Friday, October 2, 2020

काठमाडौं निषेध लम्ब्याउने कि नलम्ब्याउने आज निर्णय हुने

- Advertisement -

गत बुधबार मध्यरातिदेखि उपत्यका काठमाडौं, ललितपुर र भक्तपुर० मा लागू निषेध ९अत्यावश्यकबाहेक अन्य गतिविधि बन्दको अवधि भोलि बुधबार मध्यरातिबाट सकिँदै छ।

यसलाई फेरि लम्ब्याउने कि के गर्ने भन्ने विषयमा आज ९मंगलबार० तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० को संयुक्त बैठक बस्दै छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस विषयमा निर्णय गर्न आज दिउँसो ४ बजे बैठक बस्ने तयारी भइरहेको जानकारी दिए।

‘आज हामी पहिले दिउँसो १ बजे उपत्यकाका मेयरहरूसँग बैठक बस्दैछौं,’ प्रमुख जिल्ला अधिकारी दाहालले मंगलबार बिहान नेपालखबरसँग भने, ‘त्यसपछि दिउँसो ३–४ बजेतिर हामी तीन जिल्लाका सीडीओसहितको संयुक्त बैठक बस्नेछौं।

निषेध लम्ब्याउने सम्भावना कतिको छ भन्ने नेपालखबरको जिज्ञासामा उनले यो विषयमा अहिल्यै भन्न नसकिने उनले बताए।

‘अब हामी बसेर यो एक हप्ता ९निषेधाज्ञा लागू गरिएको० को प्रभाव समीक्षा गर्छौं, त्यसपछि सबैको राय सुझावअनुसार के गर्दा उपयुक्त हुन्छ, त्यही निर्णय गर्छौं।’

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने उपत्यकामा संक्रमण बढ्दै गएकाले निषेधलाई लम्ब्याउनुपर्ने आवश्यकता देखिएको बताइन्।

‘अहिले उपत्यकामा औसतमा दैनिक २ सय संक्रमित थपिइरहेका छन्,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले नेपालखबरसँग भनिन्, ‘त्यसो भएको हुनाले निषेधको अवधि पुनः थप गर्नुपर्ने आवश्यकता देखिन्छ।

  • केटीएम दैनिक बाट सभार 
  • https://youtu.be/ZRAWwAucmh0
प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चेतन बोहराको दशै गित ‘फूलको माला ’ सार्वजनिक(भिडियो सहित)

मदन गिरी महेन्द्रनगर १५ असोज । उदयमान युवा गायक तथा मोडेल चेतन बोहराको दशैँ गित फूलको माला सार्वजनिक भएको छ । गायक चेतना बोहरा र...

विजयादशमीको साइत सार्वजनिक

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको...

वेदकोटमा जेष्ठ नागरिक दिवसको अवसर पारेर स्वास्थ्य परिक्षण फोटो ( फिचर...

१५ असोज कञ्चनपुरको बेदकोट नगरपालिकाले रौटेला धाम स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । ३० औ जेष्ठ...

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

 अध्यक्ष धामी भन्छन्– ममाथि तेस्रो पटक आक्रमण भयो

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीसित मंगलबार राति साँघातिक आक्रमण भएपछि उनी घरमा आराम गरि रहेका छन् । पेट र छातीमा...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं, असोज १५। निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । https://youtu.be/bv4jKzJhvTM आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको...

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया