Wednesday, September 30, 2020

सुनले बनेको विश्वकै पहिलो होटल, कति छ एकरातको भाडा?

- Advertisement -

विश्वकै पहिलो सुनको होटल भियतनामको राजधानी हनोईमा खुलेको छ। उक्त होटलका दरवाजा, कप, टेबल, ढोका, बाथरुम, खाने भाडाकुँडा लगायत सबै कुरा सुनका रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। २ जुलाई अर्थात बिहिबार यो होटलको उद्घाटन गरिएको हो।

उक्त होटलको नाम डोल्से हनोई गोल्डन लेक राखिएको छ। होटलका गेट देखि चिया खाने कपसम्म सबे सुनका छन्। २५ तले उक्त होटल फाइभ स्टार होटल हो। होटलमा ४ सय कोठा छन्। होटलको बाहरी भित्तामा करिब ५४ हजार वर्ग फीट गोल्ड प्लेटेड टाइल्स लगाइएको समाचार एजेन्सी एपीले जनाएको छ।

होटल स्टाफको ड्रेस कोड रातो र सुनौलो राखिएको छ। होटल भित्र पस्ने मानिसलाई सुनौलो महसुस होस भनेर सबै कुरा सुनका बनाइएको। बाथरुम देखि नुहाउँने सबै सामानहरु सुनौलो छन।

बेडरुममा फर्निचरका सबै सामान सुनौला राखिएको छ। छतमा इन्फिनिटी पूल बनाइएको छ। जहाँबाट हनोई शहरको रौनक दृश्य हेर्न पाइन्छ। उक्त होटलको निर्माणकार्य सन् २००९ मा शुरू गरिएको थियो। निर्माण कार्य सम्पन्न हुन करिब २ सय मिलियन डलर खर्च गरिएको थियो।

सुनौलो रंगले मानिसलाई तनाव कम गर्न मद्दत पुयाउँने र आनन्द दिलाउँने हुनाले सुनौलो होटल बनाइएको होटेल व्यवस्थापनले जनाएको छ। होटल विभिन्न प्रकारका रुम राखिएका छन् । मानिसहरुले आफ्नो रोजाइले कोठा छान्न सक्दछन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

चन्द्रमाको सतहमा पहिलो पटक महिला पुग्ने योजना सार्वजनिक

काठमाण्डौ -अबको चार वर्षपछि पहिलो पटक चन्द्रमाको सतहमा महिला पुग्ने संभावना देखिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२४ मा चन्द्रमामा जाने औपचारिक रुपरेखा...

मलेसियामा ज्यान गुमाउने श्रमिकका परिवारलाई बाँचुन्जेल तलब

काठमाडौं, असोज ९ अब मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीका परिवारले बाँचुन्जेल तलब पाउने भएका छन्। मलेसिया सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सबै नेपाली श्रमिकलाई समेट्ने...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

नेपालका हर्कबहादर, जसले देखाउँदैछन् विश्वलाई ‘आइपीएल’

कैलालीः शनिबार देखि १३औँ इन्डियन प्रिमियर लिग(आइपिएल) सुरु भइसकेको छ। कोरोना महामारीका कारण यसपटकको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया