Tuesday, September 29, 2020

नेपालमै सर्वप्रथम बहुभाषिक डोट्याली भाषाको शब्दकोश निर्माण गरिदै

- Advertisement -

सुदूरपश्चिमका ९ वटै जिल्लामा मातृभाषाका रुपमा रहेको डोट्याली भाषाको बहुभाषिक शब्दकोश निर्माण पहिलो चोटी कंचनपुरमा गरिने भएको छ । महाकाली साहित्य संगम अन्तर्गतको डोट्याली भाषा विकास केन्द्र (विभाग)ले यस क्षेत्रका विभिन्न जिल्लामा रहेका ७ वटा भाषिकाहरुबाट शब्द संकलन २०७५ असार देखि गरि वृहत बहुभाषिक शब्दकोश निर्माण गर्न सम्पादनको कार्य थालनी गरेको हो ।

भाषा विकास केन्द्रका संयोजक बंशीधर जोशीका अनुसार डोट्याली भाषा अन्तर्गका भाषिकाहरु (डडेल्धुरेली, बझाँङ्गी, दार्चुलेली, बैतडेली, डोटेली, बाँजुरेली, अछामी) का ५ हजार शब्दहरु, शब्दभण्डारमा समाविष्ट गरेको छ । स्थानीय निकाय सँगको साझेदारी र समन्वयमा उक्त शब्दकोश निर्माण गर्न लागिएको हो ।

राष्ट्रकै ख्याती प्राप्त भाषाविद्हरुको सहयोगमा ५ वर्ष पहिले नै डोट्याली भाषाको आधारभूत व्याकरण तयार पारिसकेको र सोहीका आधारमा शब्दकोश निर्माण गर्न लागीएको संयोजक जोशीले वताएका छन् । पहिलो ड्राफ्ट तयार पारि शब्दकोशको सम्पादन कार्य भदौ ७ गते देखि धामाधम चलिरहेको छ ।

डोट्याली भाषा कोशको संरचना डोट्याली, फोनेमिक्स ट्रान्सक्रिप्सन, वोर्ड क्लास(पद वर्ग), अङग्रेजी र नेपाली भाषामा छुट्टा छुट्टै अर्थ उल्लेख गरिने छ । यसका साथै डोट्याली भाषाका पर्यायवाची शब्दहहरु समेत राखिने छन् ।

यसको निर्माणले डोट्याली भाषाको विकास र विस्तारमा टेवा पु¥याउनुका साथै स्थानिय स्तरमा डोट्याली भाषाको पाठ्यक्रम निर्माण हुने क्रममा रहेको परिपेक्ष्यमा सार्थक र अर्थपूर्ण हुने वताएका छन् । भाषा कार्यदलका एक सदस्य सुदूर पश्चिमाञ्चल विश्व विद्यालयका उपप्राध्यापक त्रिलोकदत्त तिवारीले डोट्याली भाषाको विश्वव्यापीकरण गर्न शब्दकोश महत्वपूर्ण योगदान रहने र निकट भविष्यमा यसलाई गुगल तथा ई फर्ममा समेत राखिने वताएका छन् । तिवारीले यस खालको शब्दकोश नेपालमै पहिलो भएको दावी समेत गरेका छन् ।

भाषा विकास केन्द्रले लकडाउन खुलेपश्चात पुनः परीक्षणका लागि स्थलग रुपमा भ्रमण गर्ने र अन्तिम प्रारुप प्रदान गर्ने जनाएको छ ।यो वर्षको अन्त्य सम्म प्रकाशनमा ल्याउने तयारी भैरहेको छ । भाषा डोट्याली बहुभाषिक शब्दकोष निमार्णकार्य दलमा बंशीधर जोशी संयोजक रहनु भएको छ भने सु.प.वि.का उप प्राध्यापक तृय अर्जुन सिंह नेगी, भुवेश्वरी वडु र त्रिलोकदत्त तिवारी यस्तै, हरि प्रसाद खतिवडा उप प्राध्यापक नेपाल सँस्कृत विश्वविद्यालय, खगेन्द्र नाथ वियोगी उप प्राध्यापक त्रिभुवन विश्वविद्यालयका रहनु भएको छ ।

अतिथि सम्पादनमा सु.प.वि का सह प्राध्यापक तथा परीक्षा नियन्त्रक देवसिंह नाथ, कृष्णसिंह सामन्त प्रमुख दार्चुला वहुमूखी क्याम्पस, मोहन सिंह साउद सह प्राध्यापक कैलाली बहुमूखी क्याम्पस र डा. हरिशचन्द्र भट्ट (विभाग प्रमुख मानविकी तथा सामाजिक शास्त्र विभाग सु.प.वि केन्द्रीय क्याम्पस ) रहनु भएको   छ ।

विगत लामो समय देखि तल्लीन रहेको अग्रणी साहित्यीक संस्थाले यहाँको डोट्याली भाषाको विकास र विस्तारमा अहोरात्र काम गर्दै आएको छ । विभिन्न साहित्यीक गतिविधिका सँगै भाषाको उत्थान र प्रबधनमा महत्वपूर्ण योगदाय पुरयाउदै आएको छ । प्रेम राज भट्टले एसुदुर दर्पणमा लेखेका छन !

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी तदर्थ समिति गठन

नरेश तिवारी  बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ। गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

दुई वर्षसम्म सुदूरपश्चिमको स्थायी राजधानी जंगलमै

भानुभक्त आचार्य कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत...

महासचिव विष्णु पौडेल मन्त्री बन्दै

काठमाडौं । सत्तारुढ दल नेकपा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेपछि नयाँ बन्ने मन्त्री र फालिने मन्त्री को–को पर्लान् ? सबैको चासो अहिले यसमै छ । त्यसमा...

यि हुन प्रचण्डले छानेका १० मन्त्रालय, ओली ९ मात्र दिने अडानमा

काठमाडौ रनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भए पनि मन्त्रालय मिलाउने क्रममा खटपट...

बिश्व रेबिज दिबसको अवसरमा नेल्टा कंचनपुरद्धारा एक दिने निशुल्क रेबिज सिबिर...

लालबहादुर एस के पुनर्वास- आईतबार १४ औ बिश्व रेबिज दिबस सुदूरपश्चिममा पनि मनाइएको छ । दिवसको अबसर पारेर नेपाल पशु स्वास्थ सेवा प्राबिधिक संघ...

हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल,तपाइँको कस्तो छ,ढिलो चाडो...

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया