Tuesday, September 29, 2020

आज सुदूरपश्चिममा मनाइँदै “नानी गौरा”

- Advertisement -

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज “नानी गौरा” मनाइँदै छ। व्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ।

आजको दिनलाई स्थानीय भाषामा “नानी गौरा” भन्ने चलन छ। सवाँ, अपामार्गलगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ।

हिजो भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रहेको सुर्नया गाउँपालिका–६ की हरिना अवस्थीले बताईन्। बरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रहिआएको छ।

उनले भनिन्, “आज दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझपख मिठोमसिनो खाने चलन छ। बिरुडा र फलफूलसहित व्रतालु महिलाले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्छन्।”

पौराणिक कालमा भगवान् महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ।

त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए। दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो। भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ।

भोलि नै महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ।

तागाधारी पुरुषले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन्। शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अँधेरी गौरा भनिन्छ।

यो वर्ष कोरोना कारण गाउँघरमा गौराको रौनक नभएको स्थानीयवासीले बताएका छन्। कोरोना भाइरसका कारण सामूहिकरूपमा जमघट नहुनुपर्ने भएकाले गौराको रौनक नभएको दशरथचन्द नगरपालिका–२ का गणेशबहादुर बोहराले बताए। यो वर्ष सांस्कृतिक पर्वका रूपमा मात्रै गौरा मनाइँदैछ।

गौराको समयमा सामूहिक खेलिने ठाडो खेल, ढुस्को, धमारीलगायतका सांस्कृतिक खेलहरु यो वर्ष नहुने भएका छन्। सामूहिकरूपमा भीडभाड गरेमा कोरोना जोखिम बढ्नै भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तयार रहनुहोस् : अब यसरी हुँदैछ विद्यार्थी भाइबहिनीहरुको परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे...

बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी तदर्थ समिति गठन

नरेश तिवारी  बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ। गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

यस्तो नाइटो भएका महिलाहरु हुन्छन् अत्यन्तै भाग्यमानी

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा...

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घटना...

यी हुन महिलाले पुरुषलाइ र पुरुषले महिलालाइ एकैछिनमा आकर्षण गर्ने एकदमै...

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष...

पुरुषका यी पाँच कुराबाट टाढा भाग्छन् महिला

यदि तपाईं पनि कुनै महिलालाई प्रपोज गर्ने सोच बनाइरहनुभएको छ र चाँडै नै ती महिलाको मन जित्न चाहनुहुन्छ भने त्योभन्दा पहिले यो खबर पढ्नुहोस्...

पुरुषलाई मन नपर्ने महिलाका यी ८ बानीहरु

महिला–पुरुष बिना दुनियाँ चल्न सक्दैन । एकआपसमा अन्योन्याश्रित सम्बन्ध राख्ने यी दुई बीच कतिपय यस्ता आनीबानीहरु हुन्छन्, जुन पुरुषलाई मन पर्दा महिलालाई मन पर्दैन...

दुई वर्षसम्म सुदूरपश्चिमको स्थायी राजधानी जंगलमै

भानुभक्त आचार्य कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया