Friday, October 2, 2020

पिताजी…….

- Advertisement -
पिताजी स्रष्टा हुन् अनुभव नयाँ जीवन दिने
प्रभा ज्योत्स्ना छर्ने हर दिन पिता साथ रहने ।
पिता नै हुन् ब्रह्मा जनक शिव वा राम पनि हुन्
पिता मात्रै सच्चा अवनितलका घाम पनि हुन् ।।१
पिता आफैं बाबा हर सकसमा रक्षक पनि
पिता ज्ञानी धेरै मधु वचनका शिक्षक धनी ।
सबै छोराछोरी असल घरका पालक उनै
https://youtu.be/6vPeMdho7lU
मिठो अर्ती छर्ने सफल घरका चालक झनै ।।२
सिकाए बाबाले खुरुखुरु यहाँ चल्न सजिलै
बुझाए बाबाले झलमल जहाँ बल्न सजिलै ।
पिताकै मायाले गणित कखरा टिप्न सकियो
पिताकै छायाले किरण सविता बल्दछ दियो ।।३
छु पाएको वाणी प्रकटित पिताको मदतमा
छु जानेको मैले प्रमुदित पिताका चरणमा
चिनेको हो मैले गुरुवर पिताको भर परी
बढेको हो साँच्चै प्रतिदिन सुधाका रस पिई ।।४
पिताजी आमाका प्रियतमसँगै रक्षक पनि
पिता नै हुन् याैटा कुसल शिशुका दीक्षक पनि ।
पिता हुन् धर्तीका थरि थरि दिने सीप अगुवा
सधैं माया गर्ने विमल दिलका ईश्वर बुवा ।।५
भयो गल्ती भन्दा दकस छ पिताकै डर हुने
बिचल्लीमा पर्दा मजबुत पिताकै भर हुने ।
गरे केही राम्रो सुखद छ पिता खोज्न सकिने
https://youtu.be/sd5cs4Y8Ay0
लगाएमा धब्बा विचलित पिता चिन्तित हुने ।।६
पिता नै द्याैता हुन् यस भुवनका दिव्य तपसी
अँध्यारो नै हुन्थ्यो धवलित प्रभा साथ नबसी ।
बगाए बाबाले कति कति यहाँ भेल पसिना
दिवा गर्मी धेरै अझ झनबढी रात असिना ।।७
पिता चण्डी गीता मुखरित कथा वेद पनि हुन्
बिरामीमा आफैं कुसल सजिला वैद्य पनि झन् ।
पिताका बारेमा अलिकति गरेकोे कनिकुथी
क्षमा गर्नू होला शिशु कलम काँचो नव बुझी ।।८
छन्द : शिखरिणी
https://youtu.be/L-WwJcF6zbM
✍️
प्रेम प्रकाश कलाैनी
शिवनाथ -२ पाैखर,बैतडी
मिति : २०७७/०५/११ गते
प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

फेसबुकमा च्यालेन्ज गर्नेलाई च्यालेन्ज !

 मिलन तिमिल्सिना अरु देश कोरोनाविरुद्धको खोप बनाउने च्यालेन्ज गर्दैछन् । जन्मेदेखि नै बहादुर उपमा पाएका हामी नेपालीलाई किन चाहियो खोप ? गुर्जो, हर्रो, बर्रो,...

विदेशभन्दा गाउँमै बढी आम्दानी

  धादिङ- मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । मध्यधादिङस्थित साङ्कोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर...

जानि राख्नुस् यस्ता महत्वपुर्ण प्रेरणादायी भनाइ

खप्तड बाबाले भनेका छन्, ‘सफलताको लागि तीन कुराको आवश्यक हुन्छ– लगाव, निरन्तर प्रयास र ढृढ संकल्प ।’ सफलता(असफलताका विषयमा मात्र होइन, जीवनका अरु आयमिक...

आयुर्वेद भनेको के हो र यसको महत्व देवराज पुरुष

आयुर्वेदको अनुसार सबै यो संसारमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जराहरूमा औषधीय गुण हुन्छ । यसै अनुसार आयुर्वेदले शरीरलाई पूरै रूपमा उपचार गर्छ...

कोरोनाले संसार हिलाइ दियो : दिपकराज बडु

कोरोनाले सबकि दुख सन्सार हिलाइ दियो। सोचेको सपना सबै मट्टि मिलाइदियो।। किस्तामा गाडि छ दाइकि इन्जन खियालाग्यो। कसेर तिर्नु हो कर्जा चोट त हिया लाग्यो।। भाइले ठुलो होटल...

गर्भावस्थाको जोखिम: ख्याल राख्नुपर्ने केही कुरा

डा.बालकृष्ण साह कोरोना भाइरस अनियन्त्रित फैलिएसँगै गर्भवती एवं सुत्केरीहरु बढी जोखिममा परेका छन् । गर्भावस्थामा नियमित अस्पताल धाउनुपर्ने, स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । त्यसैगरी प्रसुती...

नेपालकै कान्छी उपाध्यक्ष भन्छिन,( कमाउने मान्छे राजनीतिमा नआउ

काठमाडौं । नेपालकै सबैभन्दा कान्छी उमेरकी गाउँपालिका उपाध्यक्ष हुन सिन्धुपाल्चोक,जुगल गाउंँपालिकाका उपाध्यक्ष सिर्जना तामाङ् । सानैदेखि बहुप्रतिभाशाली उनी पढाइमा समेत उत्तिकै अब्बल थिइन् ।...

“भो व्रत नबस्नु तिमी“ : (कविता)

तिमीलाइ के भनु म , फेरि पनि समयले, मौका दिएको छ घुम्दै तिम्रो नजिक ,तिज लिएको छ हौसी हौसी नाँच्न ,कम्मर नकस्नु तिमी उसै त पातली छौ ,भो...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया