सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जागे ग्वाल्लेकका युवा: श्रमदानमा बनाए बाटो

दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा स्थानिय युवाहरुले आफ्नो सक्रियतामा धार्मिक एवं पर्यटकीय क्षेत्र गैरीचाडी भट्टाड प्रवेश गर्ने पीसीसी बाटो निर्माण गरेका छन् । सुदूरपश्चिमेलीहरुको महान चाड गौरा पर्वको पूर्वसन्ध्यामा युवाहरुले गैरीचाडी मन्दिरको चारवटै द्धारसम्म ५५० मिटर लामो र २ मिटर चौडा पीसीसी बाटो निर्माण गरेका हुन् ।

ग्वाल्लेक घर भई भारत लगायत खाडी र अन्य मूलुक देशभित्रकै विभिन्न स्थानमा रोजगारीको सिलसिलामा रहेका युवाहरुको समूह ग्वाल्लेक प्रवासी युवा समाजले बाटो निर्माणका लागि केही आर्थिक सहयोग गरेपछि यहाँका युवाहरु जागरुक बनेका हुन् ।

World Link Ads
Mahakali Polytechnic

गौरापर्व सुरु भएको दोस्रो दिन सुदूरपश्चिमकै सबैभन्दा ठूलो मेला लाग्ने भट्टाडमा पटकपटक पीसीसी बाटो निर्माणका लागि स्थानिय तह, प्रदेश, संघलाई आग्रह गर्दा समेत केही पहल नभएपछि कारोना महामारीकै बीच रोजगारी, अध्ययन,र अन्य सिलसिलामा देश विदेशबाट घर फर्किएका युवाहरुको जागरुता बढेको हो ।

Dirghayu Ads

देशका अन्य केही ठाउँहरुमा गाउँघरमा युवाहरुले जुवातास, लुडो खेलेर समय व्यतित गरिरहेका समाचारहरु बाहिरिरहेका बेला यहाँका युवाहरुको जागरुकता देखेर स्थानिय जनताहरु समेत हर्षित भएका छन् ।

Sana Kishan

तर्कराज जोशी, चन्द्रदेव जोशी लगायतको अग्रसरतामा स्थानीय युवाहरुले असारबाटै श्रमदान गरेका थिए । श्रमदानसंगै निर्माणका लागि कसैले २/४ बोरा सिमेन्ट त कसैले २/४ बोरा गिट्टी सहयोग गरेका थिए । उक्त बाटो निर्माणमा ग्वाल्लेक प्रवासी युवा समाजको आर्थिक सहयोग र युवाहरुको जनश्रमदानको हिसाब गर्दा करिब १० लाख बराबरको काम सम्पन्न भएको तर्कराज जोशीले हामीलाई जानकारी दिए ।  गोकर्ण प्रशाद जोशीले अनलाइन मार्गमा लेखेका छन ।

गैरीचाडी भट्टाड ऐतिहासिक एवम् धार्मिक स्थलका रुपमा सुदुरपश्चिम र भारतको उत्तराखण्डमा समेत चिनिन्छ । गैरीचाडीमा गौरा पर्वको बेला भव्य मेला लाग्ने गर्दछ । गौरामा मात्र होइन दशैँको बेला लगायत अन्य समयमा पनि त्यहाँ पुजा पाठ गरिन्छ ।

गौरा, दशैँ लगायत पर्वमा भीड लाग्ने गैरीचाडीमा बाटोको उचित व्यवस्थापन नहुँदा भक्तजनहरुले सास्ती भोग्नुपरेको थियो । पीसीसी बाटो बनेपछि स्थानीयबासी खुसी भएका छन् ।

कोरोनाको यस्तो कठिन परिस्थितिमा पनि घरको कामकाज छोडेर युवाहरुले गरेको यस्तो प्रशंसनिय कार्य र सामाजिक कार्यबाट अरु युवाहरुले पनि श्रमदान र आफ्नै पहलमा आफ्नो ठाँउमा रहेका समस्या समाधान गर्न सकिन्छ भन्ने कुरा सिक्नुपर्ने र जोस जागरले भरिएका युवाहरुलाई थप हौसला दिनुपर्ने समाजसेवी उमेश प्रसाद जोशीको भनाई छ।

यो ठाउँको संरक्षण, संवद्र्धन, र व्यापक रुपमा प्रचारप्रसार गरिएमा गैरीचाडी निकट भविष्यमै पर्यटकीय क्षेत्र बन्न सक्ने जानकारहरु बताउँछन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.