Sunday, September 27, 2020

यस्तो अवस्थामा पनि रहन सक्छ गर्भ, ख्याल राख्नुपर्ने कुरा

- Advertisement -

धेरैजसो महिलाको मासिक स्रावको चक्र २८ दिनको हुन्छ । २८ दिनको हाराहारीमा मासिक स्राव हुन्छ । यसमा ओभ्युलेसन अर्थात् डिम्बोत्सर्जन प्रक्रिया २८ दिनको मासिक चक्रका बीच १४ औं दिनमा सुरु हुन्छ ।

यसमा पहिलो दिन २४ घण्टासम्म अण्ड जीवित रहन्छ । त्यसैगरी स्पर्म ५ देखि ७ दिनसम्म जीवित रहन सक्छ । यस प्रक्रियाको हिसाबअनुसार ओभ्युलेसन प्रक्रिया सबैभन्दा बढी सक्रिय १३ औं, १४ औं, १५ औं र १६ औं दिनको हुन्छ।

धेरैजसो महिलालाई लाग्छ कि मासिक स्राव भएको बखत यौन सम्पर्क राख्नु सुरक्षित हुन्छ। कन्डम वा यस्तो कुनै पनि सुरक्षात्मक विधि नअपनाए पनि गर्भ रहँदैन । तर के यो सही होला ?

मासिक स्रावको क्रममा गर्भ रहँदैन भन्ने जुन धारणा छ, त्यो आफैँमा सही छैन । कुनै सुरक्षा नअपनाई गरिने यौन सम्पर्कले गर्भ रहने खतरा रहन्छ, मासिक स्रावकै बेला पनि ।

यद्यपि यस्तो सम्भावना भने न्युन मात्रामा हुन्छ । स्त्री रोग तथा प्रसूति विशेषज्ञहरूका अनुसार मासिक स्रावको बेला गरिने यौन सम्पर्कका कारण एकदेखि १५ प्रतिशतसम्म गर्भ रहने सम्भावना हुन्छ ।

यस्तो हुन्छ प्रक्रिया

यस कुरालाई यसरी बुझ्न सकिन्छ । अण्डाशयबाट अण्डा निस्कने प्रक्रियालाई ओभ्युलेसन अर्थात् डिम्बोत्सर्जन भनिन्छ । डिम्बवही नली हुँदै अन्ड युट्रेस अर्थात् गर्भाशयमा पुग्छ ।

डिम्बवही नली त्यही स्थान हो, जहाँ स्पर्मको सम्पर्कमा आएर अन्ड फर्टिलाइज हुन्छ । यदि गर्भधारण भएन भने अण्ड रक्तस्रावको रुपमा शरीरबाट बाहिर निस्कन्छ । जसलाई पिरियड वा मासिक स्राव भनिन्छ ।

छोटो मासिक चक्र भएका महिलाहरूले ख्याल राख्नुपर्ने कुरा

क्हिले काही मासिक स्रावको चक्र छोटो हुन्छ । यदि यो ग्याप २२ दिन भन्दा कम भएमा मासिक स्राव लगत्तै ओभ्युलेशन हुन्छ । यो ग्याप केवल तीन वा चार दिनको हुन सक्छ ।

यसको अर्थ मासिक स्राव भएको अन्तिम दिन वा पाँचौं दिन यदि तपाईं विनासुरक्षा विधिविना नै यौन सम्पर्क राख्नुहुन्छ भने गर्भ रहने सम्भावना हुन्छ ।

मसिक स्रावको बेला यौन सम्पर्क गर्नु परेमा

एक सर्वेक्षणका अनुसार मासिक श्रावको बेला पुरुषहरूले कण्डम प्रयोग गर्न चाहँदैनन् वा रुचाउँदैनन् ।

यस्तो अवस्थामा दुवैलाई केही किसिमको संक्रमण हुने भय रहन्छ। त्यसैले यस क्रममा यौनसम्पर्क गर्दा कण्डम प्रयोग गर्नु उचित र सुरक्षित हुन्छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

खानपानमा विशेष ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ: स्वास्थ्यमन्त्री ढकाल

काठमाण्डौ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहार(विहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताउनुभएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको...

यी हुन् ज्वरो घाँटी दुख्ने सिंगान बग्ने समस्याको अचुक घरायसी औषधि

अहिले मौसम परिवर्तनको समय रहेको कारण धेरै मानिसहरु रुघा खोकी, टन्सील, ज्वरोबाट ग्रस्त हुने गरेका छन् । यस्तो समयमा स्वास्थ्यको ख्याल नगर्दा निकै दुख...

दिल खोलेर हाँस्नुहोस यस्ता छन फाइदै फाइदा

हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । यसले मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्छ ।दैनिक ४५...

यस्तो खराब जीवनशैलीले बढाउछ क्यान्सरको जोखिम

जीवित रहँदासम्म हाम्रो शरीरमा जीवन सम्वन्धी अनेकन प्रक्रिया सुचारु भइरहन्छन् । यसैमध्ये एउटा क्रिया कोशिकाहरु अर्थात् सेल्स बन्नु हो । यो क्रियामा शरीरका पुराना...

स्कुस: बहुउपयोगी र पोषिलो, यस्ता छन् फाईदा

काठमाडौं । नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । सस्तो, स्वादिलो, सुपाच्य र स्वस्थ्यकर । स्कुस वहुउपयोगी तरकारी...

कपाल लामो बनाउन चाहनुहुन्छ छ ? यी उपाय अपनाउनुहोस्

काठमाडौँ । कपाल लामो बनाउन जसलाई पनि मन पर्छ। हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन्। तर, घरैमा सर्वसुलभ प्याज कपालको...

लामो,बाक्लो र कालो कपाल चाहानुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् अमलाको रस...

काठमाडौँ । अमला कपाल र छालाका लागि धेरै फाइदाजनक हुन्छ। अमलाको रस उत्तम स्वास्थ्य पेय मानिन्छ। अमलाको रस लामो कपालको लागि पनि धेरै फाइदाजनक...

हरेक पुरूषले जानी राखौं)आफ्नो श्रीमतीलाई सधै खुसी बनाउने सुत्रहरू

आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया