Friday, September 25, 2020

“भो व्रत नबस्नु तिमी“ : (कविता)

- Advertisement -

तिमीलाइ के भनु म ,
फेरि पनि समयले, मौका दिएको छ
घुम्दै तिम्रो नजिक ,तिज लिएको छ
हौसी हौसी नाँच्न ,कम्मर नकस्नु तिमी
उसै त पातली छौ ,भो व्रत नबस्नु तिमी ।।

तिमिलाइ के भनु म ,
म भन्दा तिमी आफै ,बुझ्ने मान्छे छौ
किनकि तिमी मेरो ,आफ्नो मान्छे हौ
भैगो भैगो यो साल ,कम्मर नकस्नु तिमी
उसै त पातली छौ , भो व्रत नबस्नु तिमी ।।

तिमीलाई म के भनु ,
भो बारुली कम्मर ,यो तिजमा नभाँच्नु तिमी
बिचमा बिचमा नाचौली ,भैगो ननाँच्नु तिमी
मलाइ पाऊँ भनी व्रत बसि, पाएनौ भने पछि
अरे झन दुब्लो हुन्छौ खाना ,खाएनौ भने पछि ।।

तिमीलाई म के भनु ,
गाँजा ,भाँङ ,केही खादिन म ,शिव पाँउ भन्छौ
यो तिजमा सङ्गै हुन पाँउ भनी ,कसम खाँउ भन्छौ
यो कोरोनाको बेला म त भेट्न् ,भो आउदिन सानी
भोकै बस्न सक्दिन म के गरुँ ,भो व्रत बस्दिन सानी ।।

तिमीलाई म के भनु ,
अलिकति जिद्दी गर्छौ तिमी ,मैले भन्या मान अब
बाँचे अर्को साल मनाउला,तिमी आफै जान अब
पानी नखाइ व्रत बसौली, बारुली कम्मर मर्काउली
चढेको बैँस तिम्रो नाची नाची ,जमिन थर्काउली ।।

हरिश चन्द “बब्लु “
महेन्द्रनगर, कञ्चनपुर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

विदेशभन्दा गाउँमै बढी आम्दानी

  धादिङ- मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । मध्यधादिङस्थित साङ्कोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर...

जानि राख्नुस् यस्ता महत्वपुर्ण प्रेरणादायी भनाइ

खप्तड बाबाले भनेका छन्, ‘सफलताको लागि तीन कुराको आवश्यक हुन्छ– लगाव, निरन्तर प्रयास र ढृढ संकल्प ।’ सफलता(असफलताका विषयमा मात्र होइन, जीवनका अरु आयमिक...

आयुर्वेद भनेको के हो र यसको महत्व देवराज पुरुष

आयुर्वेदको अनुसार सबै यो संसारमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जराहरूमा औषधीय गुण हुन्छ । यसै अनुसार आयुर्वेदले शरीरलाई पूरै रूपमा उपचार गर्छ...

कोरोनाले संसार हिलाइ दियो : दिपकराज बडु

कोरोनाले सबकि दुख सन्सार हिलाइ दियो। सोचेको सपना सबै मट्टि मिलाइदियो।। किस्तामा गाडि छ दाइकि इन्जन खियालाग्यो। कसेर तिर्नु हो कर्जा चोट त हिया लाग्यो।। भाइले ठुलो होटल...

गर्भावस्थाको जोखिम: ख्याल राख्नुपर्ने केही कुरा

डा.बालकृष्ण साह कोरोना भाइरस अनियन्त्रित फैलिएसँगै गर्भवती एवं सुत्केरीहरु बढी जोखिममा परेका छन् । गर्भावस्थामा नियमित अस्पताल धाउनुपर्ने, स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । त्यसैगरी प्रसुती...

पिताजी…….

पिताजी स्रष्टा हुन् अनुभव नयाँ जीवन दिने प्रभा ज्योत्स्ना छर्ने हर दिन पिता साथ रहने । पिता नै हुन् ब्रह्मा जनक शिव वा राम पनि हुन् पिता...

नेपालकै कान्छी उपाध्यक्ष भन्छिन,( कमाउने मान्छे राजनीतिमा नआउ

काठमाडौं । नेपालकै सबैभन्दा कान्छी उमेरकी गाउँपालिका उपाध्यक्ष हुन सिन्धुपाल्चोक,जुगल गाउंँपालिकाका उपाध्यक्ष सिर्जना तामाङ् । सानैदेखि बहुप्रतिभाशाली उनी पढाइमा समेत उत्तिकै अब्बल थिइन् ।...

लकडाउन नगरी यसरी मज्जाले नियन्त्रण गर्न सकिन्छ कोरोना

डा. अर्चना श्रेष्ठ काठमाडौं, भदौ ५, ‘आफन्तको मृत्यु हुँदा १३ दिने काजकिरिया वा बरखी बसेजस्तै हो क्वारेन्टिन। भौतिक दूरी कायम राख्ने भनेको हाम्रो समाजमा रजस्वला...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया