Tuesday, September 29, 2020

नेपालमा पनि मानिसलाई लगाएर कोरोना खोपको परीक्षण सुरु गरिँदै

- Advertisement -

विभिन्न देशमा बनेका कोरोना भाइरसविरुद्धका खोप नेपालमा पनि मानिसलाई लगाएर परीक्षण सुरु गर्न लागिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विश्वमा अहिलेसम्म बनेकामध्ये तेस्रो चरणको परीक्षणमा पुगेका खोप नेपालका नागरिकमा पनि परीक्षण गर्न लागिएको हो।

सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसविरुद्ध बनेका भ्याक्सिनको ट्रायल नेपालमा पनि सुरु गर्न लागिएको जानकारी दिएका हुन्।

‘नेपालमा पनि भ्याक्सिनको पनि ट्रायल सुरु गर्न लागिएको छ,’ डा. गौतमले भने, ‘रेमडेसिभिर औषधि पनि ट्रायलका रूपमा प्रयोग सुरु गरिएको छ। कन्भालेसेन्ट प्लाज्मा पनि ट्रायलका रूपमा प्रयोग गरिएको छ।

कतिपयले कोरोना खोपको परीक्षण नेपालमा गर्न हुँदैन भनेर भ्रम छरिरहेको भन्दै त्यस्तो अफवाह नफैलाउन तथा नपत्याउन पनि उनले सचेत गराए।

‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को गाइडलाइनअनुसार विश्वव्यापी मान्यताका आधारमा स्वःस्फूर्त रूपमा अध्ययन, रिसर्च, ट्रायलमा सामेल हुन चाहनेहरूलाई मात्रै समावेश गरिने हुनाले यसमा भ्रम नपाल्नु हुन अनुराध गर्छाैं,’ डा. गौतमले भने।

यस विषयमा नेपालखबरले मंगलबार बिहान स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीसँग जिज्ञासा राख्दा विश्वमा विकास गरिएका खोपमध्ये तेस्रो चरणको परीक्षणमा पुगेका खोप नेपालमा पनि परीक्षण गर्न प्रक्रिया अघि बढाइएको जानकारी दिए।

‘सुरुमा चीनको होङ्सी कम्पनीले खोप उपलब्ध गराउने जानकारी आएको छ,’ डा. अधिकारीले भने, ‘जति पनि तेस्रो चरणको परीक्षणमा पुगेका छन्, ती खोप नेपालमा पनि परीक्षणका लागि प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई निर्देशन दिइसकेको छ।’

उनका अनुसार नेपालमा कोरोनाविरुद्ध खोपको परीक्षणका लागि आवश्यक प्रक्रियाको तयारी परिषदले गरिरहेको छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

यस्ता संकेतबाट थाहा पाइन्छ तपाईको गर्भमा छोरा छ कि छोरी भनेर

छोरा या छोरी दुवै समान हुन् । हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भपतनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण...

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

अब बाह्रैमास छाङरुमा बस्ने सशस्त्र प्रहरी

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि...

खानपानमा विशेष ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ: स्वास्थ्यमन्त्री ढकाल

काठमाण्डौ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहार(विहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताउनुभएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको...

जोखिम कायमै छ, तत्काल विद्यालय नखोलौंः शिक्षामन्त्री

असोज १०, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन...

सुदूरपश्चिमका कोरोना पुष्टी भएका तीन जनाको एकैदिन मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुरु ग¥यो अनलाइन परीक्षा

महेन्द्रनगरः कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ। मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला विश्वविद्यालयले भने यहाँ...

तयार रहनुहोस् : स्थगित परीक्षा सञ्चालनबारे यस्तो आयो त्रिविको पछिल्लो अपडेट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया