सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

करोड क्लबमा ‘काजल’, दर्शकलाई धन्यवाद

१ महिना २२ दिन अघि सार्वजनिक भएको ‘काजल’ बोलको गीत करोड पटक हेरिएको छ । लोकप्रिय गायक तथा मोडल चक्र बमले तयार पारेको गीत निकै लोक प्रिय बनेको थियो । यो गीत डेढ महिना बढिको अवधिमै १ करोड भ्युअर्स कमाउन सफल भएको हो ।

गीतको भिडियोमा चर्चित टिकटक स्टार गीता ढुंगाना र चक्र नै फिचर्ड छन् । गायक बमको स्वर, शव्द तथा संगीत रहेको यो गीतलाई युट्युबमा एक लाख ७ हजार बढि लाईक गरेका छन् भने करिव ५ हजारले डिस लाईक गरेका छन् ।

Sana Kishan

यो गीतमा करिव ६ हजार बढि आएक प्रतिक्रिया मध्ये अधिकांश प्रतिक्रिया सकरात्मक छन् । ‘सुदुरपश्चिको भाषा राखेर भारतको कुमाउ–गडवाल शैलीमा तयार गरिएको यो गीत कतिपय तरिकाले भेगिय गीत भनेर पनि बुझिन्छ । तर गीत संगीतको कुनै सिमा हुदैन भने जस्तै आज हरेक किसिमका आ–आफ्नै छुट्टै फ्लेवरका गीत सुन्ने दर्शक स्रोताले सकारात्मक प्रतिक्रियाका साथ यो सृजनालाइ सोचे भन्दा बढि मन पराइदिनु भएको छ ।’ गायक चक्र बलमे गीत करोड क्लबमा पुगेको खुसी साँट्दै सामाजिक सञ्जालमा लेखेका छन् ‘आफ्नो गीतका बारेमा आफै धेरै चर्चा गर्यो भनेर नबुझ्नुहोला, मैले खुसि ब्यक्त गरिरहेको छु । उनले अगाडी लेखेका छन् ‘यो गीतको एउटा पक्षसंग मात्र नभै शब्द, संगीत गायक र अभिनय गर्ने सबैको खुसी जोड्दा आफु नै हकदार हुँदा यत्तिको खुसि हुनु त स्वभाविक पनि होनि है ? त्यसैले अलि बढी खुसि भएको छु । मेरो हरेक कामलाइ मन पराएर हौसला दिने र म मा उर्जा थपिरहनु हुने सम्पुर्ण दर्शक तथा स्रोतालाइ धन्यवाद ।

World Link Ads
Mahakali Polytechnic
Dirghayu Ads

https://www.facebook.com/photo.php?fbid=3230076523742687&set=a.139488362801534&type=3

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.