Saturday, September 26, 2020

लकडाउनमा समस्यामा परेका विपन्न नागरिकलाई पोषिलो खाना खुवाउदै माईती नेपाल

- Advertisement -


कञ्चनपुर, ११ भदौँ
लकडाउनका समयमा संकटमा परेका १४ हजार बढी नागरिकलाई पोषिलो खाना खुवाईएको छ । माईती नेपालले कञ्चनपुरका १४ हजार ४४ जना नागरिकलाई पोषिलो खाना खुवाएको हो ।
माइती नेपाल कञ्चनपुरले अति विपन्न परिवारका लागि सामुदायिक भान्सा अभियान संचालन गरेर लकडाउनका कारण समस्यामा परेका गर्भवति महिला, जेष्ठ नागरिक, बालबालिकालाई खाना खुवाएको जनाएको छ । माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले लकडाउनका कारण दैनिक ज्यालादारी, मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका समस्यामा परेका परिवारका लागि सामुदायिक रुपमा खाना खुवाउने अभियान संचालन गरेर खाना खुवाईएको बताईन् ।

संयोजक भट्टले कञ्चनपुरका पाँच स्थानीय तहमा रहेका अति विपन्न परिवारलाई खाना खुवाईएको बताईन् । संयोजक भट्टका अनुसार भीमदत्त नगरपालिका १० हजार, ५ सय ४०, महाकाली नगरपालिका ८ सय १२, बेदकोट नगरपालिका ४ सय ५६, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाँउपालिकामा रहेका आरक्षपीडित शिबिरका २ हजार १ सय ४८ जनालार्इै खान खुवाईएको छ । सबैभन्दा बढि भीमदत्त नगरपालिका १८ सालघारी सुकुमबासी बस्तीमा ७ हजार ९४ जनालाई खाना खुवाईएको छ । भात, दाल, साग हरियो तरकारी, सलाद, शुद्ध खानेपानी र फलफुल सहितको खानाको प्याकेज खुवाईएको थियो ।

हजार ३ सय ६३ किशोरी, ३ हजार ६१ किशोर, ६ हजार ३ सय ७८ महिला र १ सय ५४ जना पुरुषलाई खाना खुवाईएको थियो ।
६ हजार ८ सय ९९ दतिल, ४ हजार ४ सय २३ जनजाति, १ हजार ७ सय ७ क्षेत्री, ५ सय १९ ब्रम्हमण, २ सय ४५ ठकुरी, १ सय ४८ मुसहर लगायत बाँकी अन्य सामुदायले अभियानबाट लाभ लिएका छन् ।
‘लकडाउन र पछिको समयमा ५६ दिनसम्म अतिविपन्न परिवारका महिला, बालबालिका, असाह्य, वृद्ध तथा एकल महिलालाई एकछाक पोषिलो खाना खुवाएका छौँ, ‘संयोजक भट्टले भनिन, ‘हाम्रो मुल उदेश्य समस्यामा परेकालाई एक छाक भएपनि पौष्टिक आहारा खुवाउने थियो ।’

समस्यामा परेको बस्तीमा सातदिनसम्म पनि निरन्तर खाना खुवाएको उनले बताईन् । ‘आर्थिक अवस्था कमजोर भएका र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवारलाई बढि प्राथमिकतामा राखेर अभियान संचालन गरेका छौँ, ‘उनले भने, ‘अभियानमा स्थानीय सरकार लगायत सरकारी निकायले सहयोग गरेका छन् ।’ कोरोना रोगसंग लड्नका लागि पनि पोषिलो खाना खुवाउने अभियान थालिएको संयोजक भट्टले बताईन् ।
‘धेरैजसो क्षेत्रमा लकडाउनका कारण मजदुर विपन्न नागरिकलाई साँझ बिहानको छाक र्टान समस्या परेको थियो’ संयोजक भट्टले भनिन, ‘संकटका बेला हामीले खुवाउने एकछाक पोषिलो खानाले पनि उहाँहरुलाई धेरै ठूलो सहयोग गर्ने हामीले आशा गरेका छौ ।’

माईती नेपाल कञ्चनपुरको बिहीबार उक्त अभियान भीमदत्त नगरपालिका १८सालघारीमा पुगेर समापन गरिएको छ । समापनको दिन ८८ जना विपन्न समुदायका महिलालाई खाना खुवाईएको छ । । पोषिलो खाना पाएसँगै खुशी भएका स्थानीयले हर्ष व्यक्त गरेका छन् । माईती नेपाल कञ्चनपुरको अभियान साँच्चिकै विवाह गरेकी छोरी माईती घर जाँदा जति स्वागत र मिठो मसिनो भोजन खुवाईन्छ, उस्तै तरिकारले लकडाउनमा समस्यामा परेका महिला र बालबालिकालाई खुवाएको अनुभव पोखेका छन् । स्थानीयले अझैपनि कार्यक्रम संचालनमा जोडदिएका छन् ।
स्थानीय तहले पनि माईती नेपाल कञ्चनपुरको अभियान सरानिय भएको बताएका छन् । भीमदत्त नगरका उप प्रमुख शुशिला चन्द९सिह०ले बन्दाबन्दीका कारण मारमा रहेका महिला तथा बालबालिकालाई पोषिलो खाना वितरण कार्य राम्रो भएको बताईन् ।

उपमेयर सिहले सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन गरेको बताउदै त्यसको प्रत्यक्ष मारमा दैनक ज्यादारी, मजदूरी गर्ने परिवार परेकाले यस्तो अभियानले उनीहरुलाई सहयोग पुगेको बताईन् । एक छाक भएपनि संकटमा परेका परिवारका लागि ठुलो राहत पुगेको उप प्रमुख सिहले बताईन् । कोरोना भाइरस अन्य रोग र विपत्ती जस्तो नभएकाले बताउदै यसबाट जोखिन सबैले भौतिक दूरी र सुरक्षाका उपायहरु अवलम्वन गर्नु पर्नेमा सुझाव दिईन् । माईती नेपाल कञ्चनपुरले यस्ता समाजिक कार्यक्तम आगामी दिनमा पनि निरन्तरता दिईने जनाएको छ । माईती नेपाल कोरोना भन्दा अघि चेलिबेटी बेचबिखन तथा ओसापोसार बिरुद्ध सीमा क्षर्ेत्रमा खटिएर निरन्तर निगरानी एव रोकथामका लागि कार्य गर्दै आएको यस पटक कोरोना कहरले खाना पकाउने वितरणमा जुटेकोछ । पहिलाद रानाले यो खबर लेखेका हुन ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

दार्चुला — ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५०...

कृष्णपुरको वाणिमा ६ कोठे विद्यालय भवन उद्घाटन

नरेश गिरी कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा रहेको सरस्वती माविमा ६ कोठे पक्की भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीको...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

विद्यार्थी र शिक्षकका लागि यसरी लिनुहोस् टेलिकमको ह्याप्पी लर्निङ प्याक

काठमाडौं। नेपाल टेलिकमले देशैभरका विद्यार्थी र शिक्षकका लागि ह्याप्पी लर्निङ प्याक सञ्चालन गरिरहेको छ । यो प्याक टुजी, थ्रीजी र फोरजी गरी सबै नेटवर्कमा...

युवतीहरु विवाहपछि मोटाउनुको खास कारण यस्तो छ !

दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको...

विवाहपछि धेरैजसो महिलालाई हुन्छ यी ५ कुराको पछुतो

यसमा धेरै जसो महिला यस्ता हुन्छन्, जसले पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ।...

नयाँ मन्त्री बन्नेको भिडः बालुवाटार र खुमलटारमा – यी नेता बन्दैछन्...

काठमाडौं( मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी...

प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्‍न किन जान थाल्‍यो झ्याप्प–झ्याप्प बत्ती ?

प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्‍न ( कुलमान बिदा हुने वित्तिकै किन जान थाल्‍यो झ्याप्प–झ्याप्प बत्ती ? काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया