Thursday, October 1, 2020

चीन भन्यो: ‘हामीले त कोरोना खोप लगाउन सुरु गरि सक्यौँ’

- Advertisement -

काठमाडौं, भदौ ८,  चीनले कोरोना रोक्न आफ्ना नागरिकलाई खोप लगाउन थालिएको दाबी गरेको छ।

चीनको कोभिड(१९ भ्याक्सिन डेभलपमेन्ट टास्क फोर्सका प्रमुखसमेत रहेका राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी चङ चोङवेइले आपतकालीन प्रयोगका लागि खोप लगाउन सुरु गरिएको जानकारी दिएका हुन्।

चिनियाँ भ्याक्सिन म्यानेजमेन्ट कानुनको समन्वयमा शनिबार बेइजिङको घरेलु कम्पनीबाट खोप लगाउन थालिएको उनले बताए।

‘कोरोनाको उच्च जोखिममा रहेका मानिस जस्तै ः स्वास्थ्यकर्मी, महामारी नियन्त्रक र भन्सार कर्मचारीमा खोप प्रयोग गर्न कानुनी अनुमति प्राप्त भएको छ,’ शनिबार राति चिनियाँ केन्द्रीय टेलिभिजन (सीसीटीभी) मा बोल्दै चङले भने।

उनका अनुसार आपतकालीन प्रयोगका लागि दिएको आवेदनअनुसार चीनको केन्द्र सरकारले व्यापक छलफल र अध्ययनपछि जुन २४ मा योजनालाई अनुमोदन गर्दै अगस्ट २२ तारिखदेखि खोप लगाउन अनुमति दिएको हो।

यस्तै चाइना नेसनल बायोटेक ग्रुपका प्रमुख याङ स्याउमिङले कम्पनीले खोपको तेश्रो चरण परीक्षणका लागि थुप्रै मुलुकसँग सम्झौता गरिसकिएको र अहिलेसम्म झन्डै २० हजार मानिसमा परीक्षण भइसकेको बताएका छन्।

‘खोप सुरक्षाका हिसाबले ग्यारेन्टी गर्नयोग्य छ तरर यसको प्रभावकारिताबारे गम्भीर अध्ययन भइरहेको छ,’ उनले भने।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले केही दिनअघि दिएको जानकारीअनुसार विश्वमा कोरोनाविरुद्ध विकास भएका खोपमध्ये अहिलेसम्म ६ वटा तेस्रो चरणको परीक्षण तहमा पुगेका छन् भने तीमध्ये ३ वटा खोप चीनले बनाएको हो। -नेपालखबर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अनुहारका पूराना भन्दा पूराना दाग हटाउन यसरी प्रयोग गर्नुहोस मह !

धेरै जसो समय अनुहारमा चमक हुँदा हुँदै पनि दाग(धब्बाको कारण हाम्रो अनुहारको प्राकृतिक सौन्दर्य छोटो समयमा फिक्का देखिन्छ। हामी यस्ता जि द्दी डग(धब्बाबाट छुटकारा...

आफ्नै घरको भान्सामा पाउने यस्ता कुराले यसरी गोरो अनि चम्किलो बनाउनुहोस...

भान्सामै हुने कतिपय औषधिहरुले तपाईंको छालालाई निकै फाइदा पुर्याउँछ । भान्सामा पाइने विभिन्न चीजहरुको प्रयोगबाट अनुहारमा भएको दागदब्बा र फोहोर हटाउन सकिन्छ । मह...

गुर्जो सेवन गर्ने विधि, फाइदा र नोक्सानको बारेमा जानकारी लिनुहोस

मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

दिउँसो सुत्ने बानी स्वास्थको लागि राम्रो की नराम्रो? यस्तो सम्म हुन्छ...

को’रोना भ’य र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया