्रो होइन र बढी निदाउनु पनि फाइदाजनक छैन । निद्रा नलाग्ने रोगलाई इनसोमनिया भनिन्छ भने धेरै निद्रा लाग्ने रोगलाई हाइपर सोमनिया भन्ने गरिन्छ ।

Sana Kishan

बढी निन्द्राको पहिलो प्रभाव हाम्रो पेटमा पर्छ । लामो समयसम्म सुत्दा, हाम्रो आन्द्रामा संकलन गरिएको फोहोर पानी अवशोसित हुँदा कब्जियतको समस्या हुन सक्छ । ढिलोसम्म सुत्दा र बिहान चाँडै उठ्दाको बीचमा हामीले आफ्नो शरीरमा देख्न सक्ने भिन्नताले पनि यसलाई पुष्टि गर्छ ।

कोरोनाका कारण चलिरहेको निषेधाज्ञाको समयमा धेरै सुत्ने मान्छेमा यस्ता समस्या सिर्जना हुन सक्ने चिकित्सिकहरू बताउँछन् । यसको असर स्वरूप शरीरको दुखाइ, टाउको दुख्ने, अपच, जलन, थकान महसुस हुने जस्ता समस्याहरू देखिने गर्छ ।

लकडाउनको समयमा धेरैले जति सुत्दा पनि थकानको महसुस भएको गुनासो गर्ने गर्छन् । वास्तवमा अधिक सुत्नु नै माथि उल्लेखित समस्याको कारण रहेको चिकित्सकहरू बताउँछन् ।

मोटोपन बढ्छ

बढी निद्राका कारण मोटोपनको समस्या पनि बढ्ने गर्छ । धेरै सुत्दा महिलामा पुरुषहरूको भन्दा छिटो मोटोपन बढ्छ । विशेषगरी उनीहरूको कम्मर र फिलामा भएको बोसो चाँडै जम्मा हुन्छ र यी अंगहरू भारी हुन थाल्छन् ।

अत्यधिक निद्राका कारण टाउको दुख्ने समस्या पनि बढी हुन सक्छ । अत्यधिक निद्राका कारण, शरीरमा सेरोटोनिनको स्तर बढ्न सक्छ ।

जसको कारणले टाउको दुख्ने समस्या आउँछ । लामो समयको निद्राका कारणले कमर दुख्ने समस्या सिर्जना हुन्छ । अत्यधिक निद्राले रगत प्रवाहमा पनि असर गर्छ ।

धेरै निन्द्राको परिणाम डिप्रेसन पनि हुन सक्छ । अत्यधिक निद्राले डोपानाइन र सेरोटोनिन हर्मोनको स्तर कम हुन्छ । जसले डिप्रेसन निम्त्याउन सक्छ । धेरै निदाउँदा मेमोरीलाई असर गर्छ । यसले हाम्रो मेमोरीलाई कमजोर पार्छ ।

अधिक निन्द्रा स्वास्थ्यका लागि हानिकारक मात्र होइन, घातक पनि हुन सक्छ । किनकि बढी निदाउँदा हृदयघातको जोखिम बढ्छ । ९ घण्टा या सोभन्दा बढी सुत्दा हृदय स्ट्रोकको जोखिम २३ प्रतिशतले बढ्ने बताइएको छ ।

एक अध्ययनअनुसार, हरेक रात ९ घण्टा वा सोभन्दा बढी सुत्ने मानिसहरूलाई ७ घण्टाभन्दा कम निदाउनेको तुलनामा मुटुको स्ट्रोकको सम्भावना २३ प्रतिशतले बढी हुन्छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.