Tuesday, September 29, 2020

साउनमा मात्रै कैलाली भन्सारको राजस्व संकलन लक्ष्यभन्दा बढी राजश्व

- Advertisement -

कैलाली, ६ भदौ । कैलालीस्थित भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयले आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल भएका छन् । सत्ती भन्सार कार्यालय खक्रौला, कैलाली भन्सार कार्यालय धनगढी र आन्तरिक राजश्व कार्यालय कैलालीमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको हो ।

सत्ती भन्सार कार्यालय खक्रौलामा साउन महिनाको राजश्व लक्ष्यभन्दा ५७५ प्रतिशत बढी असूली भएको छ । भन्सारले साउनका लागि रु ३६ लाख ३९ हजार राजश्व उठाउने लक्ष्य राखेकोमा रु दुई करोड नौ लाख १४ हजार सङ्कलन भएको भन्सार प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिनुभयो ।

‘‘भन्सार छली, चोरी पैठारी कम भएको छ’’, भन्सार अधिकृत चौरसिया भन्नुहुन्छ, ‘‘दुई किलोमिटरमा सशस्त्र प्रहरी र भन्सारमा २४ सै घण्टा नेपाल प्रहरीको निगरानीले राजश्व सङ्कलन बढेको हो ।’’ चौरसियाले नाकामा खुलारुपमा आवतजावत बन्द भएपछि आवश्यक सामान भन्सारकै बाटो आउने गरेकाले राजश्व वृद्धिमा थप सहयोग पुगेको बताउनुभयो ।

दुई वर्षअघि स्तरोन्नति भएको सत्ती भन्सारले गत आवभरिमा रु पाँच करोड ८० लाख ७ हजार मात्रै राजश्व उठाएको थियो । यस वर्ष रु ६ करोड सात लाखको लक्ष्य राखेको छ ।

‘‘साउन महिनामा भन्सारबाट चामल धेरै निर्यात भएको छ’’, चौरसियाले भन्नुभयो, ‘‘यसपटक कपडा, मोटर पार्टस् र हार्डवेयरका सामान धेरै आएका छन् जसले राजश्व बढेको छ । प्रहरी, प्रशासनको यस्तै सहयोग रहे तीन महिनामै वार्षिक लक्ष्य पूरा गर्न सक्छौँ ।’’

कैलाली भन्सार कार्यालयले पनि पहिलो महिनामा लक्ष्यभन्दा बढी राजश्व उठाएको छ । साउन महिनामा रु ४८ करोड ३२ लाख राजश्व उठाउने लक्ष्य राखिएकोमा रु ५७ करोड ७२ लाख राजश्व उठेको भन्सार अधिकृत डिल्लीराज शर्माले जानकारी दिनुभयो ।

लामो समयको लकडाउनले रोकिएको आयात बढेकाले राजश्व २० प्रतिशतले बढेको उहाँ बताउनुहुन्छ, ‘‘यो अवधिमा चामल, गहुँ, पापड भुजिया, दालमोठ जस्ता खाद्य वस्तुको आयात धेरै भएको छ ।’’ यस्तै आन्तरिक राजश्व कार्यालय कैलालीले पनि साउन महिनामा लक्ष्यभन्दा २६ प्रतिशत बढी राजश्व उठाएको छ ।

साउनका लागि रु ५५ करोड २१ लाख ८२ हजार लक्ष्य राखेकामा रु ६९ करोड ५२ लाख ७८ हजार राजश्व सङ्कलन भएको प्रमुख कर अधिकृत चन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुपथ मूल्य पसल १५ गतेदेखि

काठमाडौं । नजिकिँदै गरेको दशैंतिहार लाई लक्षित गर्दै सरकारले असोज १५ गतेदेखि सुपथ मूल्य पसल खोल्ने निर्णय गरेको छ । सोमवार दिउँसो उद्योग, वाणिज्य...

बिश्व रेबिज दिबसको अवसरमा नेल्टा कंचनपुरद्धारा एक दिने निशुल्क रेबिज सिबिर...

लालबहादुर एस के पुनर्वास- आईतबार १४ औ बिश्व रेबिज दिबस सुदूरपश्चिममा पनि मनाइएको छ । दिवसको अबसर पारेर नेपाल पशु स्वास्थ सेवा प्राबिधिक संघ...

खुसिको खबर – दशैंको अफरमा आयो अहिलेसम्मकै सस्तो मुल्यको आकर्षक पल्सर...

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

नेपाली सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

दार्चुला, असोज १० नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले...

बैतडीको पाटन नगरपालिका: कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार भएको ठहर

कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ । नगरपालिकाको छानबिन समितिले...

दार्चुलामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन शुरु

असोज ९, दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण संकलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर...

सुदूरपश्चिमका कोरोना पुष्टी भएका तीन जनाको एकैदिन मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया