Thursday, October 1, 2020

बहुउपयोगी वनस्पति तुलसी: घरेलु ओखतीदेखि वायु शुद्धीकरणसम्म

- Advertisement -

वास्तवमा तुलसी रोप्नुलाई धार्मिक आस्थासँग जोडिएको छ । तुलसी मात्र होइन, राम्रो वनस्पति रोप्नु आफैँमा पुण्यको काम हो । वनस्पति थरीथरीका हुन्छन् । सबैको आआफ्नै गुण हुन्छन् । त्यसमध्ये प्रकृतिमा यस्ता वनस्पति छन्, जो प्राणी जगतका लागि अतिउपयोगी छन् । जस्तो कि तुलसी ।

हामी देख्छौं घरको आँगनमा मठ बनाइन्छ । लिपपोत गरिन्छ । सफासुग्घर गरिन्छ । त्यसमाथि तुलसी रोपिन्छ। तुलसीलाई किन यसरी आँगनमा मठ बनाएर रोपिएको होला ? यसरी रोप्दा धर्म हुने हो ? पाप पखालिने हो ?

यी आस्थाका कुरा हुन् । तुलसीलाई घरको आँगनमा मठ बनाएर महत्वका साथ रोप्नुको पछाडि वैज्ञानिक कारण छन् । तुलसी, जसको आयुर्वेदमा उच्च महत्व छ । घर आँगनमा रोप्दा यसले शोभा मात्र बढाउँदैन, वायु शुद्धीकरण गर्नेदेखि औषधीय उपयोगसम्म गर्न सकिन्छ ।

बहुगुणी तुलसीलाई उचित संरक्षण गर्ने परम्परालाई हाम्रा पूर्खाहरूले धर्ममा जोडेका हुन् । धर्मसँग जोड्दा त्यो बढी प्रभावकारी र चिरस्थायी पनि हुने भएकाले यसो गरिएको हो । तुलसी जस्तो वनस्पति लोप नहोस् साथै हाम्रा पुस्तौंपुस्ताका सन्ततीले यसको महत्व बुझून् भन्नका लागि पनि यसरी रोपिएको हो ।

तुलसी सफा ठाउँमा मठ बनाएर रोप्नुको पछाडि यसको औषधीय महत्व पनि रहेको छ । तुलसीको पात, डाँठ हामी सोझै सेवन गर्न सक्छौं । यसरी खानेकुरालाई सफासुग्घर गरेर राख्नुपर्छ भन्ने पनि हो ।

तुलसी कुन दिशामा रोप्ने भन्ने पनि निर्धारण गरिएको छ । ससर्ती हेर्दा र सुन्दा यो आडम्बर वा वाहियात लाग्न सक्छ । तर तुलसी यस्तो वनस्पति पनि हो, जसले वायुलाई शुद्धीकरण गर्छ । त्यही कारण वायुको बहकाव कुन दिशाबाट हुन्छ भन्ने आधारमा यसलाई रोप्ने स्थान निर्धारण गरिएको हो ।

तुलसीलाई घरको सम्मुखमा रोप्नुपर्छ । यसलाई पूर्व वा उत्तर दिशामा रोप्नु राम्रो मानिन्छ । यसरी रोप्दा त्यसले वास्तु दोषको असर कम गर्ने धार्मिक विश्वास छ ।

ओखतीको रुपमा तुलसी

तुलसीको एक, दुई पात नियमित रुपमा सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्ने बताइन्छ । यसको साइड इफेक्ट केही पनि छैन । नियमित रुपमा तुलसीको पात चपाउन वा पानीमा उमालेर त्यसको पानी पिउन सकिन्छ । बालबालिकादेखि बुढाबुढी, रोगी जोकोहीलाई यसको सेवन गराउन सकिन्छ ।

चाहे रुघाखोकीमा होस् वा कफ जमेको बेला, ज्वरोमा होस् वा दाँतको रोगमा, तुलसी उपयोगी हुन्छ।

– तुलसीको पत्ताको तेलमा युजीनोल, मिथाइल युजेनल र क्यारियोफिलिन पाइन्छ । जसबाट पेन्क्रियाटिक बिटा सेल्सले राम्ररी काम गर्छ । यसको कारणले शरीरमा इन्सुलिनको मात्रा कायम रहन्छ र ब्लड सुगर पनि ठिक रहन्छ । यसले मधुमेह हुनबाट रोक्छ ।

(तुलसीमा एन्टी अक्सिडेन्ट र एन्टी कार्सिनोजेनिक गुण पाइन्छ । जसले स्तन क्यान्सर र मुखको क्यान्सर बढ्नबाट रोक्छ ।

– किड्नीको पत्थरी हटाउनका लागि बिहान तुलसीको रसमा मह मिलाएर पिउनुस् । ६ महिनासम्म यसरी पिउँदा किड्नीको पत्थरी मात्रै हट्दैन, यसबाट हुने दुखाइमा पनि आराम मिल्छ ।

(सासको दुर्गन्ध हटाउन पनि तुलसीको पत्ता सहयोगी हुन्छ। प्राकृतिक भएको कारणले यसको कुनै साइड इफेक्ट पनि हुँदैन । यदि मुखबाट गन्ध आइरहेको छ भने तुलसीको केही पत्ता चपाउनुहोस् । तुरुन्तै गन्ध हटेर बास्ना आउन थाल्छ ।

– तुलसीको पत्ताको दुईदुई थोपा रस १४ दिनसम्म आँखामा हाल्दा रतन्धो ठिक हुन्छ । आँखाको पहेँलोपन पनि कि हुन्छ । तुलसीको पत्ताको रस गाजल जसरी आँखामा लगाउँदा आँखाको ज्योति बढ्छ ।

(सबै प्रकारको ज्वरोलाई जरैदेखि निर्मूल गर्न तुलसी प्रभावकारी हुन्छ । २० तुलसीको पत्ता र १० वटा मरिच मिलाएर बनाएको काँडालाई पिउँदा पुरानोभन्दा पुरानो ज्वरो पनि छुमन्तर हुन्छ । पारासिटामोल र एन्टिबायोटिक्स लिनैपर्दैन ।

– कुनै पनि प्रकारको छालाको रोगलाई तुलसीले सजिलै ठिक पार्छ । तुलसी घोटेर प्रभावित ठाउँमा लगाउँदा छालाको रोग निर्मूल हुन्छ । तुलसीको पत्ताको रस रातमा अनुहारमा राम्ररी लगाउँदा डण्डीफोरबाट छुट्कारा मिल्छ।-अनलाइनखबर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

गुर्जो सेवन गर्ने विधि, फाइदा र नोक्सानको बारेमा जानकारी लिनुहोस

मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

प्रदेश नम्बर १ लोकसेवा आयोगले छुट्टै लोगो प्रयोगमा ल्याउने, उत्कृष्ट डिजाइनरलाई...

काठमाडौँ – प्रदेश लोक सेवा आयोग विराटनगरले छुट्टै लोगो निर्माण गरी प्रयोगमा ल्याउने भएको छ । आयोगले लोगो डिजाइन गरी पेस गर्न बुधबार सार्वजनिक सूचना...

दिउँसो सुत्ने बानी स्वास्थको लागि राम्रो की नराम्रो? यस्तो सम्म हुन्छ...

को’रोना भ’य र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम...

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया