सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भोलि थारु समुदायको अटबारी पर्व: सुदूरपश्चिममा सार्वजनिक बिदा

हेन्द्रनगर । सुदूरपश्चिम सरकारले ७ भदौ अर्थात् भोलि सार्वजनिक बिदा दिने भएको छ । २०७७ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक भईसकेको बताउँदै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले ७ भदौमा थारु समुदायको ‘अटबारी पर्व’ को बिदा दिइएको बताए ।

Sana Kishan

उनका अनुसार प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा हुनेछ । अट्वारीलाई थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा मनाइन्छ । २०७७ सालमा दिईने बिदा सम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशन भईसकेको छ ।

World Link Ads
Mahakali Polytechnic

२०७७ जेठ २३ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो । -मानसखण्ड

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.