सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देशभरका ४८ जिल्लामा निषेधाज्ञा (सूचीसहित)

काठमाडौं- सरकारले ४८ जिल्लामा निषेधाज्ञा जारी गरेको छ। गृह मन्त्रलायले आइतबार राति ४८ जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा जारी गरेको जनाएको छ।

जस अनुसार ३५ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ। मन्त्रालयका अनुसार कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू गरेका हुन्।

स्थानीय प्रशासन ऐन, २०२८ र मन्त्रिपरिषदको निर्णय बमोजिम संक्रमण बढी देखिएको स्थानमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गरेको बताएका छन्। गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार आइतबारसम्ममा सप्तरी, धुनषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ।

World Link Ads
Mahakali Polytechnic

यस्तै नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन र बैतडीमा पनि जिल्लाभर निषेधाज्ञा छ ।

Sana Kishan

आंशिक निषेधाज्ञा लागु गरिएका जिल्लामा नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बाग्लुङ, पश्चिम रुकुम र जाजरकोट छन्।

महामारी नियन्त्रणका लागि भन्दै कपिलवस्तु र नुवाकोटले जिल्ला प्रशासन कार्यालयबाट हुने सबै सेवा बन्द गराएका छन्।

हेर्नुहोस् सूची

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.