सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एनएमबी बैंकले कञ्चन विकास बैंक लाई प्राप्ति गरे पछिको पहिलो एकिकृत कारोबार सूरु

काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरि आईतबार बाट एकीकृत वित्तीय कारोवारको शुभारम्भ गरेको छ । प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी रु.१४.४५ अर्र्व पुगेको छ भने जगेडा कोषको आकार बृद्धि भई रु.७.३५ अर्व भएको छ । प्राप्ति पश्चात बैंकको नाम “एनएमबि बैंक लि.” नै रहने छ भने रजिष्ट्रर्ड÷मुख्य कार्यालय साविक कै बबरमहल काठमाडौंमा रहेको छ ।

एकीकृत वित्तीय कारोवारको थालनीसँगै, एनएमबि बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड समेत बलियो रुपमा स्थापति हुने तथा सहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पु¥याउने बैंकको दिगोको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरुसंगको सहकार्यलाई अघि बढाउन मद्धत गर्नेछ भन्ने बिश्वास बैंकले लिएको छ ।

World Link Ads
Mahakali Polytechnic

यस एनएमबि बैंकमा नेदरलैन्ड फÞाइनान्सरिंग्स(मात्स्चैपीज वूर ओन्टविक्कलिंग्स लैंडेन एन वी (एफ.एम.ओ.) कर्मचारी संचय कोष लगायतका संस्थाहरुको समेत लगानी रहेको छ । एफ.एम.ओ. नेदरलैण्डस् अन्तर्राष्ट्रिय रुपमा राम्रो छवी भएको स्ट्यण्डर्ड पुवर्स तथा फिट्ज जस्ता संस्थाहरुले एएए रेटिङ्ग गरेको निदरलैण्ड सरकार समेतको लगानी रहेको अन्तर्राष्ट्रिय बिकास बैंक हो ।

Sana Kishan

एफ.एम.ओ.सँगको गठबन्धनले बैंकलाई वातावरणीय र सामाजिक जोखिमहरू प्रबन्ध गर्न र नवीकरणीय उर्जा, साना तथा मझौला कर्जाहरु र कृषि व्यवसायमा प्रमुख सम्बाहकको रूपमा प्रस्तुत गर्न सघाउ पु¥याएको छ । यो बैंक बैंक अफ द ईयर – २०१७ र बैंक अफ द इयर – २०१८ द्वारा लगातार पुरस्कृत गरिएको बैंक भएको पनि बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।

कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्नेछ । संसार न्यूज

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.