Saturday, September 26, 2020

भारतमा ७३ दिनभित्रै कोरोना खोप बजारमा आउँछ भन्ने कुरा सत्य हो?

- Advertisement -

भारतको औषधि कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले आफूले अबको ७३ दिनभित्रै कोरोना खोप बजारमा ल्याउन लागेको भनेर सञ्चारमाध्यमममा आएका खबरको खण्डन गरेको छ।

उसले सूचना प्रकशन गरी कोरोनाविरुद्ध खोप उत्पादनका लागि भारत सरकारले आफूलाई अनुमति दिइसकेको तथा खोपको तेस्रो चरणको परीक्षण चलिरहेको भए पनि यसको प्रभावकारिता पुष्टि नभएसम्म बजारमा नआउने जानकारी दिएको हो।

विज्ञप्तिमा भनिएको छ– खोप बजारमा त्यतिबेला मात्र आउँछ, जतिबेला यसको परीक्षण सफलतापूर्वक सम्पन्न र यो सुरक्षित र प्रभावकारी छ भनेर प्रमाणित हुन्छ। बजारमा आउनुअघि खोपले सबै मानकमा खरोसँग उत्तीर्ण हुनुपर्छ। अक्सफोर्ड र एस्ट्राजेनेका खोप तेस्रो चरणको परीक्षण जारी छ। जबसम्म हामी यो खोप सुरक्षित छ भन्ने प्रमाणित हुँदैन तबसम्म यो बजारमा आउँदैन। यस विषयमा हामी आधिकारिक रूपमा पुष्टि गर्छाैं।’

यसअघि बिजनेस टुडे पत्रिकाले एसआईआईले अबको ७३ दिनभित्र खोप बजारमा ल्याउँदै छ भनेर समाचार लेखेको थियो।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मलेसियामा ज्यान गुमाउने श्रमिकका परिवारलाई बाँचुन्जेल तलब

काठमाडौं, असोज ९ अब मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीका परिवारले बाँचुन्जेल तलब पाउने भएका छन्। मलेसिया सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सबै नेपाली श्रमिकलाई समेट्ने...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

नेपालका हर्कबहादर, जसले देखाउँदैछन् विश्वलाई ‘आइपीएल’

कैलालीः शनिबार देखि १३औँ इन्डियन प्रिमियर लिग(आइपिएल) सुरु भइसकेको छ। कोरोना महामारीका कारण यसपटकको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स...

रुसमा लक्की ड्रबाट छानिएका यी भाग्यमानि नेपाली, जसले लगाए पहिलो कोरोना...

काठमाडौं, असोज ४ रुसमा रहेका एक नेपालीले त्यहाँ बनेको कोरोनाविरुद्ध खोप लगाएका छन्। रुसको राजधानी मस्कोमा कार्यरत सल्यानका ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार खोप लगाएका...

एउटा यस्तो घर जसले चौतर्फी चर्चा पायो

एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् । जापानी...

२६ वर्षकी महिला एक्लैले बनाइन् आफ्नो घर

दक्षिण अफ्रिकाकी महिला इन्जिनियरले एक्लैले आफ्नो घर बनाएकी छिन् । प्रायः पुरुषको मात्रै बर्चस्व हुने यस्ता निर्माण कार्यमा उनको एक्लो सहभागितालाई धेरैले प्रेरणाको रुपमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया