Monday, September 21, 2020

कस्तो अवस्थामा दम्पतीबीच शारीरिक सम्बन्ध बनाउन हुँदैन ?

- Advertisement -

गर्भावस्थामा यौन कसरी शारीरिक सम्बन्ध बनाउने ? मासिक स्रावको बेला शारीरिक सम्बन्ध बनाउन हुन्छ ? कस्तो अवस्थामा गर्भ रहन्छ ? कुनै दीर्घ रोगले दम्पतीबीचको यौन जीवन प्रभावित हुन्छ ? कुनैपनि शल्यक्रिय गरेपछि कति अवधिमा शारीरिक सम्बन्ध बनाउन सकिन्छ ? यावत् विषयमा दम्पतीलाई कौतुहलता हुन्छ । यद्यपि यौनका सम्बन्धमा खुला बहस नहुने वा दोहोरो संवाद नहुने भएकाले पनि यस्ता जिज्ञासाहरु मेट्न पाइरहेका हुँदैनन् ।

कस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउन हुँदैन ?

यौन एक शारीरिक क्रिया भएपनि यसमा मानसिक तयारी र उपस्थिती अनिवार्य हुन्छ । त्यसैले यौन सम्बन्धका लागि श्रीमान र श्रीमती दुबै शारीरिक मात्र होइन, मानसिक रुपमा समेत तयारी हुनुपर्छ ।

मानसिक तनावको अवस्थामा वा कुनै मानसिक समस्या छ भने त्यस्तो बेला यौन सम्पर्कबाट आनन्द लिन सकिदैन । डिप्रेसन, तनाव जस्ता कुनैपनि समस्यामा यौनको रुची नै जाग्दैन । दम्पतीमध्ये एकलाई प्रजनन अंगको समस्या छ भने पनि यौन सम्बन्ध बनाउनु हुँदैन ।

शल्यक्रियाको कति दिनपछि यौन सम्पर्क गर्नु हुन्छ ?

कुनैपनि शल्यक्रियापछि निश्चित अवधीसम्म यौन सम्पर्क नगर्नु नै उत्तम हुन्छ । शल्यक्रिया गर्नसाथ यौन क्रिया गर्दा घाउ भएको ठाउँमा बल पर्छ । त्यसले टाँका लगाएको धागो छिनाल्न सक्छ । साथै रगत बग्न सक्छ । त्यसैले चिकित्सकको परामर्श लिएर मात्र यौन सम्पर्क गर्नुपर्छ ।

गर्भावस्थामा यौन सम्पर्क गर्नु हुन्छ ?

गर्भावस्थामा यौन सम्पर्क राख्नु हुन्छ कि हुँदैन भनेर धेरैजसो दम्पती अलमलमा हुन्छन् । विशेषज्ञका अनुसार गर्भावस्थाको छैठौं हप्तादेखि १२ औं हप्तासम्म यौन सम्पर्क गर्न हुँदैन । किनभने यस क्रममा गर्भपातको समस्या हुन्छ । साथै गर्भधारणको अन्तिम दुई महिनामा पनि यौन सम्पर्क गर्नु खतरनाक हुन्छ । गर्भधारणको चौथो र सातौ महिनामा यौन सम्पर्क गर्न सकिन्छ ।

मासिक स्रावको बेला यौन सम्पर्क गर्नु उचित हुन्छ ?

कतिपय दम्पतीले मासिक स्रावको बेला यौन सम्पर्क राख्दा बढी आनन्द अनुभव गर्न सक्छन् । कतिपयलाई पनि यस्तो अवस्थामा असहज लाग्न सक्छ । ]

विशेषज्ञहरुका अनुसार यदि दुबै पार्टनरलाई कुनै समस्या नभए र यौन इच्छा भएमा शारीरिक सम्बन्ध बनाउन सक्छन् । तर, मासिक स्रावको बेला कतिपय महिलाहरुलाई असह्य पीडा, छटपटी हुने गर्छ । यस्तो अवस्थामा यौन सम्बन्ध बनाउन ठीक होइन ।

त्यसैगरी कतिपय दम्पतीले के सोच्ने गर्छन् भने मासिक स्रावको बेला यौन सम्पर्क गर्दा गर्भ रहने जोखिम हुँदैन । तर, चिकित्सकहरु यो कुरामा विश्वस्त छैनन् । मासिक स्रावको बेला गरिने यौन सम्पर्कबाट गर्भ रहन पनि सक्छ ।

शारीरिक सम्बन्धपछि सरसफाई आवश्यक छ ?

अक्सर दम्पतीले रातको समयमा शारीरिक सम्बन्धका लागि उपयुक्त मान्ने गर्छन् । शारीरिक सम्बन्ध पछि उनीहरु नुहाउने अनुकुलता मिल्दैन । यद्यपि शारीरिक सम्बन्धपछि यौनाङ्गको सरसफाई भने अनिवार्य रुपमा गर्नैपर्छ । -अनलाइनखबर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

लामो,बाक्लो र कालो कपाल चाहानुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् अमलाको रस...

काठमाडौँ । अमला कपाल र छालाका लागि धेरै फाइदाजनक हुन्छ। अमलाको रस उत्तम स्वास्थ्य पेय मानिन्छ। अमलाको रस लामो कपालको लागि पनि धेरै फाइदाजनक...

हरेक पुरूषले जानी राखौं)आफ्नो श्रीमतीलाई सधै खुसी बनाउने सुत्रहरू

आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त...

उमेर कटेर पनि जवान देखिन चाहनुहुन्छ ? यी खानेकुरा कहिल्यै नखानुहोस्

हामीले अहिले पनि कतिपय यस्ता व्यक्ति देख्छौं जो उमेर कटेर पनि जवान देखिन्छन् । ६० को उमेरमा पनि ३५ को जस्तै देखिने धेरै जना...

कपाल फुल्ने समस्या छ ? छुटकरा पाउन अपनाउनुहोस् यो घरेलु उपाय

एजेन्सी । उमेर ढल्किंदै जाँदा कपाल फुल्नु भनेको वृद्धावस्थाको संकेत मानिन्छ । त्यसैले कपाल फुल्नुलाई अनुभव र बुद्धिको भण्डारको रुपमा लिइन्छ । तर, उमेर...

१२०४ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४०० नाघ्यो

३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३३३ नमुना...

२ असोज, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २...

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।...

मुख, ओठ र जिब्रोमा खटिरा आयो ? चिन्ता नलिनुहोस् यस्ता छन्...

काठमाडौं । के तपाईको मुखमा साना(साना बिबिरा, फोका(फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना(कानी र कहिलेकाहीँ गालाको छेउसम्म...

मिठो भएपनि कहिले मिक्स गरेर नखानुस् यि खानेकुरा

हामी स्वादका हिसावले कतिपय खानेकुरा मिसाएर खान्छौं । केहि खाने कुरा यतिकै खानुमा भन्दा केहि अन्य चिजसँग मिसाएर खानुमा स्वादै नै बेग्लै हुुन्छ । https://youtu.be/K3x-1Ov4Vl8   तर,...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया