Sunday, September 27, 2020

दार्चुलाका युवकलाई ब्लड क्यान्सर, उपचारका लागि सहयोगको अपिल, बचाउ अभियान थालियो

- Advertisement -

महेन्द्रनगर १२ भदौ । दार्चुलाका २४ वर्षीय युवकलाई ब्लड क्यान्सर भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ४ का २४ वर्षीय दिपेन्द्र पाललाई ब्लड क्यान्सर भएपछि काठमाडौँमा उपचार भईरहेको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा व्यवस्थापन संकाय चौथो वर्षमा पढ्दै आएका पाललाई स्वास्थ्यमा समस्या देखिएपछि महाकाली अस्पताल भर्ना गरिएको थियो । महाकाली अस्पतालले उनलाई धनगढी रेफर गरेको थियो ।

धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा ब्लड क्यान्सर भएको भन्दै काठमाडौँ रेफर गरेको थियो । उनका दाजु मिन पालले अहिले काठमाडौँको सिभिल अस्पतालमा उपचार भईरहेको बताए ।

तर उपचारमा आर्थिक अभाव भएकाले सहयोगका लागि सबैसँग याचना गरिएको छ । उनले अस्पतालले भाईको ब्लड क्यान्सरको उपचारका लागि झण्डै ९ लाख र वनम्यारो प्रत्यारोपण गर्न १२ देखि १६ लाख सम्म बजेट आवश्यक पर्ने बताएको जनाए ।

तर त्यती ठुलो रकम व्यवस्थापन गर्न नसक्ने भएकाले उपचारमा समस्या हुने देखिएपछि सहयोगका लागि अपिल गरेका छन् । सहयोग गर्न चाहाने व्यक्तिले उनको मोवाईल नम्बर ९८६८७२२२०६, ९८६२४२५१३२ मा सम्पर्क गर्न सक्नेछन्।

यस्तै पालकी सहोदर बहिनी जानकीको लक्ष्मी बैँक लिमिटेड लेकमको खाता नं.०९०२३००५०१४ मा आवश्यक सहयोग राशी जम्मा गर्न सकिनेछ ।

त्यस्तै लेकमका स्थानीय अनिल परियारले सहयोग रकम संकलनका लागि अभियान थालेका छन् । उपचारका लागि ठुलो रकम आवश्यक परेकाले दिपेन्द्र पाल बचाउ अभियान थालिएको उनले बताए । साथै उनले सक्दो सहयोगका लागि सबैलाई आग्रह गरेका छन् ।

सहयोग अपीलका लागि भिडियो

Blood cancer र Bone marrow बाट पिडित श्रि दिपेन्द्र पाल सबैले साथ र सहयाेग गरिदिनु हाेला ।सम्पर्कका लागि 9868722206 याे जतिले हेेर्दै हुनुहुन्छ सबैले सक्दाे सेयर गरिदिनु हाेला

Posted by Anil Pariyar Nanu on Sunday, August 23, 2020

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल,तपाइँको कस्तो छ,ढिलो चाडो...

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु...

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह...

पठनपाठनको वैकल्पिक विधि छनोटमा अलमल

सुदूरपश्चिम, ११ असोज (रासस) ःकोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल...

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर चयन भएका छन् । जिल्लाका अगुवा महिलाको भेलाले मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको कार्य...

कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३...

यि ६ संकेत तपाईंको सम्बन्ध ‘डेन्जर जोन’मा छ

प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने छैन । यद्यपि हामीकहाँ प्रेमलाई नै विवाहको पहिलो खुड्किलो मानिन्छ । अर्थात प्रेम त्यसबेला सफल मानिन्छ, जब त्यो विवाहमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया