Wednesday, September 30, 2020

कालिन्चोक भगवती माताको दर्शन गर्दै तपाइँको राशिफल पढ्नुहोस्, र भेटी स्वरूप ॐ लेखी एक सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ

- Advertisement -

राशिफल
कालिन्चोक भगवती माताको दर्शन गर्दै तपाइँको राशिफल पढ्नुहोस्, र भेटी स्वरूप ॐ लेखी एक सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ । आजको पन्चाङ्गः

वि.सं.२०७७ साल भाद्र ११ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–नवमी,१६ घडी ५५ पला,दिउसो १२ बजेर २६ मिनेट उप्रान्त दशमी । नक्षत्र– ज्येष्ठा,२६ घडी ५० पला,बेलुकी ०४ बजेर २४ मिनेट उप्रान्त मूल । योग–विष्कुम्भ,४० घडी ५३ पला,बेलुकी १० बजेर ०१ मिनेट उप्रान्त प्रिती । करण–कौलव,दिउसो १२ बजेर २६ मिनेट उप्रान्त तैतिल,बेलुकी ११ बजेर ३६ मिनेट उप्रान्त गर । आनन्दादिमा–काल योग । चन्द्रराशि–बृश्चिक,बेलुकी ०४ बजेर २४ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय ०५ बजेर ४० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २८ मिनेट । दिनमान ३१ घडी ५८ पला । अदुःख नवमी । हेर्नुहोस् आजको राशिफलः

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दिनभरि संघर्ष गर्नुपरे पनि साँझतिर सहयोगीहरूले साथ दिनेछन् र भाग्यले अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा समेत कमाउने बेला छ। भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ । साझबाट समय राम्रो रहेकोले धर्मकर्ममा मन जानेछ ।तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ। परिस्थितिले चुनौती निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। तर आकस्मिक वादविवादले परिस्थिति बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। साँझतिर साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।माया प्रेममा अबिस्वास बढ्ने तथा बिपरित लिङगदेखि टाडै रहनुहोला । पढाई लेखाईमा खर्चिएको समय कम हुँने हुँनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । व्यावसायिक तथा पर्यटकिय यात्रा गर्न सकिने भएपनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला ।नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आजको कामले दिगो फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। व्यापारको बहानामा रमाइलो यात्रा हुनेछ। पुराना समस्या आफै हल भएर जानेछ भने ऋण रोगबाट छुटकरा पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि राख्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । आम्दानि भन्दा खर्च कम हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । स्रोतसाधन जुट्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मतले काम लिँदा फाइदा पनि हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी अर्थात् द्रव्य भित्र्याउने समय छ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्ति रहनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तापनि आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। साँझतिर द्वेष तथा ईर्ष्या गर्नेहरूले व्यर्थैमा दुःख दिनेछन्। माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा मात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे लाभ लिन सकिनेछ । महत्वपुण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । साझबाट समय राम्रो रहेकोले भौतिक सम्पती तथा उपाहार प्राप्तीको योग रहेकोछ । हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनेछ। पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। दिगो योजनाका साथ अघि बढ्दा राम्रै लाभ मिल्नेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) रोकिएका कामहरु बन्ने तथा नया काम सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले उत्तम काम गर्न सकिनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। साँझदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। नयाँ काममा हात हाल्न केही समय लाग्नेछ। पहिलेको कामलाई निरन्तरता दिन सकिनेछ। समस्या समाधानका लागि चालिएका कदमबाट परिणाममुखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानि हुनेछ । छोटो दुरिको उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ । साझको समय मध्ययम रहेकोले आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) उद्योग र व्यापारमा फाइदा हुनेछ। साँझतिर प्रतिस्पर्धीहरूले दुःख दिन सक्छन्। विशेष योजना गोप्य राख्नुहोला। केही विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ने हुन सक्छ। पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ । अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । साथीभाइसँग अलि सन्तुलित व्यवहार गर्नुहोला। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। मिहिनेतले नियमित काम सम्पादन हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि जुट्नुपरे पनि साँझतिर विशेष फाइदा उठाउन सकिनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट लाभ हुनेछ। समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचना सहनु पर्नेछ । व्यापारमा भनेजस्तो नहुँदा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुख पाईनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला समस्या बल्झन सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ भने पति पत्निबिचको सम्बन्धमा दरार आउँन सक्छ । साझबाट समय राम्रोे रहेकोले पारिवारिक माहोलामा दिन बित्ने योग रहेकोछ । सम्भावना देखिए पनि उपलब्धि हातपार्न समय लाग्नेछ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अरूको विश्वास गर्दा धोका हुन सक्छ। अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला। प्रयत्न गर्दा लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनेछ भने मिहिनेतले आत्मविश्वास बढ्नेछ। यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । साझबाट जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । पारिवारिक जमघटले मनमा आनन्द प्राप्त हुनेछ। स्वास्थ्यका लागि खानपान र व्यायाममा ध्यान दिनुहोला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) रोकिएर बसेका तथा पुराना काम बन्नाले थप उत्साहित होईनेछ । पढाइ लेखाइमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। परिस्थितिवश फजुल खर्च बढ्नेछ। लगानीको रकम रोकिनेछ। तापनि मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन जुट्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । माया प्रेममा रमाउन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । पैत्रिक सम्पती तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । साझको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्रोत(साधन जुट्नाले कर्मको उचित प्रतिफल पाइनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। बुवा वा बुवा सरहका मानिसबाट आर्थिक सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिसँग रमाईलो स्थानको भ्रमण गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कामकै सवादमा समाजका बिशिष्ट व्याक्तित्वहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा मन जाने तथा रुचिको बिषयमा राम्रो प्रगति गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझदेखि आयस्रोत बढ्नेछन्।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मिहिनेतले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ जिम्मेवारी पनि प्राप्त हुनेछ। साँझतिर विवादास्पद काममा अलमलिनुपर्ला। बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी वहन गर्दै आफ्नो क्षेत्रको नेतृत्व लिने बेला छ।

राशिफलले जे जसो भनेपनी तपाईको दिन शुभ, शुखद र उत्कृस्ट बनोस हाम्रो तर्फबाट अनगिन्ती शुभकामना। आफुले पढ्इसकेपछी अरु पाठकको जानकारिका निम्ती सेयर गर्नुहोला। Info Nepal

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

जान्नुहोस् कुन उमेरका मानिसको तौल कति हुनुपर्छ ?

मेडिकल दुनियामा साधारणतः उमेर अनुसार तौल हुनुपर्छ भन्ने मान्यता छ ।जस्तो कि कुनै महिला ग र्भव ती छन् भने उनको पेटमा बढ्दै गरेको बच्चा...

तयार रहनुहोस् : अब यसरी हुँदैछ विद्यार्थी भाइबहिनीहरुको परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे...

यस्तो नाइटो भएका महिलाहरु हुन्छन् अत्यन्तै भाग्यमानी

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा...

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घटना...

यी हुन महिलाले पुरुषलाइ र पुरुषले महिलालाइ एकैछिनमा आकर्षण गर्ने एकदमै...

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष...

पुरुषका यी पाँच कुराबाट टाढा भाग्छन् महिला

यदि तपाईं पनि कुनै महिलालाई प्रपोज गर्ने सोच बनाइरहनुभएको छ र चाँडै नै ती महिलाको मन जित्न चाहनुहुन्छ भने त्योभन्दा पहिले यो खबर पढ्नुहोस्...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया