सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘मनसुन पूर्ण सक्रिय नभए पनि देशभर जोखिम भने हटेको छैन’

काठमाण्डौ- अहिले मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम भने नहटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

थोरै पानी पर्दा पनि पहिरो जान सक्ने वा घाम लाग्दा पनि सुक्खा ठाउँमा पहिरो खस्न सक्ने भएकाले सचेत रहन विभागको आग्रह छ ।

सातै प्रदेशमा मौसम सामान्य बदली रहेको र बिहान खुलेजस्तो देखिए पनि दिउँसो र बेलुकीपख कतिपय ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने र केही ठाउँमा छोटो समयमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अहिले नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । यस्तै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैबीच, अहिले देशभरको मौसम सामान्य बदली भएको छ । प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभरको मौसममा सामान्य बदली आउने छ । देशका केही ठाउँमा भने हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । यस्तै आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका १र२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

यी क्षेत्रमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.