सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालकै कान्छी उपाध्यक्ष भन्छिन,( कमाउने मान्छे राजनीतिमा नआउ

काठमाडौं । नेपालकै सबैभन्दा कान्छी उमेरकी गाउँपालिका उपाध्यक्ष हुन सिन्धुपाल्चोक,जुगल गाउंँपालिकाका उपाध्यक्ष सिर्जना तामाङ् । सानैदेखि बहुप्रतिभाशाली उनी पढाइमा समेत उत्तिकै अब्बल थिइन् । त्यतिमात्रै होइन उनी सानैदेखि राजनीतिक क्रियाकलापमा सक्रिय रहन्थिन । जुगल गाउंँपालिकाको जनताको मनमुटुमा बस्न सफल उनले तात्कालिन नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट स्थानीय तहको निर्वाचनमा पनि भारी मतले जितिन ।

झण्डै ३ बर्षको वितिसक्दा उनले स्थानीय गाउँपालिकामा रहेर थप अनुभव प्राप्त गरेकी छिन । तर उनमा पछिल्लो राजनीति गतिविधि देखेर चिन्ता लागेको छ उनीमात्रै हैन आम युवाहरूले पोल्टिक्स इज डर्टी गेम भन्दा उनी निरास छन् । यी र यस्तै अहिलेको राजनीतिक परिवेष उनका अनुभव र भावी योजनाका बारेमा सुनौलो नेपाल डट कमका लागी सन्तोष निरौलाले तामाङसंँग गरेको कुराकानीको संपादित अंश ।

तपाई नेपालकै कान्छी पालिकाको उपाध्यक्ष बन्न सफल बन्नुभयो । यो कसरी सम्भव भयो ? म सानैदेखि मेरो गाउंँपालिकाको हरेक कार्यक्रममा सहभागी हुन्थे । बिशेषगरी महिलाले भोगेका समस्याबारे म चनाखो हुन्थें । र उनीहरुले भोगेका दुःख, महिला हिंसा कसरी न्यूनिकरण गर्ने भन्ने बारेमा चिन्ता पनि थियो । अर्कोकुरा म ०६२, ०६३को आन्दोलन देखिनै एमाले पार्टीप्रति सद्भाव थियो सानैभएपनि राजनीतिक गतिविधि नियाल्ने कोशिश गर्थे । ततपश्चात म जिल्लााको पार्टीको विभिन्न तह र तप्कामा काम गर्ने मौका पनि पाएंँ । साथै सामाजिक संस्थामा पनि आवद्ध रहंँदै आएको थिएां । कुनैपनि क्षेत्रफलमा सफलता पाउनु आफ्नो निरन्तर त्याग र समर्पण पनि हो । जसले गर्दा मैले पहिला पार्टीको विश्वास जित्न सफल भएंँ आखिर मैले जनताको विश्वास पनि जितें फलस्वरुप म जुगल गाउंँपालिकाको उपाध्यक्ष बन्न सफल भएंँजस्तो लाग्छ ।

World Link Ads
Mahakali Polytechnic

तपाई जत्तिको महिला अन्य क्षेत्रतिर पनि लाग्न सक्नुहुन्थ्यो किन राजनीतिनै रोज्नु भयो । म सानैदेखि आफ्नो गाउंँको परिवर्तन गर्न चाहन्थे । यस्तो पिछडिएको गाउंँलाई परिवर्तन गर्नु चानेचुने कुरापनि थिएन । अर्कोकुरा हाम्रो समाज अझैपनि पुरातनवादी र कुप्रथाले जकडिएको छ । तर ममा दृढ विश्वास थियो, । म जसरी पनि परिर्वतन गराएरै छोड्ने मेरो अठोट थियो । विश्वमा आधा आकाश ढाकेको महिलाहरु अझैपनि नेतृत्व तहमा न्यून उपस्थिति देखेर मन भतभती पोल्थ्यो । सो क्रममा त्यतिबेला मैले विश्वमा महिलाको सहभागिता भन्ने पुस्तक पढ्ने मौका मिल्यो । जुन कितावमा जम्मा विश्वमा १६ प्रतिशत महिलाको मात्र सहभागिता छ भन्ने थाहापाएपछि । मलाई झन राजनीतिमा जाने प्रेरणा मिल्यो । आखिर हाम्रो देशको हरेक क्षेत्र राजनीतिमा भर पर्छ । परिवर्तनको लागि राजनीति रोज्नुको विकल्प अरु थिएन । राजनीति मोहकै कारण म यस क्षेत्रमा आकर्षित भएंँ । जसबाट म केहीहदसम्म सफल भएको छु भन्ने लाग्छ ।

Dirghayu Ads

राजनीति त फोहोरी गेम भन्छन नि यसमा तपाईको धारणा के छ ? राजनीतिमा आफैमा फोहरी गेम होइन । जसले यसलाई दुरुपयोग गर्छ र आफ्नो सिद्धान्त र एजेण्डा मिचेर बाहिर जान्छ त्यो व्यक्ति फोहोरी हो । नेपालको राजनीतिमा पनि हरेक दलका सिद्धान्त ,एजेण्डा राम्रा छन तर नेतृत्व खतम छ । उनीहरुले राजनीतिलाई भर्याङ् बनाएका छन । मागी खाने भांँडो बनाएका छन । जसका कारण जनताको विश्वास गुम्दै गएको छ । त्यसैले म भन्छु पोलिटिक्स इज नट अ डर्टी गेम । अहिले हरेक स्थानीय तहमा जनप्रतिनिधिले जनताका काम राम्रोसांग गर्न नसकेको आरोप छ ।

Sana Kishan

तपाई उपाध्यक्ष भएर आउंँदे गर्दा जनताको आशा र अपेक्षा कसरी पुरा गर्दै आउनु भएको छ? के जनता तपाईको कामबाट सन्तुष्ट छन ? मेरो गाउंँपालिकामा पनि काम गर्न चुनौति त हुन्छ नै । तर मैले चुनौतिबाट पन्छिन मिल्दैन । तर अधिकांश कुरा गाउँपालिकाको अध्यक्षको कार्यशैलीमा पनि भर पर्दछ । जनताले अझैपनि यो कुरा बुझ्न सकेका छैनन। अध्यक्ष र उपाध्यक्षलाई एउटै डोकोमा राखेर हेर्ने गरिएको छ । जसका कारण आफूले चाहेर पनि कतिपय काम गर्न सकिदैन । तर मलाई विश्वास छ मेरो काम कर्तव्य , अधिकार र जिम्मेवारीमा रहेर आफ्नो भूमिका निर्वाह गरेकी छु ।

तपाईको आगामी राजनीति यात्रामा कसरी लैजाने योजना छ ? भविष्यमा पनि जनताको मन जित्ने आधार के ? मेरो यो शुरुवाती क्षण हो । अझपनि मैले मेरो जीवनमा थुप्रै काम गर्न बांँकी छ । अहिले म जनताको कामलाईने प्राथमिकता दिएर अघि बढ्छु । भष्टा्रचारको चंगुलमा म फस्नु हुदैन । २४सै घण्टा मैले जनताको सेवा गर्न तयार हुन्छु , आगामी निर्वाचन मैले स्थानीय वा संघीय निर्वाचनको नेतृत्व तहमा मैले जित्नुपर्छ भन्ने अठोट गरेको छु । त्यसैले मैले अरु कुरा मैले सोचेकी छैन । म अनवरत जनताको साथमा सुखदुखमा हातेमालो गर्छु । अन्त्यमा म के भन्न चाहन्छु भने अझ मैले थुप्रै काम गर्नु छ । मेरा कमी कमजोरी पनि होलान यसलाई सुधार्दै लग्नेछु । जनताको मन जित्न कुनै कसर बांँकी राख्दिन ।

हेर्नुहोस् उपाध्यक्ष सृजना तामांङ्गसंग सन्तोष निरौलाले गरेको कुराकानी

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.