सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कार्यदल गर्यो छिनोफानो: अब५ बर्षसम्म ओली नै प्रधानमन्त्री

काठमाडौँ, ७ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नै वर्तमान प्रतिनिधि सभा रहेसम्म प्रधानमन्त्रीका रूपमा काम गर्नुहुने भएको छ ।

पार्टीको विवाद समाधानका लागि गठन गरेको कार्यदलले नेकपाका अध्यक्षद्वय शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार बुझाएको प्रतिवेदनमा सो सुझाव समावेश गरिएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार सर्वसम्मत रूपमा तयार गरिएको सो प्रतिवेदन सचिवालय हुँदै स्थायी कमिटीको बैठकमा प्रस्तुत हुनेछ । त्यहाँबाट पारित भएपछि कार्यान्वयनमा आउने उहाँले बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

पछिल्लो समय नेकपाका अध्यक्ष ओलीले प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने चर्चा पार्टीमा चलेको थियो तर अध्यक्षद्वयको सहमतिमा गठन भएको कार्यदलले नेकपाका अध्यक्ष प्रचण्ड पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा रहने र प्रधानमन्त्री ओली पूर्णकाल प्रधानमन्त्रीमा रहने सुझाव दिइएको छ ।

Dirghayu Ads

दुवै अध्यक्षको बीचमा गत वर्ष मङ्सिरमा भएको सहमतिलाई नै कार्यान्वयनमा लैजाने सुझाव दिइएको छ ।

Sana Kishan

मङ्सिर ४ गते नेकपा अध्यक्षद्वय ओली र अध्यक्ष प्रचण्डबीच भएको सहमति अनुसार पार्टीमा दुवैजना अध्यक्ष रहने, प्रचण्ड कार्यकारी अध्यक्षको भूमिकामा र ओली अध्यक्षसहित पाँच वर्षसम्म प्रधानमन्त्री रहनुहुने सहमति भएको थियो ।

यद्यपि पार्टी तथा सरकारको काम दुवै अध्यक्षको सल्लाहमा हुने सुझाव दिइएको कार्यदलका अर्का सदस्य जनार्दन शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डलाई सो प्रतिवेदन कार्यदलले बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

साउन ३० गते अध्यक्षद्वयको सहमतिबाट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले सर्वसम्मतिले सो प्रतिवेदन तयार पारेको हो ।

महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलमा नेकपाका स्थायी कमिटी सदस्य भीम रावल, जनार्दन शर्मा, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र पम्फा भुसाल रहनुभएको थियो । यो खबर अजाको गोरखापत्र दैनिकमा छापिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.