सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टिकटकले बढी ब्यान्डविथ खपत गरेपछि इन्टरनेटमा समस्या

काठमाडौँ — टिकटकका कारण नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग बढेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले अध्ययन अघि बढाएको छ । क्यास सर्भरको प्रयोग नहुँदा टिकटकका लागि खपत हुने अन्तर्राष्ट्रिय ब्यान्डविथ बढेको हो ।

ब्यान्डविथको खपत एक्कासि बढेपछि इन्टरनेट सेवा प्रदायकहरूले समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेपछि प्राधिकरणले अध्ययन अघि बढाएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

पछिल्लो समय टिकटकले मात्रै नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथको २५ प्रतिशत खपत गर्न थालेको छ । त्यसैले सेवा प्रदायकले अनौपचारिक रूपमा पिक आवरमा यसको ब्यान्डविथ सीमित पार्न थालेका छन् । यसले साँझ केही घण्टा टिकटक भिडियोको गुणस्तर कम हुनेछ ।

World Link Ads
Mahakali Polytechnic

सेवा प्रदायकहरूले प्राधिकरणसमक्ष टिकटकको भिडियो रिजोलुसन सीमित पार्ने, क्यास सर्भर राख्न पहल गर्ने र नभए मूल्य बढाउनुपर्ने माग गरेको प्राधिकरण स्रोतले जनाएको छ ।

Dirghayu Ads

तर इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल (आइस्पान) अध्यक्ष भोजराज भट्ट भने मूल्य बढाउने विषयमा कुनै छलफल नभएको बताउँछन् । आइस्पानसँग विभिन्न विकल्पमा छलफल भएको प्राधिकरणका अध्यक्ष खनालको भनाइ छ । ‘टिकटकका विषयमा अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘अन्य देशको अभ्यास हेरेर रिजोलुसन सीमित पार्ने वा क्यास सर्भर राख्ने विषयमा छलफल गर्दै छौं ।’

केही सातायता टिकटक प्रयोगका लागि मात्रै नेपालमा १ सय ७५ जीबीपीएस ब्यान्डविथ खपत हुन थालेको सेवा प्रदायकले बताएका छन् । यो नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथको २५ प्रतिशत हो । लकडाउनपछि नेपालमा ७ सय जीबीपीएस ब्यान्डविथ भित्रिइरहेको छ ।

जेठ १ सम्म टिकटकले १३ जीबीपीएस मात्रै अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत गर्ने सेवा प्रदायकहरूको तथ्यांक छ । लकडाउनअघिसम्म टिकटकका लागि ७ जीबी मात्रै अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत हुन्थ्यो । लकडाउनका बेला बढेर १३ जीबीपीएस पुगेको थियो ।

Sana Kishan

त्यसअघि ५ सय जीबीपीएस ब्यान्डविथ भित्रिने गरेकोमा लकडाउनको समयमा इन्टरनेट ब्यान्डविथको माग अत्यधिक भएपछि सेवा प्रदायकहरूले बढी ब्यान्डविथ भित्र्याउन थालेका हुन् ।

टिकटकले २८ जुलाईदेखि आफ्नो प्रोटोकल एटीटीपीबाट एचटीटीपीएस बनाएपछि सेवा प्रदायक थप समस्यामा परेको आइस्पान अध्यक्ष भट्टको भनाइ छ ।

एचटीटीपीएस प्रोटोकल कम्प्युटर नेटवर्कमा हुने सञ्चारलाई सुरक्षित पार्न प्रयोग गरिन्छ । भारतले आफ्नो देशमा प्रतिबन्ध लगाएको र अमेरिकाले पनि टिकटकलाई आफ्नो देशमा हुने व्यापारको हिस्सा आफ्नै देशको कम्पनीलाई बिक्री गर्न म्याद दिएपछि मानिसमा यसप्रति चासो बढेको उनको विश्लेषण छ । एचटीटीपीएस प्रोटोकलमा गएपछि टिकटकको प्रयोग गर्दा स्वतः अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग भएको उनले बताए ।

‘एचटीटीपीएस प्रोटोकलमा गएपछि क्यास सर्भर राख्न सम्भव हुन्न,’ उनले भने, ‘यसले गर्दा नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथमा चाप गर्न गएको हो ।’ इन्टरनेटमा भएको कन्टेन्ट स्थानीय रूपमा भण्डारण गर्ने सर्भरलाई क्यास सर्भर भनिन्छ । ब्यान्डविथको चाप घटाउन र इन्टरनेटको गति बढाउन क्यास सर्भरलाई प्रयोग गरिन्छ ।

एचटीटीपीएस प्रोटोकलमा गएपछि टिकटकले अन्य देशमा क्यास सर्भर राख्न अकुमाईको कन्टेन्ट डेलिभरी नेटवर्क (सीडीएन) प्रयोग गरिहेको छ । तर नेपालमा रहेको अकुमाईको सीडीएम लकडाउनअघिदेखि नै पूर्ण क्षमतामा सञ्चालनमा रहेकाले यसलाई प्रयोग गर्न नसकिने सेवा प्रदायकहरूले बताएका छन् ।

‘अकुमाईको सीडीएनको क्षमता पनि तत्काल वृद्धि गर्न सकिने छैन,’ इन्टरनेट एक्सचेन्ज नेपाल (एनपिक्स) का एक पदाधिकारीले भने, ‘यसको क्षमता बढाउन्जेल सेवा प्रदायकले धेरै घाटा बेहोर्नुपर्छ ।’

टिकटकले खपत गर्ने ब्यान्डविथ गुगल र फेसबुक प्रयोगका लागि नेपालभित्र खपत हुने अन्तर्राष्ट्रिय ब्यान्डविथभन्दा बढी हो । सेवा प्रदायकहरूका अनुसार गुगलको प्रयोगमा १ सय ५५ जीबीपीएस र फेसबुकका लागि १ सय ५ जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत भइरहेको छ । यो समाचार कान्तिपुर दैनिकको अनलाईन संस्करणमा छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.